२४ बैशाख २०७१, बुधबार ०८:५२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मध्य वर्षामा महाधिवेशन !
काठमाडौं । एमाले महाधिवेशन चौथो पटक सारिएपछि होला कि नहोला भन्ने आशंका झन् बढेको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष झलनाथ खनालले ‘फेरि नसार्ने गरी कार्ययोजनासहित’ असार १९ देखि २४ गतेसम्मका लागि गरेको प्रस्ताव पारित गर्दै गर्दा केन्द्रीय सदस्यहरूले नै आशंका गरेका थिए ।
केन्द्रीय कमिटी बैठक बस्नुअघि नै स्थायी समिति बैठकले महाधिवेशन सार्ने सहमति गरिसकेको थियो । सोमबार बैठकमा बोल्दै केही केन्द्रीय सदस्यहरूले मध्य वर्षामा महाधिवेशन आयोजना गर्न सम्भव नहुने भन्दै विरोध गरे पनि अध्यक्ष खनालले अन्तिममा ‘मैले सबै कुरा विचार गरेर ल्याएको छु, यही मितिमा मानिदिनूस्’ भनेपछि प्रस्ताव सर्वसम्मत्तिले पारित भएको थियो ।
तीनै पक्षका स्वार्थ मिलेपछि…..
महाधिवेशन सार्नका लागि अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी ओली तीनै पक्षको स्वार्थ मिलेको देखिएको छ । गुटका भेलादेखि सार्वजनिक सञ्चारमाध्यममा समेत कुनै हालतमा पनि महाधिवेशन सर्दैन भनिरहेका ओली पक्षधर नेताहरू पनि महाधिवेशन सार्न सहमत हुनुका पछाडि नेता ओलीको कमजोर स्वास्थ्य नै प्रमुख कारण रहेको छ । नेपाल र भारतमा उपचार सम्भव नभएपछि थाइल्यान्डमा उपचार गराइरहनुभएका नेता ओलीको कमजोर स्वास्थ्यका कारण तत्काल महाधिवेशन गर्दा कार्यकर्तामा नकारात्मक सन्देश जाने र महाधिवेशनमा कमजोर हुने डरले उक्त पक्षले महाधिवेशन सार्न चाहेको थियो । शुक्रबार राति बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा भएको गोप्य बैठकमा ओली पक्षीय नेताहरूले तत्काल महाधिवेशन गर्दा आफूहरूलाई घाटा हुने निष्कर्ष निकाल्दै तर बाहिर भन्दा कमजोर भएको संकेत जाने भएकाले महाधिवेशनकै पक्षमा बोल्ने निर्णय गरेको थियो । ओली पक्षीय एक नेताले भने, महाधिवेशन सर्छ भन्ने थाहा थियो तर अडान चाहिँ राख्ने कुरा भएको हो । त्यही बैठकको सहमति अनुसार सोमबार केन्द्रीय कमिटी बैठकमा खगराज अधिकारीले च्याँट्ठिँदै ‘महाधिवेशन सार्न पाइँदैन, जसरी पनि गर्नुपर्छ’ भनेका थिए भने त्यही समूहका अधिकांश नेताहरूले बोलेनन् ।
उता, वरिष्ठ नेता नेपाल पक्षको पनि महाधिवेशन अलि पछि सार्दा स्थिति थप अनुकूल हुन सक्ने आँकलन छँदैछ । लामो समय आफ्नो अडानमा नटिक्ने वामदेव गौतमले ओलीलाई कतिसम्म साथ दिन्छन् भनेर हेरिरहेको उक्त पक्षले महाधिवेशन हुन नसक्ने ठहर गरे पनि आफूलाई लाग्ने आरोपबाट बच्नका लागि सार्ने प्रस्ताव ल्याएको थिएन । तर, अध्यक्ष खनालबाट सार्ने प्रस्ताव आएपछि भने नेपालपक्षीय नेताहरू बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, ठाकुर गैरेलगायतले मध्य असारमा सम्भव नहुने भएकाले अलि पछाडि लैजान सुझाव दिएका थिए ।
नेपाल र ओली पक्षबीच तिक्तता र विवाद बढ्दै जाँदा त्यसको प्रत्यक्ष फाइदा आफूलाई भइरहेको निष्कर्ष निकाल्नुभएका अध्यक्ष झलनाथ खनाल यस विवादलाई अझ बढी लम्ब्याएर स्थिति आफ्नो पक्षमा पार्न तल्लीन भएको दुवै पक्षले बुझेका छन् । ओली पक्षले लिएको राष्ट्रपतिको लोभका अलावा खनाललाई अहिले मौन बसाउनमा मुख्य भूमिका दुई नेता लडेमा आफू सर्वसम्मत भइहाल्छु कि भन्ने आशाले काम गरेको छ । अझ बिरामी नेता ओलीलाई नचिढाएमा भविष्यमा उहाँ पक्षधर नेताहरूले समेत माधव नेपालभन्दा आफूलाई नेता स्वीकार गर्न सहज हुने उहाँको विश्लेषण छ । स्रोतले भन्यो, त्यही भएर उहाँ जतिसक्दो ढिलो महाधिवेशन लैजानेमा हुनुहुन्छ । एक नेताका अनुसार महाधिवेशनको मुखमा चीन जानुको उद्देश्य पनि आफ्नो पक्षमा वातावरण बन्छ भन्ने रहेको बुझाइ उहाँको छ ।
बैठकमा नआउन सुझाव
सोमबारको बैठकमा खगराज अधिकारीले गत फागुनमै म्याद समाप्त भइसकेकाले अहिलेको केन्द्रीय कमिटी नै अवैधानिक रहेको तर्क गर्नुभएको थियो । उहाँले भन्नुभयो– ‘हाम्रो यो बैठक नै अवैधानिक छ, हामी अवैधानिक भइसक्यौं ।’
बोल्दाबोल्दै बीचैमा उठेर अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले जवाफ फर्काए– ‘त्यसो भए बैठकमा किन आउनुभएको त ? नआए भयो नि त ।’ गणेश तिमिल्सेनाले जेठ २४ मै महाधिवेशन आयोजना गर्न सम्भव हुने भएकाले नसार्न माग गरेका थिए ।
पदेन सदस्य थप्न माग
अध्यक्ष खनालले केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरूलाई पदेन सदस्य बनाउने प्रस्ताव गरेपछि केन्द्रीय सदस्य भानुभक्त ढकालले त्यसो भए जनसंगठनका केन्द्रीय अध्यक्ष र पार्टीका जिल्ला अध्यक्षहरूलाई पनि पदेन प्रतिनिधि बनाउन माग गर्नुभएको थियो । बैठकले बूढापुराना नेताहरू रहेको सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरूलाई स्वत: प्रतिनिधि बनाउने निर्णय गरेको छ ।
प्रतिवेदन किन तयार भएन ?
केही दिनअघि नै एमालेमा महाधिवेशनको दस्तावेज मस्यौदा तयार भएको समाचार सार्वजनिक भएको थियो । बैठकले नेपाली समाजको चरित्रसम्बन्धी बुँदा टुंगो पनि लगाएको हो । तर, कम्तीमा डेढ सय पृष्ठ रहने प्रतिवेदनको जम्माजम्मी २० पृष्ठ मात्रै तयार छ । आगामी कार्यभारकै रूपमा २० बुँदा तय भए पनि लेख्न बाँकी छ भने विगतमा सरकारमा सहभागिता, कम्युनिस्ट आन्दोलनको मूल्यांकन, राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिको मूल्यांकन जस्ता विषयमा लेखिएको छैन । एक नेताले भने– ‘अध्यक्ष कमरेडले अस्ति मेरो मुड नै भएन र लेख्न सकिएको छैन भन्नुभएको छ । अब कहिले मुड चल्छ, थाहा छैन ।’
उता, संगठनात्मक प्रतिवेदन लेख्ने जिम्मा लिनुभएका महासचिव ईश्वर पोखरेलले मस्यौदा तयार नै गर्नुभएको छैन । सोमबारको बैठकमा त्यो कुरा उठेपछि उहाँले ‘कसै–कसैले मेरो कारणले भएन कि भन्ने आशंका पनि गर्नुभयो तर मैले तयार गरेको छु’ भन्नुभएको थियो । प्रतिवेदनकै अर्को महत्वपूर्ण विषयमा विधान संशोधनका बारेमा एमालेमा छलफल नै भएको छैन । बैठकमा प्राय: कसैलाई बिझाउने गरी नबोल्ने अष्टलक्ष्मी शाक्यले ‘महासचिवले जिम्मेवारी पूरा नगरेर यस्तो भन्न पाइन्छ’ भन्दै प्रश्न गर्नुभएको थियो । एक नेताले भने– ‘जिम्मा लिएका यी कुनै काम नगर्ने अनि बाहिर महाधिवेशन हुन्छ भनेर हल्ला चलाउने ?’
बन्द कोठामा उद्घाटन
मध्य वर्षामा महाधिवेशन कसरी हुन्छ भन्दै प्रश्न उठेपछि सोमबारको बैठकमा महासचिव पोखरेलले ‘जसरी पनि महाधिवेशन हुन्छ, बाहिर उद्घाटन हुँदैन, बन्द कोठामै उद्घाटन हुन्छ’ भन्नुभएको थियो ।
माथिका जति मौन
सोमबारको बैठकमा स्थायी समितिका अध्यक्ष खनाल र महासचिव पोखरेलबाहेक अरू नेताहरू बोल्नुभएन । उपाध्यक्ष वामदेव गौतम भने केन्द्रीय कमिटीको बैठक छोडेर उपेन्द्र महतोको अस्पतालको कार्यक्रममा भाग लिन सिरहा पुग्नुभएको थियो ।
केशवलाललाई कटाक्ष
बैठकमा अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत रहेका केशवलाल श्रेष्ठले हालै सम्पन्न महासंघको राष्ट्रिय परिषद्को बैठकका बारेमा जानकारी दिन लाग्दा वरिष्ठ नेता नेपालले बीचमै रोक्नुभएको थियो– ‘केको बैठकको जानकारी भन्नुहुन्छ ? गुटको भेला गरेर मन नपरेका नेताको बदख्वाइँ गर्ने अनि बैठक भन्ने ?’ महासंघले दुई दिनसम्म बल्खुमा भेला गरेर एउटै गुटका नेताहरूलाई मात्रै निम्तो गरेर भाषण गर्न लगाएको थियो ।

सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
Leave a Reply