२९ माघ २०७१, बिहीबार ०९:२१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
टिमुरेमा जनता बैंक
काठमाडौं । सहरकेन्द्रित ठूला बैंकहरूले ग्रामीण क्षेत्रहरूमा पनि शाखा विस्तार गर्न थालेका छन् । यही क्रममा, जनता बैंकले रसुवा जिल्लाको टिमुरेमा आफ्नो ३३औं शाखा
खोलेको छ ।
उक्त शाखाको उद्घाटन बैंकका सञ्चालकद्वय रामचन्द्र शाह र रमेशप्रसाद न्यौपानेले गरेका हुन् । नेपाल र चीनको सीमा क्षेत्रमा रहेको टिमुरेमा शाखा स्थापना गरेपछि त्यसले स्थानीय जनतालाई सेवा प्रदान गर्नुका साथै रसुवागढी नाकाबाट चीनसँग हुने व्यापारिक कारोबारमा समेत सहयोग पुग्ने जनाइएको छ ।
२ अर्ब ६ करोड चुक्ता पुँजी रहेको उक्त बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ९२ लाख नाफा कमाएको बैंकले जनाएको छ । १ लाख १२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको उक्त बैंकमा २१ अर्ब ३० करोड रुपियाँ निक्षेप रहनुका साथै १८ अर्ब ८४ करोड कर्जा प्रवाह गरेको छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply