सन्देशगृह सूचनाको अवशान
सन्देशगृह, बौद्धिक एवम् मानसिक कसरत गर्ने र ज्ञान बटुल्नेहरूका लागि एउटा भरपर्दो र उपयुक्त थलो थियो । जसलाई एउटा सामान्य पुस्तक वा पत्रिका पसलको संज्ञा दिनु सर्वथा गल्ती हुनेछ । सन्देशगृहमा विश्वभरिका ताजा खबरहरू बोक्ने प्रकाशनगृहहरूका ताजा पत्रिका, पुस्तकहरू सन्देश प्रवाह गर्न आइपुग्थे समयमै । साहित्यिक, सांस्कृतिक, आर्थिक, व्यवस्थापकीय, रोचक जानकारी, खेलकुद, बालपत्रिकाहरू, ज्योतिषसम्बन्धी ज्ञानले भरपूर पुस्तकहरू सन्देशगृहबाट दिनहुँ काठमाडौंका हरेक गल्ली–गल्ली र मुख्य चोकहरूमा पसारिएका पुस्तक पसलहरूमा वितरित हुन्थे । मानौं, सन्देशगृह एउटा मुटु हो, जहाँबाट शरीरभरि रक्तप्रवाह हुन्छ । सन्देशगृहमा बौद्धिक खुराक र ज्ञान बटुल्न चाहनेहरू नियमित रूपमा उपस्थित हुन्थे । एउटा के भ्रम वा अनुमान लगाउन सकिन्थ्यो भने, सन्देशगृहले काठमाडौंलाई बौद्धिक, मानसिक र आत्मिक खुराक बाँडिरहेको छ ।
खिचापोखरीको उक्त सन्देशगृहसित मेरा धेरै अनुभूतिहरू आबद्ध छन् । मैले सन्देशगृहबाट बटुलेका विविध विधाका सामग्रीहरूले अहिले पनि मेरो एउटा कोठा पूरै भरिएको छ । प्राय: सातामा एक दिन सन्देशगृहमा मेरो पाइला परेकै हुन्थ्यो । त्यही सिलसिलामा एकदिन म सन्देशगृह गएको थिएँ तर बाहिरै उभिइरहें धेरै समय । धेरै समयसम्म पनि खुलेन सन्देश प्रवाह गर्ने त्यस गृहको ढोका । हरेक दिन दिउँसो १२ बजेपछि मात्रै खुल्थ्यो, सन्देशगृह । त्यस दिन सन्देशगृह पुग्दा ढोकामा उनै व्यक्ति थिए, जो इसारामा मात्र कुराकानी गर्थे । मैले उनलाई इसाराबाटै सोधें तर उनले पनि स्पष्ट रूपमा इसारा गर्न सकैनन् । त्यसको केही दिनपछि थाहा भयो, सन्देशगृह सदाका लागि बन्द हुने तर्खरमा रहेछ । सम्भवत: सञ्चालकहरूबीचको असमझदारीले बन्द हुने स्थिति सिर्जना भएको हुनुपर्छ । काठमाडौंका बौद्धिकदेखि जिज्ञासु पाठकहरूलाई देश–विदेशका पुस्तक, समाचारपत्रहरू वितरण गर्ने कार्यमा लामो कालखण्ड गुजारेका काठमाडौंकै मास्के बन्धुहरूद्वारा सञ्चालित सन्देशगृह बन्दको अशुभ खबर अत्यासलाग्दो नै थियो । किनकि, सन्देशगृहले देश र बाहिरका विभिन्न विधाका समाचारपत्रहरू पढ्ने सुविधा उपलब्ध गराएको थियो । काठमाडौंमा अरू त्यस्ता पत्रिका वितरक पसल सायदै थिए, जति सन्देशगृहले वितरण गर्दथ्यो । अर्थात्, थरिथरिका समाचारपत्रहरूको स्थायी वितरक थियो, सन्देशगृह । दिनहुँ मन्दिर धाउने एउटा भक्तले मन्दिरका सबै ढोका सधैंका लागि बन्द हुँदैछन् भन्ने सन्देश थाहा पाउँदा उक्त भक्तको मनस्थिति कति बिथोलिन्छ होला ? कति छट्पटी उत्पन्न हुन्छ होला ? सन्देशगृह बन्द हुने कुराले मलाई पनि हुँडलिएको मनस्थितिबीच उभिएको त्यही भक्तजस्तै बनाइदियो ।
तर, सन्देशगृह बन्द भएको केही समयपहिले काठमाडौंको एउटा पाँचतारे होटलमा एउटा धनाढ्य साहित्यकारले आफ्नी पत्नीको पुस्तक–विमोचनलाई यति भव्य बनाए कि, त्यौ कुनै पनि बिहे भोजभन्दा कुनै पनि हिसाबले कम थिएन । देशका प्रतिष्ठित/कुप्रतिष्ठित दुवै खाले सर्जकहरूलाई निम्त्याइएकौ त्यस विमौचन समारोहले एउटा के भ्रम छर्दथ्यौ भने, यो कुनै किताबको विमोचन समारोह हो कि, कुनै भव्य बिहे भोज हो ? हुन पनि, करिब तीन सय संख्या हाराहारीका साहित्य/असाहित्यकारहरूलाई महँगा विदैशी ब्रान्डको रक्सीसहित त्यही हैसियतका स्न्याक्सहरू ‘सर्भ’ गरिएकौ थियो । देशका दिग्गज साहित्यकर्मीहरूकौ खुट्टा त्यस दिन भूइँमा थिएन । पुरानादेखि नयाँ पुस्तासम्मका सर्जकहरूलाई निम्त्याइएकौ उक्त पुस्तक विमौचन समारोहले दिएको सन्देश के थियो भने, अब लेखेर मात्रै हुँदैन, तामझाम गर्न सकिएन भनै, विमोचन समारोहलाई भड्किलौ बनाउन सकिएन भने न त कृतिको प्रचार–प्रशार नै हुन्छ, न त स्रष्टाको कहीकतै चर्चा/परिचर्चा नै हुन्छ । साहित्यमा अभिजात संस्कृति भित्रिएको संकैतबोध गर्दथ्यौ, त्यस दिनको भव्य पुस्तक विमोचनले । र, जोसित लेखन क्षमता छ तर त्यसलाई तामझामपूर्ण तरिकालै प्रस्तुत गर्नै हैसियत छैन भने नलेखे पनि हुन्छ भन्ने सन्देश पनि दिएको थियो । सुनिएको थियो कि, उक्त विमोचन समारोहमा कृतिमाथि टिप्पणी गर्ने साहित्यकारहरूलाई खामभित्र राम्रै दाम राखैर सम्मान गरिएको थियो र त्यस कृतिका सम्पादकले भनेअनुसार, सम्पादन गरेबापत उनलाई पनि राम्रै व्यवस्था गरिएको थियो । तथापि, केही स्रष्टाहरूको राम्रै उद्दार भए पनि विमोचन समारोहलाई महँगौ बनाएर प्रचार प्रशारको बाढी उराल्ने प्रवृत्तिले गुणवत्तायुक्त कृतिहरू ओझेलमा पर्ने र कमसल कृतिहरूले बजार पिट्नै सम्भावनालाई नकार्न सकिँदैन ।
नेपाली साहित्यमा भित्रिएको यो प्रवृत्तिले गुणस्तरीय लेखनमा वृद्धि हुनुभन्दा कमसल चिज पस्केर चर्चित हुनै होडबाजीलाई प्रश्रय दिनै बाहैक अरु केही कार्य नहुने देखिन्छ । र, साहित्य लैखन आत्मप्रचार, भोजभतेर र तडकभडकको माध्यम बाहेक अरु बन्न सक्दैन । लेखनमा समर्पित, निष्ठा र इमानदारपूर्वक लागैका स्रष्टाहरू खुम्चिनुपर्ने परिस्थितिकौ जन्म पनि यस्तै प्रवृत्तिहरूले गराउने निश्चितप्राय: छ । यो लेखनका लागि घातक प्रवृत्ति हो ।
प्रसंगवश केही वर्षपहिले भारतको इलाहावादस्थित हिन्दुस्तानी एकेडेमीले कवि–दिवस मनाउँदा भव्य रात्रिभोज आयोजना गरेको कुराले चर्चा पाएको थियो । हरेक वर्ष कवि–दिवस मनाइने परम्परालाई जारी राख्दै मनाइएको उक्त दिवसको हिन्दी साहित्य क्षेत्रमा चर्चा मात्रै भएन, विरोध पनि भयो । ‘कवि गोष्ठीको समाप्तिपछि रात्रिभोजको पनि व्यवस्था गरिएको छ’ भनेर उल्लिखित निम्तो कार्ड पाएपछि उक्त भोजको विरोधमा उत्रिएका साहित्यकारहरूले व्यंग्य गर्दै भनेका थिए– ‘आउँदो वर्ष भने एकेडेमीले आफ्नो निम्तोपत्रसँगै रात्रिभोजको मेनु पनि पठाउँदा उपयुक्त हुन्छ ।’
तथापि, सन्देशगृह बन्द भए पनि सहरमा रक्सी पसलहरू खुल्ने क्रम भने चलि नै रहेको छ । र, हातमा करोडौं रुपियाँ लिएर लगानी गर्ने मनस्थितिबीच उभिइरहेकाहरूको चिन्ता कुनै प्रकाशनगृह स्थापना गर्नेतिर होइन, सरकारले नयाँ मदिरा उद्योग खोल्न लाइसेन्स बन्द गरेकोमा बढी केन्द्रित छ । साथै, विमोचन समारोहलाई भव्य बनाएर भोजभतेर गर्ने प्रवृत्ति बढे पनि निरन्तर सिर्जना–संसारमा डुबुल्की मार्दै साहित्यलाई समृद्ध तुल्याउने तप्का पनि मौजुद नै छ, अद्यापि । यिनै आशा र निराशजनक परिदृश्यबीच नेपाली साहित्य शिखरतिर उन्मुख भइरहेको छ । र, अझै हुनेछन् भन्ने अपेक्षा राख्नु सिवाय अरू कुनै विकल्प पनि छैन, अन्तत: ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply