जनतालाई अँध्यारो गुफाभित्र राख्न सकिँदैन
२०७३ कात्तिक ४ गते अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलनको उद्घाटन भयो । पशुपति क्षेत्रको वनकालीमा सम्पन्न उक्त सम्मेलनको पूर्वराजा ज्ञानेन्द्रले पानसमा बत्ती बालेर उद्घाटन गरे । पुगनपुग एक दशकपछि यस्तो सम्मेलनको उद्घाटन गर्न पाएकाले होलान्, उनी अति प्रफुल्लित र उत्ताउला लाग्दथे । उनको छेउमै बसिरहेकी उनकी पत्नी पनि ह‘सिली र उज्याली देखिन्थिन् । मञ्चमा एउटा भारतीय एउटा मठका ‘शङ्कराचार्य’, केही सन्त–महन्त र गेरुधारी धर्मगुरूहरू देखिए । खुला चौरमा आयोजित उक्त सम्मेलनको उद्घाटन सत्रमा हजारजति भक्तजनको उपस्थितिलाई खोट लगाउनुपर्ने कारण थिएन ।
उक्त समारोहको मञ्चबाट केही अतिथिहरूले शुभकामना मन्तव्य दिनु चलनचल्तीकै काम मान्न सकिन्छ । विश्व हिन्दु महासंघका अध्यक्षको भाषण भने विशेष उल्लेखनीय लागेको छ । उनले ज्ञानेन्द्रलाई ‘हिन्दु सम्राट’ भनेर सम्बोधन गरे । त्यस्तो बेलामा उनकी पत्नीले पनि हिन्दु साम्राज्ञीको पदवी पाउनु अस्वाभाविक भएन । यति मात्र होइन, उनले ‘श्री ५ महाराजाधिराज’ भनेर सम्बोधन गर्न पाउँदा निकै गौरवान्वित भएको बताए । साथै, उनकी पत्नीलाई ‘श्री ५ बडामहारानी’ भन्न नछुटाउनुलाई पनि स्वाभाविकै मान्न सकिने भयो । यति मात्र होइन, उनले ‘नेपाल सरकारलाई बुझाएको श्रीपेच र राजदण्ड फिर्ता लिने समय आइसकेको’ कुरासमेत ज्ञानेन्द्रसामु बिन्तिभाउ चढाउन चुकेनन् । योभन्दा अगाडि बढेर उनले आपूmहरूले हिन्दु धर्मको संरक्षण गर्नका निम्ति नेपाललाई हिन्दु राष्ट्र बनाउने प्रभावकारी आन्दोलन गर्न नसकेको कुरासमेत बताए । त्यही क्रममा साधु, सन्त र धर्मगुरूहरूका गतिविधिहरूसमेत अप्रभावकारी भएको अभिव्यक्तिसमेत बाहिर आयो । ज्ञानेन्द्रलाई ‘हिन्दुसम्राट’ बनाउने निर्णय गर्न भनेर त प्रस्तावै राख्न लाज मान्ने कुरै भएन ।
नेपालका हिन्दुवादी धार्मिक नेता र केही राजनीतिक पार्टीका नेताहरूले नेपालमा हिन्दु धर्मावलम्बी मात्र ८१ प्रतिशतभन्दा बढी भएको कुरा बताउने गरेका छन् । त्यति मात्र होइन, ओमकार परिवारको संख्या ९४÷९६ प्रतिशत छ पनि भन्ने गरेका छन् उनीहरूले । यही मिथ्यांकको कुरा गरेर नेपाल हिन्दु राष्ट्र हुनुपर्छ र शाहवंशबाट हिन्दु सम्राट हुनुपर्छ भन्ने पनि गरेका छन् । यदि यो तथ्यांक थियो भने नेपाललाई हिन्दु राष्ट्र बनाउने आन्दोलनमा किन जनसहभागिता हुन नसकिरहेको होला रु सही कुरा गर्ने हो भने नेपालमा हिन्दु हौं भन्नेहरूको खास संख्या त्यति ठूलो छैन । यो तथ्यांक त जनगणनामा खटिएका गणकहरूद्वारा अंकित गरिएको मात्र हो भन्न नसकिने आधार छैन । विगतका राजनीतिक आन्दोलनको कुरा गर्ने हो भने सानो र सचेत संख्याद्वारा सुरु गरिएर ती सफल भएका देखिन्छन् । चाहे ००७ सालको परिवर्तनको कुरा गरौं वा ०४६ सालको जनआन्दोलन या ०६२÷६३ को जनक्रान्तिको कुरा गरौं, तिनको जनशक्ति पहिला त्यति ठूलो थिएन । देश र दुनियाँप्रति ध्यानाकर्षण गर्न सफल भएको दसवर्षे जनयुद्धमा भाग लिने जनताको संख्या पनि धेरै ठूलो थियो भन्ने स्वीकृति पाएको देखिँदैन । ती सबैले जनताका पक्षमा आवाज उठाएका हुनाले मात्र पछि जनसमर्थन पाउन सकेका थिए । खोइ हिन्दु राष्ट्र बनाउने सडकमा ८१ प्रतिशत हिन्दुहरू रु खोइ ९४÷९६ प्रतिशत ओमकार परिवारका सदस्यहरूको सहयोग रु कि धार्मिक नेताहरू अरू धार्मिक माहुरीको महमा चुर्लुम्म डुबेका हुनाले यस्तो भएको हो ।
यथार्थ के हो भने जनगणनाका गणकहरूले सबैजसो नेपालीलाई हिन्दु लेखिदिने गरेको देखिएको छ । मेरो घरमा आएका गणकले पनि त्यस्तै गरेका थिए । अरू सबै विषयमा मेरो उत्तर पर्खने गरेका भए पनि धर्मको प्रश्नमा मलाई पर्खेनन् । तपाईं ‘हिन्दु नै होला नि’ भनेर लेखि दिइ हाले । ‘कुनै पनि धर्म नमान्ने भनेर लेख्नोस्’ भनेको सुनेको नसुनैझंै गरेर ‘हुन्छ सच्याइदिउ‘ला’ भनी हिँडे । यसरी मलाई पनि उनले हिन्दु बनाएका छन् । म जत्तिको दुईचार अक्षर चिनेको मानिसको त यस्तो बेहाल भयो भने निरक्षर र कमजोर नागरिकसँग त प्रश्नै नसोधी हिन्दु लेखिदिएको म आपंैmले देखेको छ । साढे ३७ प्रतिशत जति जनजातिभित्रको ठूलो संख्या हिन्दु छैन । तापनि गणकले सोध्दै नसोधि हिन्दु लेखिदिएका छन् र धर्मका बारेमा जानकारी नै नभएका देशका आधाभन्दा बढी जनताको नामको पछाडि पनि हिन्दु नै लेखिदिएका छन् । अरू धर्ममा आस्था राख्ने सर्वसाधारण नागरिकलाई पनि हिन्दु लेखिदिएको कुरा सत्य ठहरिएको छ ।यसरी बनाइएका हिन्दुहरूलाई हिन्दु धर्मको संरक्षण गर्ने भनिएको विषयस‘ग केको साइनो होस् र नेताहरूले बोलाउ‘दा धार्मिक आन्दोलनमा आऊन् ।
हिन्दु नेताहरूले मागेको ‘जनमतसंग्रह’ गरिदिए हुन्छ, सरकार १ यसबाट मात्र हिन्दुधर्मालम्बीहरूको सही तत्थ्यांक आउन सक्छ । अनि त यो कचकचले सदाका लागि विश्राम लिनेछ । अहिले देश धर्मनिरपेक्ष भएको छ । यो लोकतन्त्रको सुन्दर अनुहार हो भन्ने बुझ्न अप्ठ्यारो मान्नुपर्ने कुनै कारण देखिँदैन । जनताका सबै धार्मिक आस्थाप्रति राज्यको समभाव रहनु धर्मनिरपेक्षताको सार हो । लोकतन्त्रको मूल विशेषतामध्ये मुख्य विशेषता मानिएको छ यसलाई । यसको अर्थ हो राज्यले कुनै एउटा धर्मको पक्ष लिएर अरू धर्ममाथि थिचोमिचो गर्न मिल्दैन । धार्मिक स्वतन्त्रता नागरिक स्वतन्त्रतास‘ग जोडिएको छ । नेपालमा सबै धर्मले लोकतन्त्र प्राप्त गरेका छन् । हिन्दुहरूले पनि के बुझ्नुपर्छ भने आप्mनो धर्मको संरक्षण र विकास आपंैmले गर्नुपर्छ । पुलिस, सेना र सरकारद्वारा एउटा धर्मको पक्ष लिने सामन्ती युग समाप्त भइसकेको छ । सत्ताका भरमा सेना र पुलिशको शक्तिको आधारमा हुर्केको हुनाले हिन्दू धर्मका खुट्टा भर्खर जन्मेका कडुवाकाजस्ता लुला हुन गएका हुन् । पुरानो मानिएको धर्मको यो बेहाल हुनुमा ‘सम्राट’कै योगदान रहेको छ । आप्mनो रक्षा गर्न चाहने हो भने सबै धर्महरूले आपंैm जुडो, करॉते, बक्सिङ, कुङ फुजस्ता तालिमद्वारा शक्तिशाली हुनुपर्छ । यो काम पूरा गर्ने भनेको आपैंmभित्रको आन्तरिक शोषण, सामाजिक विभेद, अन्धविश्वास र असान्दर्भिक पक्षलाई निर्ममतापूर्वक तिरस्कार गर्न सक्नु हो । अनि मात्र आपूm पहलवान हुन सकिन्छ । तब मात्र आप्mना मान्छेले धर्म परिवर्तन गरे भनेर रोइरहन पर्ने छैन । अन्यथा आप्mना भनिएका सदस्यहरूले धार्मिक परिवर्तन गर्दा टुलुटुलु हेरेर बस्नु धार्मिक नेताको नियति हुन गइरहने कुरा सुनिश्चित छ ।
आपूmले धर्मको संरक्षण गर्ने हुति देखाउन नसकेर ‘सम्राट’ खोज्नु आप्mनै विध्वंशलाई निम्त्याउनु हो भन्ने बुझ्न आवश्यक छ । अब धार्मिक सत्ता सञ्चालन गर्न सम्राट आउन सक्ने जमाना बितिसकेको छ । अब नेपालमा न राणातन्त्र आउन सक्छ न राजतन्त्र ब्युँतने सम्भावना छ । लोकतन्त्रले जनतालाई यति सचेत बनाइसकेको छ कि अब उनीहरूलाई धार्मिक वा राजतन्त्रात्मक कुनै पनि अ‘ध्यारो गुफाभित्र हुल्न असम्भव छ ।
नेपालका हिन्दु धार्मिक नेताहरूले साउदी अरेबियाको धार्मिक राजतन्त्रको उदाहरण दिएर पनि श्रीपेच र राजदण्ड ‘फिर्ता लिने बेला’ भएको कुरा बताएका छन् । यस विषयमा चिन्तन गर्दा के भेटिन्छ भने साउदीले हत्यारा राजकुमारलाई समेत मृत्युदण्ड दिएको कुरा स्मरण गर्दा ठीक हुने लाग्छ । नेपालको शाहवंशीय राजतन्त्रले त्यस्तो व्यवस्था गरेको भए ज्ञानेन्द्रलाई उहिल्यै मृत्युदण्ड दिनुपर्ने देखिन्छ । नेपालमा नमिता–सुनिताजस्ता सयौं बलात्कार र हत्या काण्डहरूमा मात्र होइन वीरेन्द्रको वंशनाश भएको हत्याकाण्डमा पनि जनताले ज्ञानेन्द्रलाई ललकारिरहेका छन् । आपूmले नारायणहिटी छाड्ने दिन, यो कुराको गुनासो ज्ञानेन्द्र आपैंmले पत्राकार सम्मेलन गरेर गरेको कुरा सर्वविदितै छ नि ।
कम्बोडिया र बेलायतको उदाहरण दिएर पनि ज्ञानेन्द्रका हनुमानहरू राजतन्त्रको पुनःस्थापना हुने स्वप्नमा डुबेका छन् । यिनै घटनाको संस्मरण गर्दै ज्ञानेन्द्र पनि ¥यालमा डुबिरहेको नदेखिएको होइन । ती देशमा राजतन्त्र ढलेको समयमा पनि राजाहरूको लोकप्रियता नघटेका कारण पुनःस्थापना सम्भव भएको थियो । नेपालमा ज्ञानेन्द्र र उनको सामन्ती वंश जनताबाट तिरस्कृत छ र घृणाको वस्तु भएको छ । यसलाई नेपाली सचेत जनताले स्वीकार गर्ने कुनै सम्भावना देखिँदैन । अझ सामन्ती धर्मवादीहरूको काँध चढेर फर्कने कुरा त सोच्न सकिने विषय नै होइन ।
बहुदलीय प्रजातन्त्र र लोेकतान्त्रिक गणतन्त्रले देशलाई अग्रगति दिन सकेन भन्ने आरोप लगाइने गरिएको छ । यसमा सत्यताको अणुसमेत नभएको कुरा बोलेर पक्ष लिन आवश्यक पनि देखिँदैन । तर, यसकै नाममा राजतन्त्रको पुनःस्थापना गर्न नेपाल तयार नभएको कुरा डुब्दै गएका बूढाहरूले बुझे हुन्छ । ०४६ र अहिलेको तुलना गरेर हे¥यो भने सबै कुरा प्रस्ट हुँदैन भन्ने लाग्दैन । यातयात, शिक्षा, सञ्चार, मानव संशाधन, विद्युत्, कृषि, पर्यटन, औषधोपचार, शक्ति विकेन्द्रीकरण, जनचेतना, निरपेक्ष गरिबी, बालमृत्युदर, सरदर आयु रोजगारी आदि क्षेत्रको तुलना गर्न नसकिने कुरा भएन । २५ वर्षमा भएको प्रगतिको तुलना गर्दा नकारात्मक रूपले नै सोच्नुपर्छ जस्तो लाग्दैन । त्यतिबेला र अहिलेको घोषित बजेट र जनताले पाएको अधिकारमाथि मात्र छलफल गर्ने हो भने पनि धेरै कुरा स्पष्ट हुन सक्छ । शाह वंशले वर्तमान नेपालमा २ सय ५० वर्षभन्दा बढी समय शासन गर्न पाएको थियो । देश डुब्नु र जनता रैती हुनुबाहेक केही पनि हुन सकेन त्यतिबेला । वर्तमान आर्थिक विकासको गतिमा चाहेअनुसारको शक्ति प्राप्त हुन नसकेको भए पनि पश्चात्ताप मात्र गरेर रोइरहनुपर्ने स्थिति छ जस्तो भने लागेको छैन । नेपालीहरू विदेशी हस्तक्षेप र सामन्ती चिन्तनबाट मुक्त भएर काम गर्दा यो गतिले अरू ठूलो शक्ति प्राप्त गर्न सक्छ भन्ने कुरामा विश्वास गर्न सान्दर्भिक लाग्छ ।
नेपाल हिन्दुराष्ट्र हुन नसक्नुको जिम्मा हिन्दु धार्मिक नेताले नै लिनुपर्छ । तपाईंहरूले आप्mनो जमानामा जनतामाथि निरङ्कुशता लाद्नुभयो । उनीहरूलाई लोकतान्त्रिक अधिकार दिने महान् चिन्तनले तपाईंहरूभित्र प्रवेश पाउन सक्ने कुरै भएन । अहिले त तपाईंहरू धर्मरक्षाका निम्ति भनेर तिरस्कृत र घृणित वंशलाई सम्राट बनाएर अरूमाथि निरंकुशता लाद्ने दुराशा गरिरहनुभएको छ भने हिजो के गर्नुभएको थियो रु ज्ञानेन्द्रका आदेशमा हिन्दु मन्दिरका सारा पुराना मूर्ति र पुस्तकादि पुराताŒिवक महŒवका वस्तुहरू चोर्ने र पश्चिमा क्रिस्चियन सम्पन्नताका हातमा बेच्ने भरिया त तपाईंहरू नै हुनुहुन्थ्यो । ज्ञानेन्द्र र तपाईंहरू मन्दिरमा ‘दर्शन’ गर्न गएको देख्दा पुजारीहरू तर्सेर आतंकित भएका घटना सर्वत्र देख्न पाइन्थ्यो । अनि तपाईंहरूबाट हिन्दु धर्मको संरक्षण हुन सक्छ भनेर जनताले कसरी विश्वास गर्न सक्छन् ?
अब देश न हिन्दु राष्ट्र हुन सम्भव छ न ज्ञानेन्द्र र उनको वंश हिन्दु सम्राट नै १ देश लोकतन्त्र गणतान्त्रिक र धर्मनिरपेक्ष राज्य भइसक्यो । यसलाई संघीयताबाट पछि हटाउन पनि असम्भव भइसक्यो । तपाईंहरूका निर्मम अवरोधहरूलाई विध्वंस गरेर जनता अगाडि बढिसके । जनताले यस्ता उद्घाटन कार्यक्रम गर्न खोज्दा तपाईंहरूले आमहत्या गरेका घटना जनताले बिर्सेका छन् भन्ने ठान्ने भूल नगर्नुमै श्रेयष्कर छ । अहिलेको लोकतान्त्रिक गणतन्त्रले आप्mनै सत्तोसराप गर्ने तपाईंहरूका उद्घाटन समारोहलाई पनि उत्साहित र सुरक्षित गर्न राज्यको शक्ति लगानी गरिरहेको छ । अब यसकै उपभोग गर्दै राष्ट्र निर्माणमा अगाडि बढ्नु समयको माग भएको कुरा बुभ्mन सके राम्रो हुने थियो ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply