एउटा राम्रो लेखक प्रजातान्त्रिक र प्रगतिशील दुवै हुन्छ ।
० नेपाली साहित्यिक बजारमा कथाकृतिहरू पातलो रूपमा आइरहेका बेला तपाईंको नयाँ कथाकृति ‘शुक्रराज शास्त्रीको चस्मा’ केही दिनपूर्व मात्रै सार्वजनिक भएको छ । कस्तो प्रतिक्रिया पाइरहनुभएको छ अहिले ?
– अहिले नेपाली कथा संकटमा छ भनेर मैले भन्दै र लेख्दै आएको छु । समर्पित ढंगमा कथा लेख्ने लेखक नै तुलनात्मक रूपमा कम छन् । नयाा लेखकहरूलाई कथा विधाले उतिसारो आकर्षित गर्न सकिरहेको छैन । धेरैको ध्यान उपन्यासले तानेको छ । यसमा पुस्तक बजारले पनि असर पारेको छ । एउटा कथासंग्रह प्रकाशन गर्दा त्यसमा पहिला प्रकाशित भइसकेका कथा पनि पर्न सक्छन् । जस्तो मैले आफ्नो कथासंग्रहमा राखेका २० कथामध्ये १६ वटा पूर्वप्रकाशित छन् । ती चारवटा कथा पनि बल्लतल्ल जोगाएर राखेको हुा । केही साहित्यिक पत्रिका, ठूला आकारका दैनिक तथा न्युज म्यागेजिनले पनि कथा छाप्छन्, तिनलाई नदिइ राखेको हुा चारवटा कथा । पहिला कतै प्रकाशित भइसकेका रचना हुनाले प्रकाशकले पनि कथा छाप्न उतिविधि मन गर्दैनन् । तर, राम्रा कथा लेख्न सक्दा बजारमा नचल्ने होइन । म मेरो नयाा कथासंग्रहको बजार चासोबाट प्रभावित र सन्तुष्ट छु ।
० आफ्नै कथाहरूका मूल्यांकन गर्नुपर्दा, ‘शुक्रराज शास्त्रीको चस्मा’भित्रका कथाहरू मानवीय मूल्य स्थापनार्थ एवं सामाजिक सरोकारका प्रश्नहरूका कत्तिको खरो ढंगले उत्रिएका छन् जस्तो लाग्छ ?
– मैले आजका मितिसम्म आफ्ना निजी घाउलाई कहिल्यै विषय बनाइना । म कतै पनि कथाको नायक बन्न खोजेको छैन । तर पनि मेरा कथाका पाठक तथा शुभेच्छुक मलाई नै मेरो कथाको नायक देख्छन् र सोध्छन्– आफ्नै कथा हो कि क्या हो !
मेरो वरिपरिको समाज, मैले भोट दिने राजनीतिक नेता र उसको पार्टी, त्यसको घोषणापत्र र कार्यशैली, किनारीकृत वा सबाल्टर्न मेरा कथाका विषय हुन् । भावुक मन न हो, कहिलेकाहीा प्रेमका विषयले पनि दिमाग रन्थन्याउाछन्– थोरै त्यो पनि लेखेको छु । तर, प्रेमकै कथामा पनि समाजको गति, परिभाषा, दिशा, विकृत तथा मांसल प्रेम तथा क्षयोन्मुख विश्वासलाई उतार्ने प्रयासमा रहन्छु । प्राकृतिक प्रकोप, राजनीतिक आन्दोलनलगायतका निकट समयका घटनाले पनि मलाई छुन्छ । मलाई आफू बााचेको समयको कथा लेख्न मन लाग्छ ।
० यो संग्रहभित्रका कुनकुन कथाहरू पाठकलाई पढ्नका निम्ति सिफारिस गर्नुहुन्छ ?
सकेसम्म विविध स्वाद दिने कथा यसमा राखेको छु । पाठकलाई यो कथा पढ्नुस् योचाहिा नपढ्नुस् भन्नु आफ्नो विचार थोपर्नु हो । म त्यो भन्न सक्दिना । भन्नैपर्दा २० वटै पढ्नुस् भनी अनुरोध गर्छु ।
० कथा लेखनमा कसरी आकर्षित हुनुभयो ? कसैको प्रेरणा वा अरू कुनै सामाजिक परिघटनाहरूले तपाईलाई लेखन क्षेत्रमा डोर्यायो ?
– देशमा मौलाएको टुच्चा राजनीति, सामाजिक विषमता, यथास्थितिवाद अर्थात् जडताको रक्षा तथा स्वार्थयुक्त व्यवस्थाले किनारीकृतको जीवन थप कष्टकर बन्न पुगेको छ । पछाडि पारिएका वर्ग र सामाजिक, राजनीतिक तथा आर्थिक शक्तिबीच निरन्तर सङ्घर्ष चलिरहेको छ । उल्लिखित सङ्घर्षमा र सबाल्टर्न वा किनारीकृत वर्ग, पहिचानको मुद्दाका साथै मान्छेलाई उत्पीडन दिने वर्गका विरुद्ध म आफ्ना कथाहरूमार्फत सक्रिय रूपमा भाग लिने प्रयासमा छु । यिनै विषयले मलाई कथा लेखनतर्फ लाग्न प्रेरित गरेका हुन् ।
० तपाईं कथाचाहिँ किन लेख्नुहुन्छ ? अरु विधाभन्दा कथामा के त्यस्तो शक्ति र प्रभाव छ ?
– सबै विधाका आ–आफ्ना सामथ्र्य छन, यदि ती स्तरीय छन् भने । अन्य विधाभन्दा कथामा मलाई बढी लगाव छ । कारण, कथा लेख्दा बढी न्याय गर्न सक्छु कि भन्ने लाग्छ । अर्को कुरा, कथा पढ्न पनि पाठकले थोरै समय छुट्टयाए पुग्छ । एकै बसाइमा कथा पढ्न सकिन्छ, तर त्यसको प्रभाव (राम्रो कथाको) उपन्यासको भन्दा कम हुादैन ।
० कथा लेखनमा नेपाली र विदेशी कथासर्जकहरूमध्ये कसबाट धेरै प्रभावित भएजस्तो लाग्छ तपाईंलाई ?
– सन् १८४२ मा प्रकाशित रुसी कथाकार निकोलाई गोगोलको ‘दि ओभरकोट’ कथा मैले झन्डै ३० वर्षअघि पढेको हुा । विदेशी लेखकको यो नै मैले पढेको पहिलो चित्ताकर्षक र सुन्दर कथा हो । आधुनिक समयको मान्छेको कथा हो । उक्त कथाको मूल पात्र एउटा गरिब कारिन्दाले विशेष समारोहमा सहभागी हुन किनेको कोट र उसको मृत्युको घटना यति जीवन्त छ कि त्यसले मलाई आजसम्म पनि रन्थन्याइरहेको छ । सायद यही कारण नै उक्त रचनालाई विश्वकथा जगत्मा अहिले पनि नयाा मानिन्छ, रूचिकर मानिन्छ, श्रेष्ठ मानिन्छ । यस रचनाको यही विशिष्टताले विधागत रूपमा कथालाई परिभाषित गर्दै मजबुत ढंगमा स्थापित पनि गर्यो ।
सोही मुलुकका आन्तोन चेखव मेरा अर्का प्रिय कथाकार हुन् । उनका राम्रा कथाहरूको सूची बनाउने हो भने त्यो निकै लामो हुन्छ । छिमेकी देशका प्रेमचन्द, शरत्चन्द्र हुादै मेरै भूमिका विश्वेश्वरप्रसाद कोइराला, पारिजात, रमेश विकल, गुरुप्रसाद मैनाली, गोविन्द गोठालेका कथा पढ्दै जाादा यस विधाप्रति मेरो आकर्षण चुलिन थाल्यो । कोइरालाको ‘मधेसतिर’ होस् वा पारिजातको ‘मैले नजन्माएको छोरो’का पात्रले मलाई निरन्तर बिथोलिरहे । धु्रवचन्द्र गौतम, भाउपन्थी, परशु प्रधान, मनु ब्राजाकी, ध्रुव सापकोटाका साथै मेरा समकालीन लेखक र नयाा पुस्ताका लेखकका केही कथा पनि मलाई औधि मन पर्छन् ।
किशोरवयमा पढेको प्रेमचन्दको ‘सद्गति’को मूलपात्रको मनोदशाले मेरा आाखा भिज्थे । त्यो कथा मैले थुप्रैपटक पढेर थुप्रैपटक रोएको छु । अफ्रिकी द्वन्द्व र राजनीतिक कथाले जसरी मेरो मस्तिष्क हल्लाएको छ, उसैगरी सआदत हसन मन्टोका राजनीतिक कथाले पनि मुटु छोएका छन् । छिमेकी देशका कुर्रतुल ऐन हैदर हुन् वा तेहमिना दुर्रानी, तिनका आख्यान जतिपटक पढ्दा पनि मेरा शरीरका रौं ठाडा हुन्छन् । मान्छे पढ्नु र कथा पढ्नु मलाई उस्तैउस्तै लाग्छ ।
० रचनामा वैचारिक प्रतिबद्धताको कुरा उठाइन्छन् । के रचनामा वैचारिक प्रतिबद्धता अनिवार्य हुन्छ जस्तो लाग्छ तपाईलाई ?
तपाईंले सोध्नुभएको प्रतिबद्धता यदि राजनीतिक हो भने मलाई त्यो वाहियात लाग्छ । म कुनै राजनीतिक दलको सिद्धान्तअनरूप कथा लेख्दिना । आजका मितिसम्म कुनै राजनीतिक दलको सदस्यता लिएको पनि छैन । लेखक सधौ प्रतिपक्षमा बस्छ, कुनै राजनीतिक दलको सदस्यता लिएर त्यही दलको लिगेसी बोक्दै हिाड्ने लेखकले कसरी युगान्तकारी वा सबैका लागि साहित्य लेख्न सक्छ ! एउटा राम्रो लेखक प्रजातान्त्रिक र प्रगतिशील दुवै हुन्छ ।
० स्रष्टाका निम्ति सामाजिक दायित्यबोध धेरै नै आवश्यक पक्ष मानिन्छ । के तपाईंले सामाजिक दायित्वबोधलाई आत्मसात् गर्दै लेखिरहनुभएको छ ?
– म जब लेख्न बस्छु, आफूलाई ठूलो जिम्मेवारीले डोर्याइरहेको छ भन्ने बोध हुन्छ । मैले सामाजिक तथा राजनीतिक दायित्वबोधबाट टाढा रहेर लेखेको छैन ।
० अग्रज पुस्ताले नयाँलाई खासै पढ्न रुचाउँदैनन् भनिन्छ । के तपाईंमा पनि त्यही प्रवृत्ति छ ? यदि छैन भने नयाँ पुस्ताका क–कसलाई पढिरहनुभएको छ अहिले ?
– जसरी अग्रजले नयाालाई पढ्न रुचाइरहेका छैनन्, त्यसरी नै नयााले अग्रजलाई राम्ररी पढिरहेका छैनन् । यो दुवै कुरा उचित होइनन् । हाम्रा अग्रजले लेखेका कतिपय साहित्य अब्बल छन् । अग्रजले बनाइदिएको बाटोलाई भत्काएर नयाा बन्न सक्दैन, नयाा पुस्ता नआई पुरानाको अस्तित्व बच्दैन । यो निरन्तर प्रक्रियामा एकले अर्कोलाई बहिष्कार वा नदेखेझंै गर्नु हानिकारक छ । म नयाा पुस्ताका साथीभाइहरूसाग अत्यन्तै नजिक रहन र तिनका रचना नियमित पढ्न रुचाउाछु । नयाा पुस्तामा सम्भावना भएका थुप्रै लेखक आइरहेका छन्, यहाा नाम लिन कसरी सम्भव होला र ! म नयाा पुस्तासाग निकै आशावादी छु ।
० कथाबाहेक अरू कुन विधामा लेख्न रुचि लाग्छ ?
– ५२ वर्षको उमेरमा आइपुग्दा ६ वटा पुस्तक लेखें । एउटा उपन्यास, एउटा कवितासंग्रह, बााकी चारवटा कथासंग्रह । २०६८ सालमा लेख्न सुरु गरेको एउटा उपन्यास पूरा गर्न सकेको छैन । दर्जनौं पटक पुनर्लेखन गर्दा पनि आफैलाई मन परेको छैन । त्यही उपन्यासलाई पूरा गर्ने वा अर्को नयाा उपन्यास लेख्ने ? त्यसको निक्र्याेल गर्न सकेको छैन ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply