चौतारीको पुरस्कार छनोट समिति
काठमाडौं । प्रेस चौतारी नेपालबाट स्थापित विभिन्न पुरस्कारका लागि सिफारिस समितिहरू गठन गरिएको छ । चौतारीको शनिबार बसेको सचिवालय बैठकले आगामी माघ २२ गते स्थापना दिवसको घोषणा गर्ने गरी पुरस्कार सिफारिस समिति गठन गरेको हो ।
जस अनुसार, हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार सिफारिस समितिको संयोजकमा प्रा.चिरञ्जीवी खनाल तथा सदस्यमा टीका विष्ट र देवराज अर्याल छन् भने अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार सिफारिस समितिको संयोजकमा श्रीधर आचार्य तथा सदस्यमा राजेश राई र रामहरि सिलवाल छन् । यस्तै, वीरेन्द्र साह स्मृति युवा क्रियाशील पत्रकारिता पुरस्कारका लागि शीतल साह संयोजक र नरेन्द्र साउद तथा रामकुमार एलन सदस्य, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारको संयोजकमा सूर्यमणि गौतम र सदस्यमा गणेश पाण्डे र पवनवर्षा शाह छन् ।
बैठकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखाका रूपमा कतार शाखालाई अनुमोदन गरेको छ । चौतारीका सचिव एवम् अन्तर्राष्ट्रिय शाखा संयोजक गणेश पाण्डेले गत महिना कतार गएको बेला त्यो शाखा गठन भएको थियो । बैठकले आगामी फागुन ८ गते दाङमा केन्द्रीय महिला भेला आयोजना गरिएको महासचिव माधव नेपालले बताए ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply