बालुवा झिक्दा रातु पुल भासियो
बर्दिवास । पूर्वी तराईलाई जोड्ने रातु नदीमा व्यापक रूपमा ढुंगा, बालुवा र गिट्टी निकालिँदा अहिले पुल पूरै भासिन पुगेको छ । केही दिनपहिले आएको अविरल वर्षाका कारण रातु खोलाको पुल भासिन पुगेको हो । पुल भासिँदा बर्दिवास पूर्व सवारी साधन ओहोर–दोहोरमा अवरोध उत्पन्न हुन पुगेको छ ।
रातु खोलाको पुल भासिनुमा महोत्तरी जिल्ला विकास समितिले अन्धाधुन्ध रूपमा उक्त खोलाको बालुवा, ढुंगा र गिट्टी उत्खननका लागि ठेक्कामा लगाउँदा समस्या उत्पन्न हुन पुगेको हो । जिविस महोत्तरीले यही आर्थिक वर्षमा रातु खोलाको बालुवा, ढुंगा र गिट्टीको ठेक्का ३२ लाख १९ हजार रुपियाँमा शीतल निर्माण सेवालाई दिएको थियो भने धनुषा र महोत्तरीको सिमानामा बग्ने क्षेत्र बाहेकको रातु नदीको ढुंगा, बालुवा र गिट्टी आदिको बिक्री निकासी उठाउने ठेक्का पचथुरा मोटर पार्टस एन्ड जनरल अर्डर तथा खाद्यान्न सप्लायर्सलाई ६५ लाख ५० हजार रुपियाँमा दिएको थियो ।
सरकारले चुरे संरक्षणका नाममा चुरे क्षेत्रबाट बग्ने अरू खोला, नदी र खहरेहरूबाट ढुंगा, बालुवा झिक्न प्रतिबन्ध लगाए पनि रातु नदीमा भने निर्वाध रूपमा ठेक्का दिइरहेको छ । रातु नदी चुरे क्षेत्रबाट उत्पत्ति भई बग्ने खोला हो । यो खोलाले बर्सेनि धनुषा र महोत्तरीका हजारौं बिघा जमिन कटान गर्दै आइरहेको छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply