जहाजमा किन प्वाल पारे बाबुरामले ?
अन्तत: समुद्रमा यात्रा गरिरहेको पानी जहाजमा जब अप्रत्यासित खालको कुनै संकट आइपर्छ त्यसबेला जहाजभित्र छिरेका मुसाहरू सबभन्दा पहिल्यै हाम फालेर ज्यान जोगाउन खोज्छन् तर त्यतिबेला उनीहरूको त्यो प्रयास स्वत: असफल भएर जान्छ । ती मुसाहरू समुद्रको पानीमा डुबेर मर्छन् । यदि तिनीहरू जेनतेन जहाजभित्रै बसेका हुन्थे भने बरु कदाचित् जहाज पारलाग्दा उनीहरू पनि पार लाग्थे होला । धैर्यको अभावमा सबैको यही गति हुन्छ । अहिले राष्ट्रमा ठूलो संकट आइपरेको बेलामा सबै नेपाली जनताको प्रमुख तीन दलमाथि ठूलो आशा र भरोसा गरेका छन् । संविधानमा खोचे थापेर आफ्ना मुद्दाहरूलाई खोज्ने छिमेकी देशको अतिवादी कदममा ‘मिरजाफर’को भूमिका निर्वाह गर्ने मधेसी दलका नेताहरूले आफ्नै घरमा आगो सल्काएर त्यसैको रापमा खुसी मनाइरहेका छन् । यो अवस्था भनेको आफैंमा संकटपूर्ण अवस्था हो । यस्तोमा सबै मिलेर एकजुट भई संकटको सामना गर्ने विषयमा पहलकदमी लिनुको सट्टा बाबुराम भट्टराईले आफ्नो तुष्टिका लागि नेकपा (माओवादी) पार्टी र संसद्बाट राजीनामा गर्ने काम गरेका छन् । उनको यो कदम भनेको त्यही जहाजमा अप्रत्यासित रूपमा संकट आइलाग्दा भाग्ने मुसाहरूको कथासँग तुलना गर्न मिल्छ । यो एउटा प्रसंग भयो ।
अर्को एउटा प्रसंग पनि छ । उतै तराईतिरको कुरा हो । एक जना मानिस थिए । कुनैबेला नेकपा (एमाले)को ठूलै पदमा आसीन पनि थिए । पार्टीकै पहलमा उनले केही सार्वजनिक निर्माणका सवालहरूमा भाग लिने अवसर पनि पाए । त्यसप्रति उनले आत्मप्रशंसामा ‘मैले यसो गरें, उसो गरें’ भन्दै फूर्ति पनि लगाए– तपाईंहरू किन हो कुन्नि जताततै ‘मैले एमाले पार्टी छाडें’ भन्दै आफ्ना भनाइहरू सार्वजनिक पनि गरे । त्यतिबेला नै मैले उनको यस कदमप्रति टिप्पणी गरेको थिएँ– भगौडाहरूको सिर्जनामाथि कहिल्यै हकदाबी लाग्दैन ।’ एक समयमा आफूले एउटा संस्थामा बसेर केही काम गर्यो तर पछि गएर सोही संस्थालाई लात हानेर भाग्नेले ‘मैले यस्तो गरेको थिएँ र उस्तो गरेको थिएँ’ भनेर फूर्ति लगाउनुको कुनै तुक र तात्पर्य रहँदैन । अहिले बाबुराम भट्टराईले पनि एनेकपा (माओवादी) पार्टी छाडेको घोषणा गरेका छन् । संसद्को पद पनि छाडेको घोषणा गरेका छन् र भन्दै पनि छन्– ‘दोस्रो संविधानसभा निर्वाचनपछि बनेको संविधानसभाले अहिले आएर संविधानसभामार्फत् संविधानको घोषणा गर्यो । मलाई खुसी केमा लागेको छ भने बाह्रबुँदेदेखि बृहत् शान्ति सम्झौता अन्तरिम संविधान हुँदै यो संविधानको पनि अन्तरिम मस्यौदा तयार गर्ने ठाउँसम्ममा मलाई पार्टी र इतिहासले जिम्मेवारी दियो (नयाँ पत्रिका दैनिक, २०७२ असोज १०) ।
यदि बाबुरामलाई इतिहासको गौरवबोध भएको हुन्थ्यो भने र पार्टीले दिएको जिम्मेवारीको बोध हुन्थ्यो भने उनले पार्टी नै छाड्ने काम कदापि गर्ने थिएनन् । उनले माथि गरेको यसप्रकारको गौरवबोध भनेको त एकप्रकारको मिथ्यावादिता मात्र हो । अरूलाई प्रभाव पार्न बोलेका बेतुकका कुरामात्र हुन् । एनेकपा (माओवादी) पार्टीलाई छाड्नेक्रममा यसभन्दा बाहेक बाबुरामले अर्को ठाउँमा पनि भनेका छन्– ‘यो संविधान बनाउनेक्रममा मेरै नेतृत्वमा रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति रत्यसअन्तर्गत बनेको विशेष समितिमा मेरो संयोजकत्वमा सुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, विजय गच्छदार हुनुहुन्थ्यो । र, यही पाँच जनाको विशेष समितिले नै संविधानको सबै विषय टुंग्यायो । (नयाँ पत्रिका दैनिक असोज १०, २०७२) एकापट्टि मेरै मेरै नेतृत्वमा रहेको कमिटीले संविधानको टुंगोमा लगाएको हो भनेर दाबी गर्ने अर्कापट्टि मधेसी र थारू नेताहरूलाई भड्काउने वाह रे † बाबुरामको द्वैध चरित्र । विगतको इतिहासलाई केलाउँदा उनी जहिले पनि शंकास्पद चरित्रका मानिस देखिन्छन् । भित्र–भित्र एउटा कुरा सोच्ने बाहिर अर्कै किसिमको चारैतिरबाट घेराबन्दी गर्ने काम भइरहेको छ । उसलाई मात्र होइन, विखण्डनकारीहरूले चारैतिरबाट नेपाली कांग्ेरस, नेकपा (एमाले)माथि प्रहार केन्द्रित गरिरहेको अवस्थामा यत्रो आन्दोलनबाट गुज्रेर आएका भनिएका एनेकपा (माओवादी)को अध्यक्षका दाबेदार मानिएका पार्टीका दोस्रो नेताले एकाएक पार्टी छाडेको अप्रत्यासित घोषणा गर्नु अत्यन्त निराशाजनक अवस्था हो । उनीमा आएको यो पार्टी परित्याग गर्ने काम त एउटा ‘उल्टो छलाङ’ मात्र हो । यसभन्दा अघिदेखि नै यिनले पार्टीघात गर्ने र राष्ट्रघात गर्ने काम नगरेका पनि होइनन् । भारतलाई आफ्नो पक्षमा काम गरिदिने एउटा विश्वसनीय माध्यम चाहिएको थियो । यसलाई व्यवहारमा परिणत गरिदिने व्यक्ति एवम् उपयुक्त पात्रको आवश्यकता पनि थियो । त्यसको आपूर्ति पनि बाबुरामले गरिदिएका छन् । भारतले नेपालमा कहिल्यै पनि स्थिरता र प्रगति नहोस् नै भन्ने चाहना राख्छ र यहाँको संविधानसभाले कहिल्यै पनि संविधान जारी गर्न नसकोस् भन्ने नै थियो र पहिलो संविधानलाई असफल बनाउने काम पनि यिनै बाबुरामको नै प्रवल भूमिका थियो । अब दोस्रो संविधानसभालाई पनि असफल पार्ने षड्यन्त्रको जालोअन्तर्गत यिनै बाबुराम प्रमुख रहेको ‘संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति’को कैयौंपटक बैठक नबोलाएर संकट खडा गर्नसम्म भ्याए । त्यस समितिले काम नगरेपछि जब प्रक्रियाबाट भए पनि संविधान निर्माण हुने नै भयो भनेपछि अन्ततोगत्वा १६ बुँदे सहमतिअनुसार काम गर्न बाध्य हुनुपरेको थियो । यदि बाबुराम के चलते सम्भव हुन्थ्यो भने उनले त दोस्रो संविधानसभालाई असफल पार्ने कुटिल चाल त चलेकै हुन् नि † यो त जगजाहेर कुरा नै हो । यसैकारण भन्न सकिन्छ उनको एमाओवादी पार्टी पनि परित्याग गर्ने कुरा भनेको ‘उल्टो दिशातर्फको छलाङ’ नै हो । जहाँसम्म अब उनले नयाँ पार्टी बनाउने सोच राखेका छन् । त्यो पनि आत्मसन्तुष्टिका लागि गरिएका हावादारी कुरामात्र हुन् । छँदाछँदैको घरमा जानी–जानी आगो सल्काएर खरानी पार्ने र अब अर्को नयाँ घर निर्माण गर्छु भन्नु एकप्रकारको मूर्खता (योबाबुरामकै भाषा हो) सिवाय केही पनि होइन । दुनियाँमा अनेकौं क्रान्ति, संघर्ष, सत्तापलट केही पनि होइन । तिनमा पार्टीहरूले आ–आफ्ना भूमिका सम्पन्न गरिसकेपछि फेरि अर्को पार्टी बनाएर अघि बढ्छु भनेको पाइँदैन । चीनको कम्युनिस्ट पार्टी जसले सन् १९४९ जनवादी क्रान्ति सम्पन्न गर्यो अहिले समाजवादी निर्माणको बाटोमा अग्रसर छ । भारतका कतिपय पार्टीहरूले पनि आफ्नै निरन्तरता कायम गरेका छन् । यद्यपि तिनीहरूमा अनेकौं उतार–चढावहरू देखिएका छन् । नेपालमा पनि नेकपा (एमाले), नेपाली कांग्ेरस र एनेकपा (माओवादी)ले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गरेका छन् र अब राष्ट्रलाई नवनिर्माणको दिशामा अगाडि बढाउने प्रयत्नमा आधारित भएर समाजवादको आदर्श बोकेको अत्यन्त दूरगामी महत्त्वको संविधान निर्माण गरेका छन् । यसमा कसैले भाँजो हालेर यसलाई असफल पार्ने षड्यन्त्रको गोटी बन्नका लागि अभिप्ेररित भएर लाग्छ भने त्यसलाई नेपाली जनताको ‘श्राप’ लाग्नेछ । ६५ वर्षको लामो संघर्ष र बलिदानीस्वरूप बनेको संविधानलाई असफल पार्ने प्रयत्न गर्नु भनेको त राष्ट्रिय रूपमा आत्मघात नै त हो । के बाबुरामले सोचेझैं नयाँ शक्तिमा आधारित भारतको दिल्लीको जस्तो केजरीवालको पार्टी बन्छ त उनको नेतृत्वमा ? यो एउटा विचारणीय प्रश्न हो । उनले देखेको सपना भनेको एकाएक केजरीवालले गरेको जस्तो चमत्कार देखाउने प्रयत्न होला तर एउटा बनिबनाउ पार्टी जसले १० बर्से कथित जनयुद्ध चलाएर आएको पार्टी जसका अध्यक्षले दोस्रो संविधानसभाबाट संविधान निर्माणका लागि ठूलो प्रयत्न गरे ती सम्पूर्णलाई परित्याग गरेर नयाँ शक्तिका आधारमा नयाँ पार्टी बनाउँछु भन्नु एकप्रकारको स्वैरकल्पना हुनसक्छ । एउटा पार्टीको नेतृत्वबाट स्खलित भएपछि त्यसले दोस्रो पार्टी बनाएर चमत्कार देखाउन खोजेको प्रयत्न हो बाबुरामजीको । एउटा पार्टीबाट पलायन भएपछि त्यसैमा मेरा केही कुराहरू छन् भनेर हकदाबी गरेजस्तै कुरा हुन् । फेरि पनि मैले जोड दिएर भन्न चाहन्छु, भगौडाहरूको सिर्जनामाथि कुनै प्रकारको हकदाबी लाग्दै लाग्दैन । यदि सिर्जनाको स्वामित्व खोज्ने हो भने त्यहीँ बसेर दाबी गर्न सकिन्छ र यसमा पनि लगानी छ, मेरो पनि सिर्जना छ भनेर खोज्ने कुरा नै न्यायसंगत पनि हुन्छ ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply