शतप्रतिशत राम्रो गरे पनि विवादमुत्त हुदैन
० राष्ट्रिय कविता महोत्सवलाई पञ्चायत कालको निरन्तरता भयो भनेर पनि आलोचना गरेको पाइन्छ । के यसबारे नयाा ढंगले सोच्न सकिादैन ?
– नि:सन्देह, कविता महोत्सवको आयोजना पञ्चायत कालबाट आरम्भ भएको हो । राजाको यसमा विशेष रुचि रहन्थ्यो । कविता प्रतियोगिताका निम्ति राजाबाटै शीर्षक दिइन्थ्यो । काव्य प्रतिभाको विकास गर्नु यसको उद्देश्य थियो । साथसाथै पञ्चायतका राजनीतिक, सांस्कृतिक उद्देश्यहरू पनि यससाग जोडिएका थिए । आज राजा छैनन् । कविता प्रतियोगिका निम्ति शीर्षक पनि दिइादैन । शब्द संख्या पनि तोकिादैन । समसामयिक चेतना र राष्ट्रिय भावभूमिका कविता लेख्न कविहरू स्वतन्त्र छन् । आरम्भ भएको समयका आधारमा यसलाई पञ्चायतकालीन निरन्तरता भन्न सकिएला, तर आजको कविता महोत्सवलाई आजकै कविता महोत्सवका रूपमा लिनुपर्छ र यसले आजकै समयको प्रतिनिधित्व गर्छ । कविता महोत्सवको स्वरूपलाई पनि फेर्न सकिएला, तर त्यसबारे ठोस सुझाव त आउनुपर्यो नि ! टिप्पणी मात्रको त खास अर्थ रहादैन । पञ्चायतकालीन निरन्तरताका नाममा कविता महोत्सव नै नगर्नु उपयुक्त हुन्छ जस्तो लाग्दैन । कविता महोत्वसको स्वरुपमा परिवर्तन गर्न सकिन्छ, तर यसो गर्दा पनि प्रतिष्ठानले यस्तो गर्यो भनेर भरमार आलोचना हुन सक्छ । एउटा विकल्प प्रज्ञा प्रतिष्ठानले प्रतियोगितात्मक कविता महोत्सवका ठाउामा अप्रतियोगितात्मक कविता महोत्सव गर्ने हुन सक्छ । आखिर कविता महोत्वसको उद्देश्य काव्य प्रतिभाको विकास र कविताको उन्नयन हो । प्रदेशहरूमा सिर्जनारत उत्कृष्ट युवा प्रतिभाहरूलाई पुरस्कृत गर्ने र कविता वाचन तथा विमर्शका कार्यक्रमहरूको आयोजना गरेर कविता महोत्सव गर्न सकिन्छ । प्रत्येक प्रदेशबाट त्यहीा बसेर साधना गरेका/उत्कृष्ट एक/एक जना प्रतिभालाई पुरस्कृत गर्ने कुरा कविता प्रतियोगिताबाट प्रथम, द्वितीय, तृतीय छान्ने कुराभन्दा तुलनात्मक रूपमा बढी उपयुक्त पनि हुन्छ भन्ने लाग्छ । तर, यो मेरो कुरा हो । प्रतिष्ठानमा मैले आफ्ना सुझावहरू राख्ने मात्र हो । व्यक्तिगत रूपमा मलाई भन्नुहुन्छ भने प्रज्ञा प्रतिष्ठानले कविताको प्रतियोगिता गराइरहन उचित हुन्छ जस्तो लाग्दैन । यसले प्रतिष्ठानलाई सधै थोरै धेरै विवादमा तानिरहनेछ । निर्णायकहरू कुनै न कुनै रूपमा सधैं अपमानित भइरहनेछन् । मैले यो कुरा प्रज्ञामा आउनुभन्दा पहिलेदेखि भन्दै आएको छु । अहिले आफैं विवादको सामना गरिरहेछु ।
० राष्ट्रिय कविता महोत्सव सधैं विवादमा आउाछ । यसपटक पनि विवादमा आयो । यस्तो किन हुन्छ ? के यसलाई विवाद नआउने गरी सम्पन्न गर्न सकिन्न ?
– थोरै कुरा त मैले माथि पनि उल्लेख गरें । यसपटकको विवाद मूलत: प्रथम भएको कवितासाग जोडिएको छ । कुन कविता प्रथम, द्वितीय, तृतीय हुने भनेर निर्णय गर्ने कुरा निर्णायक मण्डलको हो । म मूल्यांकन प्रक्रियामा सहभागी हुादिना । निर्णय भएर आएपछि प्राज्ञ परिषद्को बैठकले त्यसको अनुमोदन गर्छ । निर्णयलाई हेरेफर गरिादैन र गर्न उचित पनि हुादैन । निर्णायक मण्डलमा साहित्य क्षेत्रका स्थापित र विज्ञ व्यक्ति नै हुन्छन् । पााचजना निर्णायक राखिन्छन् । निर्णायक छनोट गर्ने कार्य पनि प्राज्ञ परिषद् बैठकले नै गर्छ । निर्णायक ठीक भएनन् भन्ने कुरा पनि उठाइयो, परिवर्तनविरोधी कविता आए भन्ने कुरा पनि उठ्यो, अरु कुरा पनि आए । विवादमुक्त रहेका कविता महोत्सव सायद कुनै छैनन् । हरेक कविता महोत्सव कुनै न कुनै रूपमा विवादका विषय बनेकै छन् । महोत्सवमा कुनै त्रुटि नै हुादैनन् भन्न सकिादैन । मुख्य कुरो, हामी त्यसलाई कसरी हेर्छौं र कस्तो भाषामा व्यक्त गर्छाैं भन्ने हो । आलोचना रचनात्मक भाषामा सुझावसहित आउनु राम्रो हुन्छ । तर, म त्यस्तो निकै कम पाउाछु । पोहोर सालकै कुरा गरौं, प्रथम कविता ‘मधुपर्क’मा छापिएको कुरा बाहिर आएपछि निर्णायकहरू केही पढ्दैनन्, झुर परे भन्ने टिप्पणी आयो, तर कहिलेकााही असाध्यै पढन्तेले पनि नपढ्न सक्छ र पढे पनि स्मृतिमा नरहन सक्छ भन्ने कुरालाई टिप्पणी गर्नेले सामान्य हेक्कासम्म राखेको पाइएन । अहिले पनि कतिपय टिप्पणीहरू त्यस्तै छन् । कतिपय टिप्पणी खास उद्देश्यबाट अभिप्रेरित भएर पनि गरिएका छन् । कतिपयका टिप्पणी रचनात्मक पनि छन् । महोत्सव विवादमा आएको हेर्दा यो विवादमा आउादैन, ल्याइन्छ भन्ने कुरा धेरै सत्य हो भन्ने लाग्छ । कुरा धेरै ठूलो हुादैन, तर बनाइन्छ, एउटा कार्यक्रमका आधारमा प्रज्ञा प्रतिष्ठानको समग्र कामलाई नै ओझेलमा पार्ने र यसले केही गरेन भन्ने सन्देश प्रवाह गर्न खोजिन्छ । यस्तो सन्देश प्रवाह गर्न खोजिन्छ, मानांै अरू सबै ठीक छन् बेठीक भनेकै प्रज्ञा प्रतिष्ठान हो । अरू सबै योग्य छन्, अयोग्यहरूको थलो भनेकै प्रज्ञा प्रतिष्ठान हो । अनेकन इन्ट्रेस्टहरू सक्रिय भएको, अराजकता र दम्भसागसागै पालेर समयसाग जिस्किरहेको यो संक्रमण कालमा प्रज्ञा प्रतिष्ठानले शतप्रतिशत राम्रो कविता महोत्सव गरे पनि त्यो विवादमुक्त हुनेछ भन्ने विश्वास ममा छैन । तैपनि, हामी हाम्रो जिम्मेवारी र भूमिकाप्रति सचेत छौं र रचनात्मक टिप्पणीहरूलाई ध्यान दिनेछौं ।
० राष्ट्रिय कविता महोत्सवलाई अझ उपलब्धिमूलक बनाउन के गर्नुपर्ला ?
– राष्ट्रिय कविता महोत्सवलाई थप उपलब्धिमूलक बनाउन नै कविता महोत्सवको अघिल्लो दिन काव्य विमर्शको आयोजना गर्न आरम्भ गरिएको हो । हामी आउनुभन्दा अघि काव्य विमर्शको आयोजना गरिादैनथ्यो । यसले काव्य विमर्शलाई उपलब्धिमूलक बनाउन योगदान दिएको छ भन्ने विश्वास मेरो रहेको छ । काव्य महोत्सवलाई उपलब्धिमूलक बनाउन अरू पनि काम गर्न सकिन्छ, तर हामीसाग बजेटको कमी छ । भारतीय अकादमीले आफ्नो वार्षिकोत्सव विभिन्न प्राज्ञिक कार्यक्रमहरूसहित एक हप्तासम्म मनाउाछ । हामी विमर्श मात्र होइन, कवितासम्बन्धी वर्कसप चलाउन सक्छौं, कवितासम्बन्धी अरू पनि रचनात्मक काम गर्न सकिन्छ । स्रोतसाधनको अपर्याप्तता नै यसका निम्ति बाधक रहेको छ । चाहेर पनि गर्न सकिने स्थिति रहेको छैन ।
० तपाईंले आफ्ना विभागहरूमार्फत के–कस्ता कामहरू गर्नुभएको छ ?
– कविता महोत्सव मेरो विभागीय कार्यक्रम होइन भन्ने कुरा म पहिले स्पष्ट गर्न चाहन्छु । यो केन्द्रीय कार्यक्रम हो, म त्यसको संयोजक मात्र हुा । संयोजकका रूपमा मैले निश्चित भूमिका मात्र सम्पादन गर्ने हो । जहाासम्म मेरो विभागीय कार्यक्रमको कुरा छ, यसमा दुई प्रकृतिका कार्यक्रमहरू रहेका छन् । एकथरी कार्यक्रम विचार गोष्ठी र कविता वाचनसाग सम्बन्धित छन् । अर्काथरी कार्यक्रम अध्ययन–अनुसन्धानमूलक रहेका छन् । झन्डै दुई वर्षको अवधिमा मेरो काव्य विभागले एक दर्जनजति अन्तक्र्रियामूलक विचार गोष्ठी एवं कवि गोष्ठीहरूको आयोजना गरेको छ । गोष्ठीपत्रहरूको सागालोका रूपमा प्रज्ञा प्रतिष्ठानबाट ‘काव्य विमर्श’ नामक पुस्तक प्रकाशित भएको छ । ‘समकालीन प्रतिनिधि नेपाली छन्द कविता’ र समकालीन नेपाली कवितासम्बन्धी महत्त्वपूर्ण विमर्शात्मक पुस्तक ‘समकालीन नेपाली कविता विमर्श’ केही समयपछि प्रकाशनमा आउनेछन् । काव्य विभागद्वारा कवितासम्बन्धी विविध विषयमा गरिएका विमर्शमूलक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन् । राजधानीबाहिरका कार्यक्रमहरू पनि स्रष्टाहरूको व्यापक सहभागितामा सम्पन्न भएका छन् । विमर्शका निम्ति महत्त्वपूर्ण विषयहरू छानिएका छन् । यसअघि यस रूपमा विमर्शमूलक कार्यक्रम भएको पाइन्न । कविता गोष्ठीमा पटकपटक गरेर धेरैभन्दा धेरै कविहरूलाई समेट्न कोसिस गरिएको छ । काव्य महोत्सवमा पनि यस कुरालाई ध्यान दिइएको छ । कार्यक्रमहरूलाई समावेशी बनाउन अधिकतम प्रयत्न गरिएको छ ।
विभागको बैठक बसालेर वर्ष दिनमा गर्ने कार्यक्रमबारे सदस्यहरूबाट राय लिइन्छ र त्यस आधारमा वार्षिक कार्यक्रम तय गर्ने र कार्यान्वयनमा लैजाने गरिन्छ । विभागको बैठक आवश्यकताअनुसार वर्षमा दुईतीन पटक बस्न सक्छ । विभागीय सदस्यहरू कार्यकारी हुादैनन् । उनीहरूले मूलत: प्राज्ञिक सहयोग गर्ने मात्र हो । यो कुरा पहिले नै स्पष्ट गरिएको हुन्छ । एक सदस्यले यही कुरा बुझ्न नसक्दा विभागबाट राजीनामा दिएका छन् । उनले विभागीय कार्यक्रममा मात्र होइन, राष्ट्रिय कविता महोत्सवमा समेत आफ्नो सक्रिय र निर्णायक भूमिका खोजेको कुरो मसिनोसाग उनको राजीनामा पढ्दा थाहा हुन्छ । यो सम्भव हुने कुरा भएन । उनको राजीनामाको गुदी महोत्सव आलोचनाको विषय बनेका बेला राजीनामा दिएर चर्चामा आउनु पनि रहेको छ । उनी जिम्मेवार विभागीय सदस्य हुन्थे भने उनले आफ्ना कुरालाई विभाग वा कुलपतिसमक्ष राख्न सक्थे । प्राज्ञिक व्यक्तिका रूपमा विभागमा राखिएका व्यक्तिले प्राज्ञिक आचरण देखाउन नसक्नु दु:खद कुरा हो ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply