मनोनयन र कार्यविभाजन अझै टुंगिएन
काठमाडौं । अघिल्लो बुधबार नै टुंग्याउने भनिएको मनोनीत केन्द्रीय सदस्य र केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँटको काम एमालेले अझै टुंगो लगाउन सकेको छैन । मनोनयन गरिने १५ केन्द्रीय सदस्यहरूको नाम हिजोको बैठकमा टुंगो लगाउने भनिए पनि त्यो एजेन्डामा बैठकमा छलफलसमेत भएन ।
अघिल्लो सोमबार बसेको स्थायी समिति बैठकमा १५ केन्द्रीय सदस्यका लागि डेढ सयभन्दा बढी नाम प्रस्तुत भएपछि त्यसको टुंगो लगाउन अध्यक्ष केपी ओली, वरिष्ठ नेतााद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल रहेको कार्यलदलाई जिम्मा दिइएको थियो । कार्यदललाई गत बुधबारसम्मको समय दिइएको थियो । गत मंगलबार कार्यदलको बैठक बसे पनि सहमति जुट्न सकेको थिएन । त्यसयता एक पटक पनि कार्यदलको बैठक बसेको थिएन । सहमति नजुटेपछि यो बीचमा दुई पटक स्थायी समितिको बैठक स्थगित गरिएको थियो ।
हिजोको बैठकको
एजेन्डा नै केन्द्रीय सदस्यको मनोनयन भए पनि यो विषयमा छलफल प्रवेश नै गरेन । बैठक सुरु हुनासाथ अध्यक्ष ओलीले मनोनयनको विषयमा गृहकार्य पुगेको छैन, भोलि छलफल गरौंला भनेपछि बैठकमा संविधान निर्माणको विषयमा मात्र छलफल भएको सचिव योगेश भट्टराईले बताए । स्थायी समितिको बैठक आज २ बजेका लागि बोलाइएको छ । आजको बैठकले चाहिँ मनोनयनको विषय टुंग्याउने र अर्को बैठकमा कार्यविभाजनबारे छलफल हुने जनाइएको छ ।
हिजोको बैठकमा संविधान निर्माणको प्रक्रियालाई नयाँ ढंगले अघि बढाउने विषयमा छलफल भएको थियो । अहिलेको संवादहिनता तोड्दै दलहरूबीचको संवादलाई फेरि गति दिने निर्णय भएको पनि सचिव भट्टराईले बताए । त्यस्तै, पार्टीले मेची–महाकाली जागरण अभियान चलाउने निर्णय पनि हिजोको बैठकले गरेको छ । त्यसका लागि एक हप्ता भित्र कार्यक्रमको स्वरूप निर्माण गर्ने जिम्मा सचिवालयलाई दिइएको छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply