शिक्षक नियुक्तिमा अनियमितता
हेटौंडा । पटक–पटक विवाद र भ्रष्टाचारमा फस्दै आएको जिल्ला शिक्षा कार्यालय मकवानपुर फेरि पनि विवादमा मुछिएको छ । विभिन्न सामुदायिक विद्यालयहरूमा खाली रहेको करार शिक्षक नियुक्तिमा अनियमिता र आर्थिक चलखेल भएको नाम नबताउने सर्तमा सोही कर्यालयका कर्मचारीले बुधबार साप्ताहिकसँग खुलासा गरे ।
उक्त प्रक्रियामा विद्यालय निरीक्षक विचारी अधिकारी तथा केही शिक्षा कार्यालयका अधिकारी र सम्बन्धित कार्यालयको प्रधानाध्यापकको मिलेमतो
रहेको बताइन्छ ।
सोही क्रममा बज्रबाराही उच्च माविमा शिक्षक नियुक्तिमा आर्थिक अनियमिता भएको हो । हालै खुला प्रतिस्पर्धा भएको उक्त उच्च माविमा स्थानीय प्रतिपस्पर्धीलाई प्राथमिकता दिई स्थान दिनुपर्नेमा जुन उम्मेदवारबाट मोटो पैसा असुल्न पाइन्छ, उसै उम्मेदवारलाई सिफारिस गरिएको स्थानीयको आरोप छ । राजनीतिमा नैतिकताका ठूला कुरा गर्दै हिँड्ने बज्रबाराही उच्च माविका व्यवस्थापन समितिका आजीवन अध्यक्ष महेश्वर सुवेदीलाई समेत विद्यालय निरीक्षक विचारी अधिकारीले लतारेको बताइन्छ । उनीहरूले परीक्षाको नाटक रची दुई नं क्षेत्रका विनि विचारी अधिकारी समेतको मिलेमतोमा स्थानीयलाई अवसर नदिई चन्द्रनिगापुर निवासी अनुप तिमल्सिनालाई नियुक्ति गरेका छन् ।
स्थानीय साना किसान सहकारी संस्थाका अध्यक्षसमेत रहेका सुवेदीले चलाएको संस्था पनि पटक–पटक विवादमा पर्दै आएको छ । यसअघि पनि उनले उक्त उच्च माविमा आफ्नो भतिजो खडानन्द सुवेदीलाई कसैको उम्मेदवारी हाल्नै नदिई मावि नेपाली शिक्षकमा रातारात नियुक्ति दिलाएका थिए । त्यो बेला आफूले आवेदन दिन लाग्दा ‘पहिल्यै निश्चित गरिसकेकाले प्रक्रिया पुर्याएर नियुक्ति गर्ने हो, निवेदन दर्ता गर्नु नै बेकार छ’ भनेर जवाफ दिएको एक प्रतिस्पर्धीले बताए । यसरी हरेक विद्यालयमा योग्यता र क्षमताका आधारमा परीक्षा नगरी परीक्षार्थीको कपीमा कसैलाई जागिर खुवाउने नियत राखी संकेतका भरमा शिक्षा कार्यालयको आशयअनुसार कपीमा साइन संकेत राखी सो कपीलाई बढी अंक दिलाई जाँच गरिने र उसैलाई जागिर खुवाउने बताइन्छ ।
यस्तो कार्यका निम्ति आफूलाई पायक पर्ने तथा आफूले भनेको मान्ने विषय विज्ञ छनोट गरी स्वच्छ प्रतिस्पर्धाको ढर्रा रच्दै राम्रो लेख्नेहरूलाई पछि पार्दै आर्थिक लाभ लिन सक्ने उम्मेदवारलाई मात्र नाम निकाल्ने गरेको गुनासो छ । त्यसैले यस्ता विषयहरूको खोजीमा अख्तियार दुरुपयोग आयोगले समेत ध्यान पुर्याउनुपर्ने सर्वसाधारण बताउँछन् ।
नांगिए रमेश मोहन
आर्थिक मामलामा नियत खराब भएका मकवानपुरका शिक्षक रमेशमोहन अधिकारीलाई जिल्लाका अधिकांशले टेडो नजरले हेर्छन्, किनकि उनकै खराब आचरणका कारण उनलाई धेरै विद्यालयहरूबाट खेद्दै हाल चन्द्रोदय उच्च माविमा पुर्याइएको छ ।
हाकिमको भित्री मनशाय बुझेर ‘लाइन’ अनुसार काम गर्ने प्रवृत्ति भएका कारण उनलाई जिल्ला शिक्षा कार्यालय मकवानपुरले नेपाली विषयको मावि विषय विज्ञ बनाएको छ । स्रोत व्यक्ति र विद्यालय निरीक्षकले वा शिक्षा कार्यालयले जो भन्यो, त्यही व्यक्तिलाई शिक्षक परीक्षामा उत्तीर्ण गराउने उनको प्रवृत्तिका कारण यस्तो अवसर उनलाई मिलेको बताइन्छ ।
शिक्षा कार्यालयको सोही योजना अनुसार आर्थिक हिस्सामा उनी पनि सामेल भएको रहस्य खुल्न गएको छ । बल्ल–बल्ल मुस्किलले धेरै वर्ष लगाएर उनले नेपालीमा एमए गरेका हुन् । रमेशमोहन लोभी र अप्ठेरो शिक्षकका रूपमा कहलिएको उनका साथीहरू बताउँछन् ।
हालसालै कालीकाटार उच्च माविमा शिक्षक छनोट प्रक्रियामा उनी चुकेका हुन् । उनले रमेश बिडारीलाई कार्यालयकै बटम लाइन अनुसार आर्थिक चलखेल गरी पास गराएको आरोप त्यसै विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर मोक्तानले लगाएका छन् । यस्तो गलत प्रक्रियामा उनी पटक–पटक विवादमा मुछिदै आएका छन् । थाहा नगरपालिकास्थित जनकल्याण उच्च माविमा मावि शिक्षक नियुक्तिमा फेरि पनि चुकेका छन् । विचारी अधिकारीसमेत यस प्रक्रियामा सामेल थिए । गोप्यरूपमा पैसाको चलखेल गरी उक्त उच्च माविमा रामकुमार बललाई नियुक्ति गराई मोटै रकम कुम्ल्याएको स्रोतको दाबी छ । यस कार्यमा उक्त उमाविका प्राचार्य सानोभाइ कार्कीसमेतले मिलेमतो गरेको बताइन्छ । परीक्षा पुस्तिकामा सफल संकेतको प्रयोग गरी त्यही चिह्नको आधारमा उनलाई पास गराएका हुन् ।
विचारमा अल्मलिएका र दृष्टिकोण स्पष्ट नभएका रमेशमोहन आफ्नै कारणले धेरै विद्यालयहरूबाट लखेटिएका उनका साथीहरू बताउँछन् । रौतहट चन्द्रनिगापुर घर भएका रमेशमोहन नामटार उच्च मावि, छतिवनको माध्यामिक विद्यालय, चुरियामाइको विद्यालय, आग्रा–गोगनेको स्कुल र स्रोत व्यक्तिबाट वीरगञ्ज विद्यालय र धेरै माध्यमिक विद्यालयबाट विगतमा आर्थिक बदमासीकै कारण लखेटिएका हुन् ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply