मोटरसाइकल र्यालीसहितको समूह छिर्न खोजेपछि सर्वोच्च अदालत क्षेत्र तनावग्रस्त
२८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर र जबराको राजीनामा माग गर्दै धर्ना दिइरहँदा अदालत परिसरबाहिर मोटरसाइकल र्याली निकालिएको छ । सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गरेको विरोधमा केही युवाहरूले मोटरसाइकल र्याली निकालेका हुन् ।
सर्वाेच्च अदालतमा धर्ना दिइरहेका वकिलहरूको विरोधमा एउटा अर्काे समूह मोटरसाइकल र्पालीसहित पुगेपछि अहिले तनाव भएको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा अदालत परिसरमा धर्ना दिइरहेका कानुन व्यवसायीविरुद्ध नाराबाजी गर्दै आफूलाई सामाजिक अभियन्ता बताउनेहरूको भीड भित्र पस्न खोजेपछि प्रहरीले रोकिरहेको छ ।
अदालतको मूल गेटमा वकिलहरूको धर्ना जारी छ भने अदालत बाहिर सडकमा मोटरसाइकल र्यालीसहितको समूह भित्र पस्ने प्रयास
गरिरहेको छ । यसअघि आजै इजलास बहिष्कारको विरोधमा उत्रेका केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको थियो । आज सर्वोच्च परिसरमा दंगा प्रहरी भने खटाइएको छैन । बारले व्यापक प्रहरी परिचालन गरी बल प्रयोग भएकोमा विज्ञप्ति निकालेर चेतावनी दिएपछि आज सशस्त्र प्रहरी परिचालन नभएको हो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
Leave a Reply