‘जोकर’भन्दा अलि माथि – विवश वस्ती
ओराल्ने एवम् टिकट च्यात्नेसम्मका जागिर पाएका उनले अहिले पनि दुई जना अद्भूत यात्रुलाई पटक्कै बिर्सन सक्दैनन् । ती यात्रुहरू थिए– निर्मल लामा र गोविन्दनाथ उप्रेती ।
त्यतिबेला भक्तपुरतिर बस्ने निर्मल लामा वामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व थिए । उनी त्रिपुरेश्वरबाटै ट्रलिबस चढ्थे । तर, ट्रलिबस चढ्नुअघि उनी त्यही कन्डक्टर भएकै ट्रलिबस कुरेर बस्थे । यो लामाको दिनचर्याको एउटा हिस्साजस्तै थियो । प्रायजसो बसको पछिल्लो सिटमा बस्ने लामालाई ती कन्डक्टरले भाडा लि“दैनथे । उनलाई लाग्थ्यो, देश र जनताका लागि परिवर्तनको दिशातिर उन्मुख यी मनुवासित भाडा लिएर के पुरुषार्थ देखाउनु † हुन पनि उनले लामासित कहिल्यै भाडा लिएनन् ।
अर्का यात्रु गोविन्दनाथ उप्रेती त लामाभन्दा बिल्कुलै, एक सय असी डिग्रीकै भिन्न स्वभाव र प्रवृत्तिका थिए । पञ्चायतकालमा सरकारी उम्मेदवारले मात्र चुनाव जित्ने परिपाटीलाई भत्काएर काभ्रेपलाञ्चोकबाट राष्ट्रिय पञ्चायतमा छिरेका उप्रेती उग्र, जण्ड र विद्रोही पाराका थिए । तत्कालीन व्यवस्थासित जुधेर जनताका काम फत्ते गर्न सिपालु उप्रेतीलाई त्यही कारण पनि जनताले रुचाएका थिए । कोसीपारि र तिमाल क्षेत्रका जनजातिलाई कसरी हातमा लिए चुनाव जित्न सकिन्छ भन्ने कलामा पनि उनी पारङ्गत थिए । हो, तिनै जण्ड उप्रेती पनि ट्रलिबसका नियमित यात्रु थिए । ट्रलिबसमा चढ्नेबित्तिकै उनी बत्तुराउन थालिहाल्थे । र, कन्डक्टरलाई रत्तिभर देखी सह“दैनथे । एकदिन उनले यात्रुहरूसित भाडा बटुल्दै टिकट दिइरहेका बेला उप्रेतीले अलि बढी नै ¥याक गरे । उनलाई पनि नमीठो झोंक चल्यो र हातमा रहेको दुई गढ्ढा टिकट उप्रेतीलाई सुम्पि“दै भने– ‘लौ, यी सबै टिकट तपाईं नै राख्नुस् ।’ उनको व्यवहारले उप्रेती छक्क परे र भोलिपल्टदेखि ट्रलिबसमा चढ्दा बत्तुराउने उप्रेतीको बानी पनि छुट्यो ।
ती दुई यात्रुलाई आजका मितिमा पनि स्मरण गरिरहने पूर्वकन्डक्टर अर्थात् अहिलेका चर्चित हास्य–चेहरा नारद खतिवडा ती दिनहरू सम्झि“दै भन्छन्– ‘हामीले यात्रुहरूलाई टिकट दिनु एउटा औपचारिकता पूरा गर्नु मात्रै हुन्थ्यो । दिनमा यति रकम बुझाउने भनेर ठेक्काजस्तै थियो । त्यसैले टिकटसित कुनै सरोकार नै थिएन । तर, गोविन्दनाथ उप्रेतीलाई सिङ्गै दुई गढ्ढा टिकट दिएपछि त उनले हामीमाथि लगाउने लाञ्छना भने लगाउनै छाडे ।’
समयक्रममा उनी क्यारिकेचर र व्यङ्गात्मक गीत गाउने गन्धर्वका रूपमा चिनिए । र, अहिलेसम्म पनि त्यही चिनारीमै आबद्ध छन् । जीवन संघर्षका अनेकन् पलहरूसित परिचित खतिवडा मूलतः सामाजिक जीवनका पर्खालमा टा“सिएका विसङ्गत पोस्टरहरू च्यात्न रुचाउ“छन् । उनका हास्य–गीतहरूले विशुद्ध मनोरन्जनमात्र प्रदान गर्दैनन्, चेतना प्रवाह गर्नुका साथै सचेतनताका पनि उत्तिकै हिमायती गर्छन् । पारिवारिक उल्झनहरू, समाजभित्रका बेथितिहरू, राजनीतिक खिचातानी र आक्रोशका साथै सांस्कृतिक परिदृश्यहरू समेत उनका आफ्नै खाले स्वरमा समेटिन्छन् । तर, उनले अहिलेसम्म एउटा गायकको होइन, हास्यकर्मीको पहिचानमात्र भिर्न पाएका छन् र त्यसमै सन्तुष्ट छन् ।
उनको सीमितता हास्य–खुराक पस्किनेमा मात्र छैन । त्यसो त, उनको आफ्नै जीवन बा“च्ने शैली छ । खासगरी, रफ टाइपको जिन्दगी वा शैली बिताउनेहरूका निम्ति उनी सन्दर्भ–सामग्री हुन सक्छन् । एक्काइसौं शताब्दीको टिपटपयुक्त समयमा उनको शैली भने नितान्त रफ नै छ । अन्यथा रूपमा नहेर्दा, उनले आफ्नो रफ शैलीमा रफू भर्ने काम यति सौहार्द, सानदार र सुरुचिपूर्ण ढंगले गर्दछन् कि, अरू महान् पात्रहरू पनि उनको रिझाउने शैलीप्रति शतप्रतिशत नतमस्तक हुन्छन् ।
उनको जनसम्पर्क शैली झनै लोभलाग्दो छ । देशका प्रधानमन्त्रीदेखि एउटा सामान्य तरकारी पसलेसम्म उनको पहु“च छ । एक सा“झ उनलाई कोटेश्वरको खुला तरकारी पसलमा भेटि“दा उनी किन्दै थिए– अलिकति साग, गा“जर, लसुन र धनिया । लोडसेडिङले पिरोलेको त्यस सा“झ उनी तत्तत् सब्जीहरू २० मिमिको प्लास्टिकको झोलाभित्र घुसार्दै गर्दा साहुजी पनि छक्क परेका थिए । र, सायद मनमनै भनिरहेका थिए होलान्–‘यसले यति थोरै सब्जी किनेर भान्सामा प्रदर्शन गर्नका लागि त लगेका होइन होला †’
कोटेश्वर एरियाका मासु पसलेसित पनि उनको सौहार्द दोस्ती छ । एउटै बगलका तीन चारवटा मासु पसलेहरू उनको अनुहारसित परिचित छन् । भन्छन्– ‘नारद दाइ, तपाईं के लैजाने ?’ उनी मान्छे चिन्न खप्पिस छन् । मासुका राम्रा आइटमहरू खोज्दै हि“ड्छन् र आफूलाई जहा“ मन पर्छ, त्यही तौलिन लगाउ“छन् । यदि मासु मन परेन भने उनी यसरी भने कुर्लिंदैनन्– ‘ए, मासु साउ पसल खोलन हो…।’
सर्लाहीको भावर गाउ“ लालबन्दीदेखि नै कला–यात्रा अ“गालेका खतिवडा कहिलेकाही भने अन्यत्रै मन डुलाउन माहिर छन् । एक पटक त उनी एमालेको युवा संघको राजनीति गर्न पनि हौसिए । तर, सफल भएनन् । राजनीति गर्न तम्सिने कलाकर्मीहरू नराम्ररी असफल भएको बग्रेल्ती उदाहरण देख्दादेख्दै त्यसरी हाम्फाल्नु उनका निम्ति एकखालको ‘जोक’ नै थियो । हरेक मान्छे एउटा एउटा कमजोरी पालेर बा“चेका हुन्छन् । उनमा पनि त्यस्ता कमजोरीहरू छन् । प्रायजसो कलाकर्मीहरूले नै अ“गाल्ने गरेका कमजोरी उनका कमजोरीको सूचीमा आबद्ध छन् । अर्थात्, मदिरा–पे्रमलाई उनले राम्ररी नै समातेका छन् । अधिकांश कलाकर्मीको जीवनको अन्त्य त्यही जिनिसले मेटेको रहस्य बुझ्दाबुझ्दै पनि उनी हरेकजसो सा“झलाई, औकातले भ्याएसम्म रमझम नै पार्न चाहन्छन् ।
तर, यस्तै अनेक आरोह–अवरोहका बीच र धेरै समयको अन्तरालपछि भने उनले फेरि कमेडी गीतहरू पस्कि“दैछन् । यस पटकका उनका कमेडी गीतहरू भने विगतका भन्दा बिल्कुलै फरक छन् । त्यसले उनलाई ‘जोकर’ भन्दा केही माथि उचालेको पुष्टि हुन्छ । पारिवारिक, सामाजिक विसंगतिहरूमाथि बर्बर रूपमा खनिने उनी अब भने राष्ट्रिय मुद्दाहरूलाई समात्न पनि इच्छुक देखिएका छन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply