निवर्तमान मन्त्री आ–आफ्नै धुनमा
काठमाडौं । एघार महिनासम्म सत्तामा रहेका चुनावी सरकारका मन्त्रीहरू निवर्तमान भइसकेपछि के गर्दै होलान् ? अचेल फुर्सदिला रहेका निवर्तमान मन्त्रीहरूमध्ये कोही घरको रङरोगनमा व्यस्त छन्, कोही छोराछोरीको बिहे गर्न लागेका छन् भने कोही चाहिँ मनोनीत २६ जनामा पर्न दौडधुपमा लागेका छन् ।
पूर्व अर्थ, आपूर्ति तथा उद्योग तथा वाणिज्य मन्त्री शंकरप्रसाद कोइराला अचेल घरको रङरोगनमा व्यस्त छन् । उनी अचेल बत्तीसपुतलीस्थित आफ्नै घर रंगाउन लागिपरेका छन् । केही दिनपहिले युवा व्यवसाय स्वरोजगार कोषले आयोजना गरेको एउटा गोष्ठीमा सहभागी भए पनि उनको दिनचर्या भने घरकै रङरोगनमा बित्ने गरेको बताइन्छ । तथापि, मन्त्रीबाट हटे पनि कोइरालाको इच्छा अमेरिकाको राजदूत बन्ने रहेको सूत्रको भनाइ छ ।
निवर्तमान ऊर्जा, सिँचाइ र विज्ञान तथा वातावरण मन्त्री उमाकान्त झा भने आफ्नै छोराको बिहेमा व्यस्त रहे । उनका छोरा अविनाश झा र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरकी छोरीबीच केही दिनअघि विवाह सम्पन्न भएको थियो । झाका छोरा एमबीबीएस चिकित्सक हुन् भने महन्थकी छोरीले चाहिँ एमडी सिध्याइसकेकी छन् । गत फागुन २४ गते छोराको अन्तिम बिहे भोज सिध्याएका झा अहिले छोराको बिहेमा कति खर्चपर्च भयो भन्ने हिसाब–किताब गर्न व्यस्त रहेको बताइन्छ ।
यसरी नै, पूर्व सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले भने सरकारद्वारा मनोनीत हुने २६ जना सभासद्मा पर्नका लागि दौडधुप तीव्र पारेका छन् । विगतमा एमालेको कोटाबाट मन्त्री बनेका उनले २६ मा पर्नका लागि एमाले नेताहरूकहाँ दौडधुप गर्न थालेका हुन् । हिजोमात्रै उनी उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमसित समय लिएर निवासमै भेट्न पुगेका थिए । गौतमसित भेट्नुको उनको उद्देश्य सभासद्मा मनोनीत हुनु रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply