हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
काठमाडौं: बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन्। प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा उनको नाम समेटिएको हो। उनलाई विश्वका शक्तिशाली राजनीतिज्ञ, कलाकार र चिन्तकहरूसँगै ‘नेता’ श्रेणीमा राखिएको छ।
उक्त म्यागजिनले ३६ वर्षीय शाहलाई ‘हिप–हपका पूर्व स्टार’ र नेपालको इतिहासकै ‘कान्छो प्रधानमन्त्री’ का रूपमा चित्रण गर्दै उनको राजनीतिक यात्रालाई विशेष रूपमा प्रस्तुत गरेको छ। फागुन २१ मा सम्पन्न आम निर्वाचनमा युवापुस्ताको अभूतपूर्व समर्थन र पुराना नेताहरूप्रतिको बढ्दो असन्तुष्टिका कारण उनले सानदार विजय हासिल गरेको उल्लेख गरिएको छ। सिभिल इन्जिनियरिङमा स्नातक गरेका शाहले काठमाडौँ महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको सुधारलाई राष्ट्रिय तहमा विस्तार गर्ने चुनौती अब उनको सामु रहेको टिप्पणी गरिएको छ।
उनको उदयलाई दक्षिण एसियामा लामो समयदेखि जरा गाडेको वंशवादी तथा परम्परागत राजनीतिक अभ्यासविरुद्धको शक्तिशाली संकेतका रूपमा व्याख्या गरिएको छ। यसले नेपालमा मात्र होइन, क्षेत्रीय राजनीतिमा समेत नयाँ बहस र सम्भावनाहरू जन्माएको विश्लेषण गरिएको छ।
यस वर्षको सूचीमा शाहसँगै विश्वका अन्य प्रभावशाली व्यक्तित्वहरू पनि समावेश भएका छन्। राजनीतिक नेतृत्वतर्फ डोनाल्ड ट्रम्प, सी जिनपिङ, पोप लियो चौधौँ, क्लाउडिया शेनबाम, मार्क कार्नी र बेन्जामिन नेतान्याहु जस्ता नामहरू समेटिएका छन्। व्यापार तथा प्रविधिको क्षेत्रमा सुन्दर पिचाई, माइकल डेल र ग्विन सटवेल जस्ता व्यक्तित्वहरू पनि सूचीमा परेका छन्।
त्यसैगरी कला तथा मनोरञ्जन क्षेत्रमा रणवीर कपूर, जोई साल्डाना, डकोटा जोन्सन, केके पाल्मर र ल्युक कोम्ब्स जस्ता कलाकारहरू समेटिएका छन्। खेलकुद तथा डिजिटल क्षेत्रमा स्कट्टी सेफलर, लान्डो नोरिस र मिस्टर बिस्ट समेत सूचीमा अटाएका छन्।
म्यागजिनमा प्रकाशित लेखमा बालेनको उदयलाई केवल व्यक्तिगत सफलता मात्र नभई नयाँ पुस्ताले पुरानो राजनीतिक शैलीलाई अस्वीकार गर्दै परिवर्तनको माग गरेको संकेतका रूपमा व्याख्या गरिएको छ। लेखमा उल्लेख गरिएअनुसार, उनको नेतृत्वले नेपालको करिब ३ करोड जनसंख्याको प्रतिनिधित्व मात्र नगरी परम्परागत राजनीतिक संरचनामाथि समेत चुनौती प्रस्तुत गरेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
Leave a Reply