कांग्रेस र प्रचण्ड-माधव समूहबीच चुनावी गठबन्धन भए एमालेलाई फाइदा हुन्छ- योगेश भट्टराई
९ चैत, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनावमा सत्ता गठबन्धन मिलेर गए एमालेलाई फाइदा हुने दाबी गरेका छन् ।
केन्द्रीय कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै भट्टराईले विचार, सिद्धान्त र कार्यदिशा नमिल्ने दलहरू चुनावमा मिल्नुको औचित्य नहुने बताए ।
उनले कांग्रेस र प्रचण्ड-माधव नेतृत्वका पार्टीबीचको गठबन्धनलाई जनताले स्वीकार नगर्ने दाबी गरे ।
सचिव भट्टराईले भने, गठबन्धन के को लागि ? गठबन्धन भनेको सिद्धान्त, विचार, कार्यदिशा र नीतिका आधारमा हुन सक्छ । कार्यदिशा नमिल्ने बीच गठबन्धन भएर चुनाव कस्तो होला ? कांग्रेस माओवादी माधव नेपालको पार्टीले गठबन्धन गरे भने त्यसको फाइदा एमालेलाई हुन्छ ।
भट्टराईले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अब सबै शक्ति स्थानीय चुनावमा केन्द्रित गर्नुपर्ने बताएको र राजनीकि प्रतिवेदनमा पनि सोही कुरा आएको जानकारी दिए ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply