अलबिदा गोपाल !
‘धुकधुकी मेरो मुटुको गीत बनी गुन्जनेछ
प्राण पवन मेरो वायु बनी हावामा मिल्नेछ
हाड त मेरो ढुंगा बनी पहाडमा गाूसिनेछ
अनि सारा शरीर मेरो माटो बनी धर्तीमा मिल्नेछ’
चौबीस वर्षअघि गोपाल जोशीले पोखेका थिए–यी भावनाहरू । त्यतिबेला यस्ता भावना जन्माउने क्रममा उनले सायदै सोचेका थिए होलान्, कुनै दिन आफैले सिर्जना गरेका शब्दहरू नै आफ्नो जीवन–यात्राको अन्तिम बिसाउनीलाई स्पर्श गर्न आइपुग्नेछन् । भयो त्यस्तै । चौबीस वर्षअघि गौमती माध्यमिक विद्यालय, सिन्धुलीमाढीमा नौ कक्षामा अध्ययनरत यी जेहेनदार, मिहिनेती, सदैव जिज्ञासाले भरिएको अनुहारमा उपस्थित हुने मेघावी छात्र जोशीले कोरेका यी शब्दहरू अहिले उनकै जीवन–सन्दर्भमा हुबहु मिल्न पुग्यो ।
गोपाल रहेनन् । अब उनलाई स्मृतिका पद्चिह्नहरूमा मात्रै भेट्नेछौं । वैशाख १२ गते कम्पायमान धर्ती र त्यसले निम्त्याएको महाविनासले गोपालको जीवन समाप्त पारिदियो । प्रकृति पनि कति क्रुर देखियो भने, महाभूकम्पले गोपाललाई मात्र लगेन, उनले ठीक एक वर्षअघि भित्र्याएका दोस्री पत्नी र कल्कलाउूदो उमेरकी छोरीलाई पनि निल्यो, महाभूकम्पले । महाभूकम्पले आफूसूगै सिंगो परिवार नै गुमाएका गोपालले साढे तीन वर्षअघि एउटा महाविपत्तिको सामना गर्नुपरेको थियो । दसैंको रमझमलाई अझ स्मरणीय बनाउन, आफ्ना वृद्ध बाबुको हातबाट टीका ग्रहण गर्न सिन्धुली गएका गोपालका पत्नी र छोराका साथै काका, काकी र बहिनीको काठमाडौं फर्किने क्रममा बस दुर्घटनामा परी दु:खद् अन्त्य हुन पुगेको थियो । परिवारमा भित्रिएको भयावह शोकबाट तंग्रिन खोजिरहेकै बेला एक महिनाअघिको महाभूकम्पले गोपालको सिंगो परिवारलाई सोहोरेर लग्यो ।
संघर्षलाई जीवन बाूच्ने पर्याय ठानेका गोपाल साहित्य लेखनमा अभिन्न रुचि राख्दथे । खासगरी, स्कुल र क्याम्पस–जीवनमा उनले थुप्रै कविता, कथाहरू लेखे । अध्ययनमा निकै अब्बल उनको साहित्यप्रति अथाह मोह थियो । त्यही भएर नै, उनले ०४७ सालमै लेखेका ‘चुलेका सुन्दर सपनाहरू’लाई हामीले सिन्धुलीबाट प्रकाशित ‘रातो क्षितिज’मा ससम्मान स्थान दिएका थियौं । साहित्यमा रुचि भएकाहरूको प्रयत्नमा प्रकाशित ‘रातो क्षितिज’ मा हामी सम्पादक–समूहमा रहेकाहरूले रचना–अभावका कारण दुई दुईवटा सम्म रचना राखेका थियौं । तर, गोपालको एउटा कविता छापिएको थियो र उनको त्यो कविता नौ कक्षामा अध्ययनरत एउटा विद्यार्थीले लेखेका हुन् भनेर पत्याउन मुस्किलै पथ्र्यो । किनकि, त्यतिबेला नै उनमा गहिरो भावना उमडिएको प्रतीत हुन्थ्यो । उनले लेखेका थिए–
‘बनेर म मल माटोमा मिल्न चाहेको छु
मेरो देशभक्ति यही हो पसिना दान दिनेछु
मेरो मानव भक्ति यही हो रग तबनेर उम्लने छु
मेरो कर्तव्य यही हो, आूसु बनेर हाूस्नेछु’
साहित्यमा गोपालले देखाएको लगाव, सक्रिय लेखन र सिन्धुलीको माटोमा लेखन–कर्ममा स्रष्टाहरू जन्मिने क्रम बढिरहेकै बेला गोपालजस्तै प्रतिभाहरूलाई समेटेर ०४८ सालमा मैले र प्रोल्लासले ‘सिन्धुली साहित्यिक मञ्च’ स्थापना गर्यौं । ‘रातो क्षितिज’को दोस्रो अंक निस्किएपछि प्रकाशन बन्द भयो र हामीमा जागिरहेको प्रकाशनको भोक मेटाउन हामीले उक्त मञ्च गठन गरेका थियौं । र, त्यही मञ्चबाट ‘सिन्धुली’ नामक पत्रिका निकालेका थियौं । त्यसमा गोपालको एउटा लघुकथा छापिएको थियो ।
गोपालको आर्थिक स्थिति दयनीय थियो । सिन्धुलीमाढीबाट माइस्थानतिर जाूदा बाटोमा पर्ने फिटिङको एउटा भित्तामा, घना जंगलभन्दा मुनि एउटा सानो झुपडीमा गोपालको परिवारको बसोवास थियो । तिनै पाखोबारीहरूमा उत्पादन भएका अन्नपातले उनको परिवारलाई वर्ष दिन धान्न मुस्किल नै पथ्र्यो । त्यही थलोबाट करिब डेढ घन्टाजति हिूडेरै उनी सदरमुकाममा रहेको गौमती माविमा अध्ययन गर्न आउूथे । दिनमा करिब तीन घन्टा हिूडेरै उनले अध्ययनको भोक मेटाउने गर्दथे । त्यति हुूदा पनि उनी यति प्रतिभावान् थिए कि, स्कुलमा प्रथम त हुन्थे नै । अध्ययनबाहेक अरू क्रियाकलापमा पनि उनी अब्बल नै सावित हुन्थे । उनमा कतिपयले एसएलसीको बोर्डमा पर्ने सम्भावना पनि देखेका थिए तर बोर्डमा नपरे पनि राम्रै प्राप्तांक भने ल्याएका थिए उनले ।
काठमाडौं आएर इन्जिनियरिङ विषयको अध्ययनलाई अग्रगति दिन थालेपछि उनले साहित्य लेखन लगभग त्यागे नै । नेपाली सेनाको प्राविधिकका रूपमा कार्यरत उनको प्राथमिकतामा लेखनभन्दा अरू नै विषय परे, सायद । पोहोर साल, जेठतिर हुनुपर्छ, गोपाल र उनका नवविवाहिता पत्नी मेरो बासस्थानमा आएका थिए । त्यतिबेला उनी काठमाडौंमा स्थायी रुपमै बस्ने मनसायले निर्मित घर खोज्ने अभियानमा थिए । त्यतिबेला, उनले दु:खद् बस दुर्घटनाले पुर्याएको मानसिक क्षतिलाई कम गर्ने प्रयासमा आफू रहेको बताएका थिए । बस दुर्घटनामा उनका पत्नी र छोराका साथै काका, काकी र बहिनी बित्दा पनि म र वासु क्षितिज पुगेका थियौं । पोहोर साल मैले गोपाललाई भेट्दा, दुई वर्षअघि शोकमा डुबेका उनलाई सम्झें र केही परिवर्तन आएको र विस्तारै पीडाहरू भुल्दै गइरहेको हो कि भन्ने आभास भएको थियो । त्यहीबेला मैले पुराना दिनहरूतिर उनलाई डोर्याउूदै भनें– ‘तपाईंले त लेख्न नै छाड्नुभयो । अब फेरि लेख्न थाल्नुभयो ।’
उनले भनेका थिए– ‘पारिवारिक उत्तरदायित्वका कारणले गर्दा लेखन टुट्यो मेरो । अब भने लेख्ने विचार गरिरहेको छु । लेख्छु होला सायद अब ।’ मैले पनि उनलाई पुन: लेखन क्षेत्रमा फर्किएर आफ्नो प्रतिभा प्रकट गर्न सुझाव दिएको थिएू ।
दु:खको कुरा । तर, अब मेरो सुझावले कहिल्यै मूर्त रूप पाउने छैन । र, साहित्य लेखनमा पुन: फर्किने विचार सूगाल्ने गोपालले अब एक शब्द पनि लेख्ने छैनन् । उनी शब्दहरूभन्दा निकै परको संसारमा विलय भइसकेका छन् । महाभूकम्पले निलेका मेरा मित्र गोपाल, उनकी पत्नी र छोरीप्रति श्रद्धा–सुमन व्यक्त गर्नुबाहेक मसित अहिले अरू उपाय छैन । महाभूकम्पले त्रासको स्थितिबीच बाूचिरहेको बेला, निरुपाय बनिरहेका बेला प्रोल्लासले गोपालको महाप्रस्थानप्रति जुन सूचना सम्प्रेषण गरेका थिए, म सिन्धुली बजार, गौमती माविको प्रांगण, बुका खोला, फिटिङजस्ता ठाउूहरू सम्झिूदा सन्न हुन्छु र सम्झिन्छु हरेक पल गोपाललाई । गोपालको सौम्य, मिजासिलो र सदैव उत्सुक अनुहारलाई ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply