काठमाडौं । कहिले दाइजो नल्याएको निहु“मा बुहारीलाई घर निकाला
काठमाडौं । कहिले दाइजो नल्याएको निहु“मा बुहारीलाई घर निकाला गरेर त कहिले डोलेश्वर मन्दिरमा सपत्नी दर्शन गरेर चर्चामा आउने नेकपा–माओवादीका सचिव सीपी गजुरेलले पछिल्लो समयमा आफ्नै गाडी चालकको रोजीरोटी खोसिदिएका छन् । दलित भएकै कारण गाडी चालक नवराज मैनाली (नेपाली)लाई उनले जागिरबाट निकालिदिएका हुन् ।
धर्मकर्ममा ज्यादा आस्था र विश्वास गर्ने श्रीमतीका कारण गाडी चालक पनि बाहुन नै खोज्ने क्रममा काभ्रे घर भएका नवराज मैनालीलाई गजुरेलले काम दिएका थिए । पार्टी कार्यालयबाट मासिक १० हजार तलब पाउने गरी नियुक्त मैनालीको खास थर नेपाली भएको थाहा लागेपछि गत हप्ता उनलाई जागिरबाट निकालिएको हो । उनको ठाउ“मा अहिले नेत्रविक्रम चन्दका गाडी
चालक इन्द्र श्रेष्ठलाई ल्याइएको छ भने जागिर गुमाएका मैनाली माओवादीको पार्टी कार्यालय बुद्धनगरमा वैकल्पिक व्यवस्थाका लागि धाइरहेका छन् । १० दिनभन्दा बढी धाइसक्दा पनि उनको गुनासो सुनिएको छैन ।
दलित भएकै कारण मैनालीमाथि दुव्र्यवहार भएको समाचार केही महिनाअघि बुधबार साप्ताहिकमा प्रकाशित भएको थियो । काठमाडौं नरेफा“टको घर बेचेर कोटेश्वरमा फ्ल्याट भा“डामा लिएका गजुरेल परिवारले सो समाचार प्रकाशित भएपछि पनि चालक मैनालीलाई छुवाछूत व्यवहार गर्दै आएको थियो । उनलाई बस्नका लागि तल्लो तलामा एउटा कोठा दिइएको थियो भने माथिल्लो तलामा जान निषेध गरिएको थियो । त्यस्तै, उनलाई खाना पनि होटलमा खुवाउने गरिएको थियो । पार्टीले दलित कार्यकर्ताका छोराछोरीलाई छात्रवृत्तिमा पढाउने भनेपछि मैनालीले छोरीको थर नेपाली लेखाएका थिए । त्यस घटनापछि गजुरेलले उनलाई जागिरबाट हटाएका हुन् ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply