सपना देख्नेहरूका लागि…
के कुनै किताब आकारगत हिसाबले बाक्लो हुनेबित्तिकै त्यसको महत्ता पनि त्यति नै हुन्छ ? यस्तो लाग्न सक्छ । तर, होइन । कुनै यस्ता किताबहरू पनि छन्, जसको आकार नितान्त दुब्लो, पातलो छ । तर, उक्त किताबले यति धेरै गहन सन्देश, मार्गनिर्देशन र वाणी दिन्छ, हजारौं पेजका अरू किताबहरूका तुलनामा त्यो किताबको उचाइ कति हो कति माथि देखिन्छ ।
आत्मविकास निर्माण र वृद्धिका निम्ति प्रयत्न गर्नेहरूका लागि लघुकाय एउटा किताब छ । त्यो हो, विन्स पसेन्टेले लेखेका ‘द एन्ट एन्ड द इलिफेन्ट ।’ यो एउटा यस्तो किताब हो, आत्मविकासका लागि छटपटाउनेहरूका निम्ति उक्त किताब सञ्जीवनी बुटी नै साबित हुनेमा सन्देह देखिँदैन ।
लघु आकृतिको उक्त पुस्तक एउटा नीतिकथाको गोरेटो ह“ुदै अघि बढ्छ र त्यही आधार पक्रेर आत्मविकासका लागि बेजोडको ऊर्जा र जागृतभाव जगाइदिन्छ । पुस्तक अध्ययनमा रुचि राख्नेहरूले आत्मविकास वृद्धि गर्ने सकारात्मक सोच भएका पुस्तकहरू प्रायः अध्ययन गर्दछन् नै । त्यस्ता पुस्तकहरू पढेर अधिकांश मानिसहरूले आगामी मार्गनिर्देशका लागि सफलता पनि बटुल्छन् र जीवनमा उत्पन्न हुने असफलता, तनाव वा अन्योलहरूलाई आफ्नो क्षमताअनुसार किनारा लगाउने प्रयत्न पनि गर्दछन् ।
पसेन्टेको लेखन–कला अद्भूतकै छ र लघु आकारमा नै उनले आत्मविकासको अभावमा तड्पिरहेका मानिसहरूलाई एउटा स्पष्ट दिशा औंल्याइदिन्छन् । यस्ता कला थोरै मानिसमा मात्रै हुन्छन् । अझ कतिपय मानिसहरूमा त यस्तो कलाको बाहुल्य हुन्छ, उनीहरूले अरूलाई निर्माणको दिशातिर होइन, ध्वंसको दिशातिर बढ्न हरेक समय र सन्दर्भमा उत्प्रेरित गरिरहेका हुन्छन् ।
पसेन्टे भन्छन्, ‘जिन्दगी एउटा सार्थक यात्रा हुनुपर्दछ, तर जिन्दगी बा“च्ने युद्ध मात्र हुनुहु“दैन ।’ हरेक मानिसले आफ्नो जिन्दगीलाई सार्थक नै तुल्याउन खोज्छन्, सार्थक तुल्याउने अभ्यास र अभ्यर्थनामा मानिसले कति हुन्डरीहरूको सामना गर्नुपर्दछ, कति लाजगालको नजिक पर्नुपर्दछ र कति धेरै पापड पेल्नुपर्दछ । एउटा मानिसको जिन्दगीका पानाहरू पल्टाउने हो भने त्यसको लेखाजोखा सायदै होला । तर पनि मानिसले जीवनलाई सार्थक तुल्याउने अभ्यास जारी नराखे पनि रंगीचंगी सपना भने निश्चय नै बुन्ने गर्दछन् । सपनाबाटै भए पनि जीवनलाई सार्थक तुल्याएको मनचिन्ते अभिनय गर्दछन् ।
पसेन्टेको विचार छ, ‘डरलाई आफ्नो मित्र बनाऊ, त्यसलाई कहिल्यै पनि मालिक नबनाऊ ।’ डर एउटा अद्भूतको कुरा हो । जुन व्यक्तिले डर पाल्दै हि“ड्छन्, उसले जिन्दगीमा केही पनि प्रगति गर्न सक्दैन । डरका कारण उसले कति ठूल्ठूला सम्भावनाहरूलाई बेसहारा नै छोडिदिन्छन्, कुनै एकलास गोरेटोमा । र, त्यसलाई कसैले पनि स्वीकृत नजरले हेर्दैन । डरले जोखिमको मूल्य पनि बुझ्दैन र अग्रगतिको कुरा पनि चुहाउ“दैन । तसर्थ पसेन्टेलाई डरदेखि घृणा छ र ऊ सदैव डरप्रति कृतघ्न रहन चाहन्छ ।
पसेन्टेका केही शब्दहरूले मन र मस्तिष्कलाई यति झंकृत पार्ने क्षमता राख्दछ, त्यति झंकृत त अरू कुनै पनि पदार्थलाई स्पर्श गर्दा महसुस ह“ुदैन, न त कुनै शब्द, कुनै गन्ध वा कुनै स्पर्शले नै पार्दछ । ऊ भन्दछ– ‘मेरो कोसिस नै मेरो संघर्ष हो ।’ उनले संघर्षलाई विपरीत रूपले परिभाषित गरेका छन् । सायद अरूले भए, आफ्नो कोसिसलाई नै संघर्षको विशिष्ट रूप ठान्दथे ।
उनी माक्र्सवादी होइनन् । तर, उनका विचारहरू माक्र्सवादका धुरन्धर पण्डितहरूका भन्दा फरक र वजनहीन छैनन् । उनी भन्छन्– ‘द्वन्द्वविना विकास सम्भव छैन ।’ तर, सबभन्दा महŒवपूर्ण कुरा के हो भने द्वन्द्व आफंैभित्र हुन्छ । आन्तरिक द्वन्द्वले हामीलाई आफ्नो जिन्दगीलाई परिवर्तन गर्ने शक्ति प्रदान गर्दछ । आफूभित्रको समस्या पत्ता नलगाईकन अरूको समस्या पत्ता लगाउनु मुस्किल हुन्छ । नभए आफ्नो आङको भंैसी नदेख्ने र अरूको आङको जुम्रा देख्ने समस्या प्रभावकारी हुन्छ । प्रायजसो मानिसहरू अहिले त्यही दिशामा नै अगाडि बढिरहेका छन्, उनीहरू आफ्नो आङको ३ सय केजीबराबरको भैंसीमाथि दृष्टिपात गरिरहेका छैनन्, अरूको आङको सियोको टुप्पोमा अटाउने जुम्रा देखाएर खिसी र व्यंग्यका शब्दहरू छरिरहेका छन् । र, त्यसैमा आफ्नो सफलताको मापन गरिरहेका छन् । त्यस्ता मानिसहरू भूपि शेरचनको चर्चित कविता हामीभित्रका पात्रजस्तै प्रकटित भइरहेका छन् ।
‘द एन्ट एन्ड द इलिफेन्ट’ लाई ओखरको गुदीसँग दाँज्नु अन्यथा नहोला । थोरै नै हुन्छ, ओखरको गुदी । तर, त्यसले दिने ऊर्जा र स्वाद भने बेजोड नै हुन्छ । आखिर, अरू कुनै चिज एक थाल खानुभन्दा ओखरका केही गुदी खाए पुग्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply