नया सभासद्लाई दर्जन टिप्स – सुवास नेम्वाङ (सन्दर्भ सामग्री पढेर आउनुहोस्)
सभासद्हरूले संविधानसभा नियमावली, व्यवस्थापिका–संसद् नियमावलीलाई राम्रोस“ग पढेर ती नियमहरूलाई व्यवहारमा उतार्नुपर्छ । यसलाई जति राम्रोस“ग व्यवहारमा प्रयोग गर्नसक्यो, त्यति राम्रो सभासद् बन्न सकिन्छ । यो नियममा सभासद्लाई के–कति अधिकार प्राप्त छन्, सभासद्ले के बोल्न सक्नुहुन्छ, कसरी संसद् संविधानसभामा प्रस्तुत गर्न सक्नुहुन्छ, त्यसका बारेमा नियमावलीमा व्यवस्था छ । अर्को नियमावली बन्ने, परिमार्जन गर्ने सिलसिलामा एउटा समिति बनेको छ । तर, बनेर पास नहु“दासम्म अहिलेको जुन नियमावली छ त्यसैलाई अहिले हामीले अनुमोदन गरेका छौं । त्यसैले त्यो नियमावलीलाई राम्रोस“ग अध्ययन गर्नुहोस् । त्यो नियमावलीअनुसार संविधानसभामा सत्तापक्ष, विपक्ष भन्ने हु“दैन, सभासद् मात्र हुन्छन् । तर, संविधानसभामा गर्ने कामहरू, प्रस्तुत हुने तरिकाहरूका बारेमा त्यहा“ उल्लेख छ । व्यवस्थापिका–संसद्का सत्तापक्ष पनि हुन्छ, विपक्ष पनि हुन्छ । मन्त्रीहरू हुन्छन् । त्यहा“ कसरी प्रस्तुत हुने भन्नेबारेमा पनि नियमावलीमा व्यवस्था छ ।
दुईथरि समयको ख्याल गर्नुहोस्
संसद्मा दुई किसिमका समय हुन्छन् । एउटा पार्टीको समय, अर्को सांसदको समय । सांसदले आफ्ना कुरा आफूखुसी राख्न पाउने समय हुन्छ । उदाहरणका लागि शून्य समय । त्यसैगरी, अरू कतिपय विषयहरू हुन्छन, जसमा सांसदले आफ्नो नाम लेखाएर बोल्न पा“उ“छन् । त्यसमा पार्टीस“ग अनुमति लिइराख्नु पर्दैन । तर, कतिपय समय भनेको पार्टीको समय हुन्छ । बोल्ने सांसदले नै हो तर त्यो सांसदले बोल्ने समय पार्टीले उपलब्ध गराउ“छ । उदाहरणका लागि विशेष समय । सांसदले शून्य समयबाहेक पार्टीस“गको समझदारीमा विभिन्न प्रस्ताव राख्न सक्छन् । यसरी, दुई किसिमका समय हुन्छन् भन्ने बुझेर, थाहा पाएर सांसदहरूले त्यहीअनुसार तयारी गर्नुपर्छ । त्यहीअनुसार प्रस्तुत हुन सक्नुपर्छ । त्यसो भयो भने सांसदको क्रियाशीलता देखिन्छ ।
ढ्याप–ढ्याप पनि गर्नुहोस्
शून्य र विशेष समयबाहेक ढ्याप–ढ्यापे समय पनि चल्तीमा छ । आफू बसेको अगाडिको कुर्सीमा हातले ढ्याप्प गर्ने र सभामुखस“ग समय लिएर बोल्नेलाई ढ्याप–ढ्यापे समय भनिन्छ । सबै बिजनेसहरू नियमावलीमा पनि उल्लेख छैनन् । शून्य र विशेष समयको अन्य संसद्मा पनि प्रचलनमा छ तर यो ढ्याप–ढ्यापे समय अरू समयभन्दा बेग्लै मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला विपक्षी नेपाली कांग्रेसले सुरु गरेको हो । त्यो बेला आधा घन्टादेखि दुई घन्टासम्म ढ्याप–ढ्यापमै संसद्को समय जान्थ्यो । धेरै कुरा उठ्थे, सरकारले त्यसमा जवाफ दिनुपथ्र्यो । यो ढ्याप–ढ्यापे समय प्रचलनका रूपमा स्थापित भयो र अहिलेसम्म कायम नै छ । यो सबै सन्दर्भमा बोल्दा सभासद्हरूले आफूलाई तयार गर्नुपर्छ ।
नियमापत्तिमा नियमापत्ति होला †
संसद्मा बोल्दा, प्रस्तुत हु“दा सम्बन्धित विषयमा पूरा तयारी गरेर मात्र प्रस्तुत हुनुपर्छ । पूरा तयारी गरेन भने कतिपय अवस्थामा त्यो उल्टो पनि हुनसक्छ । जस्तो नियमापत्तिको प्रयोग ठीक ढंगले भयो भने त्यसमार्फत कुनै पनि सांसदको चर्चा चुलिन्छ । विगतमा कतिपय सांसदले नियमापत्तिकै कारण चर्चा कमाए । तर, ठीक ढंगले नियमापत्ति भएन भने त्यो नियमापत्तिमाथि काउन्टर नियमापत्ति हुनसक्छ । सभामुखबाटै के–को आपत्ति ? भनेर प्रश्न उठ्न सक्छ । फलानो नियमको आपत्ति भन्न सकिएन भने हा“सोको पात्र बनिन्छ । थुचुक्कै बस्नुपर्ने हुन्छ । कुनै एउटा बिजनेस भइरहेको समयमा त्यो सन्दर्भमा कुनै नियममाथि आपत्ति गर्नु नै नियमापत्ति हो ।
विशेषाधिकारबारे थाहा पाउनुहोस्
सभासद्हरू प्रभावकारी ढंगले संसद्मा प्रस्तुत हुन सकून्, संसद्ले राम्रोस“ग काम गर्न सकोस् भन्नका लागि कतिपय विशेषाधिकार सांसदलाई प्राप्त हुन्छ । संसद्मा बोलेका कुरालाई लिएर सांसदमाथि पक्राउ पुर्जी जारी गर्न सकि“दैन । फौजदारी अपराधमा काम गरेको छ भने सूचना दिएर पक्राउ गर्न सकिन्छ । तर, सूचना नदिई पक्राउ गर्न सकि“दैन । निर्भय भएर ढुक्कस“ग सभासद्ले आफनो क्षेत्र, देश र जनताका बारेमा प्रभावकारी ढंगले प्रस्तुत हुन सकोस् भनेरै यो व्यवस्था गरिएको हो । यो ढंगले विशेषाधिकार दिएर सबल ढंगले प्रस्तुत हुने व्यवस्था गरिरह“दा के कुरा गर्नुहुन्छ के गर्नुह“ुदैन, के कुरा बोल्नुहुन्छ, के बोल्नुहु“दैन भन्ने कुरालाई प्रत्येक सभासद्ले ख्याल राख्नुपर्छ ।
हाम्रो नियमावलीमा कसरी बोल्ने, कस्तो भाषा बोल्ने, कसरी हि“ड्ने, कसरी बस्नेलगायतका थुप्रै कुराहरू व्यवस्थित छन् । हाम्रा आफ्ना आचारसंहिताहरू छन् । त्यो आचारसहिंताका बारेमा राम्रो जानकारी राख्नुपर्छ । हाम्रो नियमावलीमा सभामुख, अध्यक्षले निर्धारित गरेको स्थानमा अनुशासित तरिकाले बस्ने, बैठकमा भाग लिने कुरा उल्लेख गरिएका छन् । ती सबै कुरा अध्यययन गरेर त्यसलाई व्यवहारमा उतार्नुपर्छ ।
अनुमति लिएर बोल्नुहोस्, निर्धारित स्थानमा बस्नुहोस्
बोल्न उठ्दा पनि सभामुख वा अध्यक्षको अनुमति लिएर मात्र बोल्नुपर्छ । निर्धारित स्थानमा बस्नु भन्नुको अर्थ के हो भने, आफू बस्ने ठाउ“बाट छेउतिर निस्केर बोल्नु हु“दैन । छेउतिर निस्केर उभिनुहु“दैन । आफ्नै ठाउ“मा पनि उभिइराख्नु हु“दैन । उभिनुको अर्थ आफ्नो ठाउ“ छाड्नु हो । त्यो भनेको आपत्ति हो । त्यसरी उठ्नासाथ अध्यक्ष वा सभामुखले के भो भनेर सोध्छन् । त्यो तपार्इंले अध्यक्ष वा सभामुखको ध्यानाकर्षण गराएको ठहर्छ । अनुमति पाएर बोल्दा पनि आफ्नो ठाउ“ छाडेर अर्कोतिर जानु हु“दैन ।
‘चेयर’को सम्मान गर्नुहोस्, पिठ्यु“ नफर्काउनुहोस्
बैठकमा, सभामा, समितिमा बस्दा ‘चेयर’को सम्मान गर्नुपर्छ । ‘चेयर’को सम्मान भनेको व्यक्तिको सम्मान होइन, आफनै सम्मान हो । बैठकमा बस्दा सम्बन्धित सामग्रीबाहेक कुनै पनि सामग्री हेर्नु, पढ्नुहु“दैन । त्यहा“ बसेर किताब, पत्रपत्रिका, उपन्यास पढ्ने जस्ता काम गर्नु हु“दैन । यसो गर्नु भनेको नियमविपरीत कुरा हो । यसैगरी, हल्ला गरेर एक–आपसमा छलफल गर्ने गर्नुहु“दैन ।
सभाध्यक्ष वा सभामुख बसिराखेको ‘चेयर’तिर पिठ्यु“ फर्काउनुहु“दैन । पिठ्यू“ पर्काएर उभिनुहु“दैन । पिठ्यु“ फर्काएर कुरा गर्नुहु“दैन । त्यो भनेको ‘चेयर’प्रतिको असम्मान हो । त्यो नियमविपरीत कार्य हो । यो गर्नै हु“दैन । हि“ड्दा पनि अध्यक्ष वा सभामुख बसेको आसन र सभासद् बसेको आसनको बीचबाट हि“ड्नुहु“दैन । यदि कतै जानु प¥यो भने अरू ढोकाबाट निस्कने काम गर्नुपर्छ ।
हाई नगर्नुहोस्, ननिदाउनुहोस्
बैठकमा बस्दा आफू सजग भइरहनुपर्छ, निदाउनु हु“दैन । कहिलेकाही“ निदाइरहेको, हाई गरिरहेको फोटो देखिन्छ । लामो समय काम गरिह“दा हाई लाग्न सक्छ । तर, हाई गर्दा पनि ध्यान पु¥याएर मुख हातले छोपेर हुन्छ कि कसरी हुन्छ विचार पु¥याएर गर्नुपर्छ । सबैतिर क्यामेरा जडित हुन्छ, सबै कुरा जनताले हेर्छन् ।
अरूलाई सम्बोधन नगर्नुहोस्
अनुमति लिएर चाहे तलबाट बोल्दा होस्, चाहे रोष्टमबाट बोल्दा होस् विभिन्न पार्टीका नेता, पत्रकार आदिलाई पनि सम्बोधन गर्ने गरेको पाइन्छ । कसै–कसैले त ठट्टा गरेर खाली कुर्सीज्यूहरू पनि भन्छन् । यो सबै कुरा नियमविपरीत हो । सभामुख वा सभाध्यक्षलाई बाहेक अरूलाई सम्बोधन गर्नुहु“दैन । आफ्ना सबै कुरा सभामुख र अध्यक्षमार्फत भन्नुपर्छ । संयमतापूर्वक श्लील ढंगले शिष्ट भाषामा बोल्नुपर्छ ।
(संविधानसभाका अध्यक्ष नेम्वाङस“ग उज्जल पहाडीले गरेको कुराकानीमा आधारित)
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply