सम्झनामा रामप्रसाद प्रदीप

अचानक रामप्रसाद प्रदीप हामीमाझबाट जानुभयो । उहाा यसरी जानुहुन्छ भन्ने विश्वास कसैलाई थिएन, न मलाई, न अरू कोही, न परिवारका सदस्यलाई । दिनभरि कार्यक्रममा सहभागी भएर ठीकठाकै घर फर्किनुभएका प्रदीप लुगा फेर्न कोठामा प्रवेश गर्नुभएको बेला राम्रोसाग लुगा पनि फेर्न नपाई जानुभयो हृदयाघातले । त्यसबेला म चितवनमा थिएा । राति ८, साढे ८ बजेतिर माधव प्रधानले फोन गर्नुभयो ‘रामप्रसाद त जानुभयो, तपाईं कहाा हुनुहुन्छ रु’ भनेर । म छाागाबाट खसेजस्तो भएा । सुरुमा पत्यारै लागेन, तर यस कटु यथार्थलाई स्वीकार नगरी सुखै थिएन । खगेन्द्र संग्रौला र म साथै थियौं । एकछिन प्रदीपबारे कुरा भयो । पुनस् माधव प्रधानलाई फोन गरेर थप जानकारी लिएा र उहााको अन्त्येष्टिमा सहभागी हुन नसक्ने विवशता प्रकट गरें । यसो गर्नुबाहेक मसाग अर्को विकल्प पनि थिएन ।
प्रदीपजीसाग मेरो अन्तिम भेट ०७२ चैतको अन्तिमतिर सम्पन्न प्रगतिशील लेखक संघको दसौं राष्ट्रिय सम्मेलनमा भएको थियो । उहाा प्रलेसको सल्लाहकार हुनुहुन्थ्यो र राष्ट्रिय सम्मेलनको प्रतिनिधिका रूपमा कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । सम्मेलनका आफ्नै जटिलताहरू हुन्छन् । खासगरी नेतृत्व चयनमा सबैभन्दा बढी समस्या हुन्छ । यस सन्दर्भमा उहााबाट मैले सहयोग लिएको थिएा । उहााको सहयोगले मलाई नेतृत्व चयनसम्बन्धी समस्याको गााठो फुकाउन सजिलो भएको थियो । त्यसबेला उहाालाई मैले स्वस्थ र फुर्तिलो देखेको थिएा । राति ९, साढे ९ बजेतिर उहाा सम्मेलन केन्द्र प्रज्ञा भवन कमलादीबाट आफ्नो घरतिर लाग्नुभएको थियो । माधव प्रधानले दुस्खद समाचार सुनाउनुभएपछि उहाासागको कुराकानीको त्यही अन्तिम क्षण र उहााको हासिलो अनुहार धेरै बेर मेरा आाखामा नाचिरह्यो । निदाउन चाहेर पनि निदाउन सकिना । गहिरो पीडाको अनुभूति भयो । सोचें, प्रदीपको जाने बेला भएकै थिएन, साहित्यिक, सांस्कृतिक फााटलाई, सिंगो नेपाली समाजलाई अझै उहााको आवश्यकता थियो । तर, मृत्युसाग कसको पो के लाग्छ र १ त्यही भएरै त होला, लेखनाथ पौड्यालले काल महिमा लेखेको । निदाउने बेला रातको १२ बजिसकेको थियो ।
प्रदीपजीसाग मेरो पहिलो भेट दाङमा भएको थियो । २०४१ सालतिर हो जस्तो लाग्छ, उहाा र मेरो बीचमा चिनजान भएको । कुन सन्दर्भमा कसरी भेट भयो, त्यो ठ्याक्कै मेरो सम्झनामा छैन, तर भेटघाट, चिनपर्चीपछि हामी नजिकिादै गयौं । उहाा तुलसीपुरमा बस्नुहुन्थ्यो र छापाखाना चलाउनुहुन्थ्यो । २०४१ सालदेखि उहााले ‘राप्ती समाचार’ ९साप्ताहिक० पत्रिकाको सम्पादन आरम्भ गर्नुभएको थियो । २०४१ सालबाटै ‘खलिहान’ नामक साहित्यिक त्रैमासिक पत्रिकाको प्रकाशन आरम्भ पनि गर्नुभयो । यो पञ्चायती निरंकुशताको समय थियो । यसको पीडा उहााले धेरै खप्नुभयो, तर हरेस खानुभएन । उहााले प्रकाशन गरेको साहित्यिक पत्रिकामै मेरो पहिलो समालोचनात्मक लेख छापिएको थियो । उहाा धेरै लामो समय दाङमा बस्नुभएन । बुटवल फर्केपछि पनि उहाासाग बेलाबखत भेटघाट र कुराकानी भइ नै रह्यो । कुराकानी घरायसीदेखि राजनीतिक, सामाजिक, सांस्कृतिक र साहित्यिक विषयसम्मका हुन्थे । उहाा र मेरो उमेरमा १३र१४ वर्षजतिको अन्तर रहे पनि यसले परस्परको हार्दिक सम्बन्धमा कुनै समस्या परेन । उहााको सरल, सहज र मित्रवत् व्यवहार यसको प्रमुख कारण थियो । आफूभन्दा कनिष्ठहरूसाग पनि मित्रवत् व्यवहार गर्नु र त्यसलाई निरन्तरता दिनु उहााको महत्त्वपूर्ण विशेषता थियो ।
२०६४ सालमा मेरो तेस्रो कवितासंग्रह ‘दुस्साध्य समय’ प्रकाशित हुादा उहााको महत्त्वपूर्ण सहयोग रहेको थियो । आधाभन्दा धेरै खर्च उहााले नै बेहोरिदिनुभएको थियो । यस्तो सहयोग उहााले अरूलाई पनि गर्नुभएको छ । सहयोगी स्वभाव उहााको व्यक्तित्वको एक महत्त्वपूर्ण पाटो थियो । प्रलेसका अध्यक्ष घनश्याम ढकालको दुर्घटनामा परेर असामयिक निधन भएपछि प्रदीप प्रलेसको कार्यवाहक अध्यक्ष बन्नुभयो । प्रलेस आर्थिक संकटसाग जुझिरहेको थियो । प्रलेसको नवौं राष्ट्रिय सम्मेलन कसरी गर्ने भन्ने समस्या थियो । प्रदीपले पाटनको बालकुमारीमा रहेको माइलस्टोन कलेजमा राष्ट्रिय सम्मेलनको चााजोपााजो मिलाउनुभयो । सम्मेलन सफलतापूर्वक सम्पन्न भयो । उहाा यस कलेजको अंशियार हुनुहुन्थ्यो । सभाकक्ष निस्शुल्क उपलब्ध गराइएको थियो । अन्य कतिपय कुरामा पनि प्रदीपको सहयोग रहेको थियो । प्रदीपकै सहयोग र आाटले केही समयदेखि हुन नसकिरहेको राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । प्रलेसको जीवनमा प्रदीपको यो महत्त्वपूर्ण योगदान थियो । प्रलेसको नवौं राष्ट्रिय सम्मेलनबाट म अध्यक्षमा निर्वाचित हुनुमा पनि प्रदीपको महत्त्वपूर्ण योगदान रहेको छ । उहाा कार्यवाहक अध्यक्ष हुनु हुन्थ्यो । यस हिसाबले उहाा अध्यक्षका स्वाभाविक दाबेदार हुनुहुन्थ्यो । त्यसबेलाका एमालेका सांस्कृतिक फााटका इन्चार्ज प्रदीप नेपाल, प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली, उहाा र म प्रदीप ज्ञवालीकै कार्यकक्षमा बसेर छलफल गर्यौं । उहाालाई अध्यक्षका निम्ति प्रस्ताव गर्यौं, तर उहााले मलाई प्रस्ताव गर्नुभयो । म अध्यक्षको उम्मेदवार भएा र अन्ततस् सर्वसम्मतिले अध्यक्षमा निर्वाचित भएा । प्रदीपले त्यसो नगरेको भए म अध्यक्ष हुन सम्भव थिएन ।
प्रदीप बहुमुखी व्यक्तित्वका धनी हुनुहुन्थ्यो । उहााको चिनारी साहित्यकारका रूपमा मात्र नरहेर एक पत्रकार, सांस्कृतिक अभियन्ता, प्रशासक र सामाजिक व्यक्तित्वका रूपमा पनि रहेको छ । उहाा आरम्भदेखि नै कम्युनिस्ट आन्दोलनसाग जोडिनुभयो र मुलुकको राजनीतिक एवं सामाजिक–सांस्कृतिक परिवर्तनमा संलग्न रहनुभयो । मूलतस् साहित्यिक–सांस्कृतिक क्षेत्रबाट उहाा मुलुकको परिवर्तनका निम्ति सक्रिय रहनुभयो । रेलिमाई सांस्कृतिक अभियानका अभियन्ताहरूमध्ये एकजना प्रदीप पनि हुनुहुन्थ्यो । लुम्बिनीमा सांस्कृतिक जागरणमा यसले पुर्याएको योगदान अवस्मरणीय रहेको छ । २००४ सालमा अर्घाखााचीमा जन्मनुभएका प्रदीपले २०२३ सालतिरबाट लेखन आरम्भ गर्नुभएको थियो । २०२७ सालमा प्रकाशित ‘पचास रुपियााको तमसुक’को एकजना लेखक प्रदीप पनि हुनुहुन्छ । यो नाटकले तत्कालीन समयमा निकै ठूलो प्रभाव पारेको थियो । सामन्ती उत्पीडनको विरोध र परिवर्तनको आकांक्षा यस नाटकको मुख्य गुदी रहेको छ । २०३० सालमा उहााको ‘मुलुकभित्र’ नाटक प्रकाशित भयो । २०३६ मा ‘विस्फोट’ ९गीतसंग्रह०, २०४७ मा ‘उपहार’ ९गीतसंग्रह०, २०५० मा ‘सपना उपहार देशलाई’ ९नाटक, सहलेखन०, २०६५ मा ‘बेलाको बोली’ ९गीतगजलसंग्रह० प्रकाशित भए । २०५० सालमा उहााको ‘राजधानी गाइड’ प्रकाशित भयो । यो पर्यटनसम्बन्धी पुस्तक थियो । उहााले ‘सिद्धार्थ दैनिक’, ‘राप्ती समाचार’ ९साप्ताहिक०, ‘समालोचना दैनिक’, ‘भावना दैनिक’, ‘खलिहान’ साहित्यिक पत्रिका पनि सम्पादन गर्नुभएको थियो । दुईपटक जनक शिक्षा सामग्री केन्द्रको महाप्रबन्धक पनि हुनुभयो । विभिन्न साहित्यिक, सांस्कृतिक संगठनहरूमा बसेर काम पनि गर्नुभयो ।
प्रदीपका रचनाहरूमा परिवर्तनको स्वर पाइन्छ । नेपाली समाजमा सदियौंदेखि विद्यमान असमानता, अन्याय, उत्पीडनको विरोध गर्दै परिवर्तनको पक्षमा उभिनु उहााका रचनाहरूको विशेषता हो । स्वतन्त्रता, समानता र सामाजिक न्यायका निम्ति प्रदीप आजीवन संघर्षरत रहनुभयो र आफ्ना रचनाहरूमा त्यसैको अभिव्यक्ति दिनुभयो । उहााका नाटकहरूमा नेपाली समाजमा विद्यमान विषमता र त्यसको अन्त्यको चाहना प्रखर रूपमा अभिव्यक्त भएको छ । गीत गजलहरूले नेपाली समाजमा विद्यमान विसंगति र विकृतिप्रति तिखो प्रहार गरेका छन् र परिवर्तनको स्वप्न सागालेका छन् । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विकृति र विसंगतिविरुद्ध प्रहारका अतिरिक्त उहााका गीत गजलहरूमा जीवनका अन्य पक्षहरूले पनि अभिव्यक्ति पाएका छन् । उहााका रचनाहरूमा आफ्नो समयको यथार्थले कलात्मक रूपमा अभिव्यक्ति पाएको छ । उहााका रचनाहरू आफ्नो समयको यथार्थ उद्घाटन र त्यसमाथिको हस्तक्षेपका दृष्टिले महत्त्वपूर्ण रहेका छन् । नेपाली प्रगतिवादी साहित्य क्षेत्रका उहाा बिर्सनै नसकिने र नहुने व्यक्तित्व हुनुहुन्छ । जीवनभर उहाा प्रगतिवादी साहित्यिक–सांस्कृतिक क्षेत्रमा क्रियाशील रहनुभयो । आफ्नो आस्था र प्रगतिबद्धतामा अडिग रहनुभयो । पञ्चायतका कठिन दिनहरूमा परिवर्तनका निम्ति उहााले गरेका सङ्घर्षहरू विशेष स्मरणीय छन् । प्रगतिवादी क्षेत्रमा मात्र होइन, सिंगो नेपाली साहित्यमै खासगरी गीतगजल र नाटकका माध्यमबाट उहााले दिएको योगदान महत्त्वपूर्ण रहेको छ । अब उहाा सम्झनामा मात्र जीवित हुनुहुन्छ । उहााको योगदानलाई सम्झनु र उहााप्रति उचित सम्मान व्यक्त गर्नु हामी सबैको दायित्व हो ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply