हाम्रा प्रतिभाहरूले बब रोज्ने कि नइ ?
भनिन्छ, हलेदोलाई चिनेपछि कोट्याउनु उपयुक्त ठानिँदैन । तर, नेपाली भाषा, साहित्य, वाङ्मयको विकासमा पहरा नै फोरेको ठानिने एउटा साहित्यिक संस्थाले केही दिनअघि नेपाली संस्कृतिका ज्ञाता शताब्दी–पुरुष सत्यमोहन जोशीको नाममा सयौं पुरस्कार र पदक वितरण गरेपछि पुनः एकपटक हलेदोलाई कोट्याउनैपर्ने भएको छ । सर्वज्ञात नै छ, हलेदोलाई कोट्याएपछि त्यसले फ्ँयाक्ने गन्ध अति नै कडा हुन्छ ।
भाषा, साहित्य, संस्कृति, कला, नाट्य इत्यादि क्षेत्रमा लाग्नेहरूले तत्तत् विधालाई व्यवसायका रूपमा स्विकार्दैनन् भन्ने आम भ्रम छ, हामीकहाँ । हुन पनि हो, साहित्य सेवा गर्छु भन्नेहरूका लागि साहित्य लेखन अझै पनि एउटा रुखो विधा हो । तर, हामीकहाँ दुई परस्पर विरोधी धारणा मौजुद छ । एकथरीले साहित्यलाई अनुत्पादक ठान्छन् । साहित्यले राष्ट्रिय अर्थतन्त्रमा कुनै योगदान नगर्ने भएको हुँदा यस्तो धारणा बन्नु स्वाभाविकै हो र साहित्य लेख्नेहरूको दरिद्र अवस्था देखेर पनि यस्तो धारणा बन्न पुगेको हुन सक्छ । तर, अर्कोथरीले भने साहित्यलाई उत्पादनमूलक बनाउँदै पनि आएका छन् । साहित्यरूपी उर्वर जमिनमा विभिन्न बालीनालीहरू उमार्दै आउनेहरू पनि हामीकहाँ छन् । जसको श्रेय दिनुपर्छ, नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसार्इंलाई । अर्थात्, नइ जोडीलाई ।
प्रसाईं दम्पतीले पचासको मध्य दशकदेखि नै नेपाली भाषा, साहित्य, वाङ्मयका लागि भूपालमानसिंह कार्की, सीताराम प्रसाईंदेखि अरू महान् विभूतिहरूका व्यक्तित्व र कृतित्वलाई आधार बनाएर विभिन्न किताब निकाल्दै वाङ्मयको सेवा गर्दै आएका छन् । समाजमा केही उल्लेख्य काम गरेका व्यक्तिहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउन उनीहरूले गरेका प्रयत्नलाई मान्नैपर्छ । किनकि, हामी बाँचिरहेको समाज र समय यति धेरै कृतघ्न छ कि अरूका कृतित्व र व्यक्तित्वलाई पर्दा बाहिर ल्याउनै चाहँदैनन् । यो संकुचित मानसिकताको उपज हो । तर, नइ दम्पतीले भने आफ्नो संकुचितताको पर्दालाई पुरै फाँडेर समाजमा उत्कृष्ट कार्य र सेवा गरेका महानुभावहरूलाई सतहमा ल्याउने सत्कार्य गरेका छन् ।
वास्तवमा, नइ दम्पतीमा अद्भूत क्षमता छ । यस्तो क्षमता न नेपाल प्रज्ञा–प्रतिष्ठानले राख्न सक्छ, न त समस्यामा अल्झिरहेको साझा प्रकाशनले नै राख्न सक्छ । नेपाली संस्कृति र वाङ्मय क्षेत्रमा सत्यमोहन जोशीको जति उचाइ अरूको सायदै होला अहिले । तर, उनको नाममा पदक दिलाउने सत्कार्य न त नेपाल प्रज्ञा प्रतिष्ठानले गर्न सक्यो, न त साझाले नै । वा, न त अरू साहित्यिक भनाउँदा संस्थाहरूले नै गर्न सक्यो । तर, नइ दम्पतीकै हातमा रहेको एउटा निजी संस्था अर्थात् त्रिमूर्ति निकेतनले सत्यमोहनलाई ‘हिरो’ मात्र बनाएन, उनलाई युगौंसम्म स्थापित तुल्याउने पदक स्थापना गरेर, करिब अढाइ सय साहित्यकर्मीहरूलाई लस्करै उभ्याएर पुरस्कार दिई नेपाली साहित्यको विकासमा उनीहरूले अद्वितीय खेल नै खेले । एकेडेमीका कुलपति गंगाप्रसाद उप्रेती र साझाका अध्यक्ष डोलिन्द्रप्रसाद शर्माले के हेरेर बसे होलान्् भन्ने प्रश्न उब्जिन्छ ।
नइलाई नेपाली वाङ्मय क्षेत्रमा लाग्ने केही मानिसहरूले टेढो नजरले हेर्छन् । तर, त्यो क्रम उनीहरूले विभिन्न व्यक्तिका नाममा स्थापना गरेका पुरस्कार नपाएर मात्रै हो भन्ने सहज रूपमा बुझ्न सकिन्छ । पुरस्कार पाएपछि टेढो नजरलाई सीधा र चोखो नजरले हेर्न थालिहाल्छन् । यस्तो प्रवृत्ति नइ पुरस्कारका सन्दर्भमा मात्र लागू हुने विषय होइन । मदन वा अरू पुरस्कारहरूमा पनि यही प्रवृत्ति कायम छ ।
अन्त्यमा, एउटा फरक सन्दर्भ । अमेरिकी गायक बब डिलनले यो वर्षको नोबेल साहित्य पुरस्कार पाए । विश्वकै सर्वोच्च पुरस्कार पाउँदा उनले कसैसँग पनि खुसीको अनुभूति साटेनन् । न त सुरुका दिनहरूमा नोबेल साहित्य पुरस्कार नै स्विकारे उनले । भनिँदै छ, नोबेल पुरस्कार वितरण समारोहमा पनि उनको उपस्थिति हुने छैन । कस्तो अचम्मको कुरा ? एउटा गायकले साहित्यतर्फको विश्वकै ठूलो पुरस्कार पाउँदै छन्, तर पुरस्कार वितरण समारोहमा उनको उपस्थिति रहनेछैन ।
यता, डिलनको जत्तिकै वा अझ त्योभन्दा पनि माथि उचाइ भएका हाम्रा सत्यमोहन जोशीको नाममा पुरस्कार र पदकहरू राखिए र करिब अढाइ सयजतिलाई जोशीको नाममा राखिएको पदक पनि बाँडियो । तर, सबैजनाले लस्करै, जन्ती हिँडेझैं हिँडेर पुरस्कार थापे । अब एउटै प्रश्न उब्जिएको छ, नइ पुरस्कार थाप्ने हाम्रा प्रतिभाहरूले अब बब डिलनलाई रोज्ने कि नइलाई रोज्ने ? सुरुमै भनें, हलेदोलाई चिनेपछि कोट्याउन उपयुक्त ठानिँदैन । तर, अब हलेदोजस्तो तीतो चिज रोज्ने कि भीरमौरीको मह रोज्ने ? योे त्रिमूर्तिका नाममा सत्यमोहन जोशीको नाममा पुरस्कार थाप्न लर्को लाग्नेहरूले नै रोज्ने र पहिल्याउने विषय हो भन्नु उपयुक्त होला प्रदीप ज्ञवालीका नजरमा यस्ता छन् संविधान संशोधन प्रस्वाव असफल हुने तीन कारण
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply