कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
कर्णाली । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित नदीमा डुंगा पल्टिँदा बुबा–छोरा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा तुर्माखाँद–३ बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा रहेका छन्।
घटना वैशाख ३ गते बेलुका भएको हो। कर्णालीपारि सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–७ मा रहेको वन क्षेत्रमा घाँस काटेर फर्किने क्रममा एक्कासि डुंगा पल्टिँदा चालकसमेत रहेका बुबा र सवार छोरा नदीमा बेपत्ता भएका हुन्। स्थानीयका अनुसार नदीको बहाव तीव्र रहेकाले दुर्घटना भएको अनुमान गरिएको छ।
दुर्घटनापछि तत्कालै उद्धार तथा खोजी कार्य सुरु गरिएको छ। अस्थायी प्रहरी सुरक्षा बेस माथिल्लो कर्णाली, प्रहरी चौकी भैरवस्थान, ढुंगाचाल्ना र ढकारीबाट प्रहरी टोली खटिएको छ। साथै, सशस्त्र प्रहरी बलको विपद् उद्धार तालिमप्राप्त विशेष टोली पनि घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।
हालसम्म बेपत्ता दुवै जनाको अवस्था अज्ञात रहेको छ भने खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ। नदीको तीव्र बहाव, भौगोलिक कठिनाइ र साँझपखको समयका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।
स्थानीय बासिन्दाहरू पनि प्रहरीसँगै खोजीमा सहयोग गरिरहेका छन्। प्रशासनले सम्भावित स्थानहरूमा व्यापक खोजी गरिरहेको र आवश्यक परे थप उद्धार टोली परिचालन गरिने जनाएको छ।
सम्बन्धित समाचार
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
कांग्रेस विवाद सर्वोच्चमा: आयोगको निर्णयविरुद्ध देउवा पक्षको रिटमाथि सुनुवाइ जारी
Leave a Reply