पृथ्वीलाई सम्झँदै कविता
काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २ सय ९३ औं जन्मजयन्तीका अवसरमा महाकवि देवकोटा साहित्य प्रतिष्ठानले विशेष कवि गोष्ठीको
आयोजना गर्यो ।
गोष्ठीमा ४० भन्दा बढी कविले नेपाली र अंग्रेजी भाषामा मुलुकमा बढ्दै गएको राजनीतिक अनिश्चितता, संविधान निर्माणमा प्रमुख राजनीतिक दलले देखाएको उदासीनता, सामाजिक तथा आर्थिक क्षेत्रमा त्यसले पारेको प्रभाव, कला र साहित्यको क्षेत्रमा भित्रिएका विकृति तथा विसंगतिमाथि सिर्जनाका माध्यमबाट व्यंग्य वाण प्रहार गर्नुभएको थियो ।
भाग्यशाली अधिकारीले ‘मेची काली हिमाल तराई एउटा हो आँगन’ शीर्षकको कविता सुनाउनुभएको थियो भने शशी थापा पण्डितले नेपाललाई आमासँग तुलना गर्दै राष्ट्रिय एकताको आह्वान गर्नुभएको थियो । कवि रामबहादुर पहाडीले ‘संविधान बनाउन किन ढिला’ भन्दै सभासद्सँग प्रश्न गर्नुभयो, युयुत्सु आरडी शर्माले अमेरिकाको न्युयोर्कको चर्चा आफनो अंग्रेजी कवितामा गर्नुभएको थियो ।
‘रामलखन, खै तेरो ढोका’ भन्दै सिमाना मिचिँदासमेत चुप बसेका शीर्ष नेताप्रति व्यंग्य गर्दै कवि जे पापीले राष्ट्रियताको जगेर्नाका लागि सबै मिलेर लड्न आग्रह गर्नुभएको थियो । उपन्यासकार तथा गीतकार राजेन्द्र थापाले ‘पृथ्वीनारायण शाह र बिसे नगर्ची’को संवाद प्रस्तुत गर्दै मुलुक निर्माणमा दत्तचित्त भएर लाग्न राजनीतिक नेतृत्वलाई खबरदारी गर्नुभएको थियो ।
सो अवसरमा कविहरू अविकेशर ओली, उर्मिला पन्त पाण्डेय, श्याम रिमाल, रमेश लम्साल, तीर्थ भट्टराई (अङ्ग्रेजी कविता), पुण्य विश्वास, वैरागी जेठा, नवराज श्रेष्ठ, शम्पा उपाध्याय, हरिप्रसाद पाण्डेय, प्रमोद स्नेही, सुनिल पुरी, श्यामराज पाठक, प्रभाती किरण, अनुराधा थापा, सविना सिन्धु, भैरवी ढुङ्गाना, तिलस्मी प्रभाष, बेटी वज्राचार्य र गोविन्द वेदमणिले मुलुकको समसामयिक राजनीतिक अवस्था र शाहको योगदानका बारेमा आ–आ—फ्ना रचनाका माध्यमबाट चर्चा गर्नुभएको थियो । लक्ष्मी ऐडीले देउडा भाकामा सुदूरपश्चिम नेपालको आवाजलाई प्रस्तुत गर्नुभएको थियो । वरिष्ठ साहित्यकार रमेश खकुरेल तथा शैलेन्द्र साकारले राष्ट्रिय एकता दिवसको सन्दर्भमा आ–आफ्ना सिर्जनामार्फत राजनीतिक नेतृत्वलाई सचेत गराउनुभयो ।
पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठानका अध्यक्ष भरत बस्नेतले पूर्वजको सम्मान गर्नु भनेको आफ्नै सम्मान गर्नु हो भन्ने धारणा राख्नुभएको कार्यक्रममा प्रतिष्ठानका संयोजक रत्ननिधि शुक्राचार्यले कलात्मक लयमा राष्ट्रनिर्माताको स्मरण गर्नुभएको थियो ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply