बोरामा लगे होलान् त पैसा ?
सिन्धुली । एमाओवादीभित्र एकले अर्को गुटका नेतालाई खुल्याउन कतिसम्म गर्दारहेछन् भन्ने उदाहरण अध्यक्ष पुष्पकमल दाहालका दाहिने हात मानिने नेता हरिबोल गजुरेलले देखाएका छन् । सिन्धुलीको १९औं जिल्ला परिषद्मा भाग लिन गत हप्ता सिन्धुली आएका गजुरेलले जिल्लाका गन्यमान्य सबै उपस्थित कार्यक्रमममा आफ्नै पार्टीका नेता बाबुराम भट्टराईको सक्दो हुर्मत लिए ।
क्षेत्र नं ३ बाट सभासद् बनेका गजुरेलले भट्टराईमाथि लगाएको आरोप सुनेर प्रमुख अतिथि सहरी विकास मन्त्री नारायण खड्का, एमाले सभासद् गणेश पहाडी, कांग्रेसका सभासद् मोहन बराल मात्र होइन, कार्यक्रम आयोजक स्थानीय विकास अधिकारी धु्रवबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी केशव आचार्यलगायतले समेत आश्चर्य मानेका थिए । परिषद्लाई सम्बोधन गर्दै गजुरेलले सुरुमा त नातामा नजिकैका दाजुभाइ पर्ने उनकै पार्टीका पुराना नेता सीपी गजुरेललाई तथानाम गाली गरे । ‘पहिले यही सदरमुकाम पर्ने क्षेत्र नं २ बाट सीपीलाई जनताले जिताए, उनले केही गर्छन् कि भन्ने जनताले ठूलो आशा पनि गरेका थिए, तर विकासका काम गर्नु त परको कुरा उनले जनताको फोनसम्म उठाएनन्’– उनले भने ।
त्यसछि उनी बाबुराममाथि खनिन थालेका थिए । आफ्नो क्षेत्रमा समस्या बग्रेल्ती रहेको प्रसंग उल्लेख गर्दै उनले भने– ‘म ती समस्या समाधान गर्न प्रयत्नरत छु, तर गाह्रो रहेछ, कि त बाबुरामले जस्तो बोरामा पैसा लगेर क्षेत्रमा पैसा खन्याउनुपर्यो ।’
संविधानसभामा पार्टी तेस्रो स्थानमा पुगेपछि जिल्लामा हुने कार्यक्रमको पोर्टफोलियोमा पनि पछाडि परेका उनी त्यसकै कारण नगरपरिषद्को बैठकमा भने उपस्थित भएका थिएनन् ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply