जसको नीति उसैको नेतृत्व
आगामी असार १९ देखि २५ गतेसम्म सम्पन्न हुन लागिरहेको नेकपा (एमाले)को नवौं महाधिवेशनको चर्चा/परिचर्चाले अहिले पार्टीका नेता तथा कार्यकर्तालाई गहिरो रुपमा प्रभाव पार्न थालेको देखिएको छ । यसले पार्टीको शक्तिशाली अध्यक्ष छनोटको नाममा पार्टीलाई मूलत: दुई समूहमा विभाजित गराएको कुरा सर्वविदितै छ । यो महाधिवेशनका निम्ति नीतिसम्बन्धी दस्तावेज एकैखालको विचार लिएर प्रस्तुत हुने भएपछि व्यक्तिहरूद्वारा प्रस्तुत गरिने फरक विचारले खास महत्त्व राख्ने देखिँदैन ।
पार्टी अध्यक्ष झलनाथ खनालद्वारा विचारमा जस्तै संगठनमा पनि सहमति गरेर जानुपर्छ भन्ने अनुरोध आइरहे पनि यो विषयप्रति अरूको ध्यान आकर्षित भएको देखिँदैन । उहॉको अनुरोध ‘एक्लो वृहस्पति’ भए जस्तो देखिएको छ । उहॉको यो कुराप्रति चासो नराखिएकै कारणले पार्टी दुई भाग भइरहेको छ, संगठनको मामलामा । दुवै पक्षले राष्ट्रव्यापी रूपमा आ–आफ्ना अभियानहरू सञ्चालित गरिरहेका छन् र नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा आकर्षित गर्न योग्यता, क्षमता र कलाहरू प्रस्तुत गरिरहेका छन् । यसले साधारण कार्यकर्तालाई उत्साहित गर्नुभन्दा बढी त्रस्त बनाउने काम गरेको हो कि भन्ने आभास भइरहेको छ । आफ्नो र पार्टीको भविष्य के हुने हो भन्ने चिन्ताले सर्वत्र गाँजिरहेको छ । यति मात्र होइन, यसले केन्द्रीयस्तरको भन्दा स्थानीयस्तरको अन्तरविरोधलाई अरू बढी चर्काउने कामसमेत गरिरहेको देखिएको छ ।
‘जसको नीति उसकै नेतृत्व’ स्थापित हुने हो भने पार्टी ठीक ढंगले सञ्चालित हुन सक्छ, अन्यथा ठूलाठूला दुर्घटना घट्न सक्छन् । यी सबै कुरा नेकपाको इतिहासले बताइसकेको सबैका अगाडि छर्लंग छ । दोस्रो महाधिवेशनले विचार पुष्पलालको पारित गर्यो तर शक्तिशाली महासचिव बनाइदियो केशरजंग रायमाझीलाई । यसले नेकपालाई कस्तो अन्धकारमय गोरेटोतिर धकेलिदियो भन्ने कुरा सबैलाई थाहा छ । रायमाझीले नेपाली जनताको मुक्तिदाता नेपाल कम्युनिष्ट पार्टीलाई, जनताको त्यतिबेलाको प्रमुख शत्रु राजाका हातमा भेटी चढाइदियो । परिणामस्वरूप पार्टी अप्ठ्यारामा परेको मात्र होइन, संसदीय व्यवस्थाको हत्या गर्ने शक्तिसमेत प्राप्त भयो राजालाई । तेस्रो महाधिवेशनमा पनि नीति र नेतृत्वको सुसम्बन्ध स्थापित हुन सकेन र पार्टी विभाजित मात्र होइन, छिन्नभिन्न र टुक्रा–टुक्रा हुन गयो । चौथो, पाँचौं, छैटौं, सातौं र आठौं महाधिवेशनमा ‘जसको नीति उसकै नेतृत्व’ हुन गएको हुनाले पार्टी मूलत: सही दिशामा अगाडि बढिरहन सफल भएको छ । नवौं महाधिवेशनमा पनि नीति र नेतृत्वको सम्बन्ध विच्छेद गराइएन भने पार्टी अझ सकारात्मक दिशातिर अगाडि बढ्न सक्ने कुरामा शंका गर्नुपर्छ जस्तो लाग्दैन ।
अहिले नेतृत्व हस्तान्तरणको कुरा पनि व्यापकरूपमा उठिरहेको सुनिएको छ । यो कुरा बिल्कुल सही लागेको छ तापनि यो जंगबहादुर कु‘वरले दाजुभाइमा राज्याधिकार वितरण गरे जस्तो होइन, छोराछोरी र नातिनातिनीहरूमा अधिकार प्रत्यायोजित गरे जस्तो हुनुपर्छ । तर, वर्तमानमा गरिएको नेतृत्व हस्तान्तरणको चर्चा र क्रम जंगबहादुर कु‘वरले गरे जस्तो मात्र भएको देखिएको छ । यस्तो खालको हस्तान्तरणले नयॉ पिँडीको सम्मान गर्न सकेको देखिएन र राष्ट्रको समस्या समाधानमा रौ‘ बराबरको भूमिका पनि खेल्न सक्ने देखिँदैन । नेतृत्व हस्तान्तरणलाई पुस्तामा आधारित भएर गर्न सक्ने हो भने पार्टी, देश र जनताका निम्ति अति सकारात्मक कुरा हुने निश्चित थियो तर नवौं महाधिवेशनका निम्ति भने नयॉ नीतिको भारी बोकेका युवा नेताको ठूलो समूहले माधव नेपालको नाम पार्टी अध्यक्षका रूपमा घोषणा गरेर समयोचित काम गरेको छ ।
नेतृत्व चयन गर्दा सबभन्दा पहिला ध्यान दिनुपर्ने आधार ‘जसको नीति उसकै नेतृत्व’ हो भन्ने ठान्नु स्वाभाविक हो । त्यसपछि ख्याल गर्नुपर्ने विषय नेताको विगत र वर्तमानको मूल्यांकन हो भन्नु पनि अस्वाभाविक होइन । अहिले तुरून्त नयॉ संविधान बनाउने काम सम्पन्न गर्नुछ र त्यस संविधानद्वारा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुछ । यसको साथमा शान्ति प्रक्रियालाई सकारात्मक टुंगो लगाउनसमेत बॉकी छ । विगत साढे दुई सय वर्षभन्दा बढी समयदेखिको राजतन्त्र र विगत २० वर्षदेखिको रक्तपातले देश मर्माहत भएको कुरा सबै नेपालीलाई थाहा छ । त्यो समस्या समाधान गर्न पार्टीको नेतृत्वमा सुरु गरिएको गणतन्त्रात्मक आन्दोलनको विरोध गर्ने र पार्टीले तय गरेको गणतान्त्रिक कार्यनीतिका विरोधमा फरक मत जाहेर गर्ने नेताहरू पनि हाम्रै पार्टीभित्र हुनुहुन्छ । हामीले उहॉहरूको सही मूल्यांकन गर्न सकेपछि मात्र पार्टी ठीक तरिकाले अगाडि बढिरहन सक्नेछ र नयॉ संविधानद्वारा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सफल हुनेछ, पार्टी । तत्कालीन राजा ज्ञानेन्द्र र विद्रोही पक्षबाट ज्यानै उडाइदिने धम्की आउ‘दा पनि बेवास्ता गर्दै शान्ति प्रक्रिया अगाडि बढाइरहने नेतृत्व पनि हामीस‘गै छ र चर्का–चर्का कुरा गर्दै, शान्ति अभियानका विरोधमा पार्टीलाई लैजान चाहने नेतृत्व र नेताहरू पनि हामीस‘गै हुनुहुन्छ । लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन पनि नेताहरूको सही मूल्यांकन हुन जरुरी छ । यसलाई कसैले पुराना कुरा भन्ने ठाने पनि नयॉ मोडमा पुगेको समयमा पार्टीलाई नेतृत्व दिने दृष्टिकोण, क्षमता र योग्यताको परीक्षा हुने समय थियो त्यो । त्यस्ता नयॉ मोडहरू आगामी दिनमा पनि सधै‘ आइरहन सक्छन् र तिनलाई चिनेर सही कार्यनीति प्रस्तावित गर्न सक्ने नेतृत्वको सधै‘ आवश्यक पर्दछ । महाधिवेशनबाट नेतृत्वमा पुग्न चाहना गरेका नेताहरू सबै पूर्व परीक्षित भएको हुनाले मूल्यांकन गर्नमा कार्यकर्तालाई समस्या पर्छ जस्तो मलाई लागेको छैन ।
नवौं महाधिवेशनमा प्रस्तुत गर्नका निम्ति तयार गरेको पार्टी केन्द्रीय कमिटीको प्रतिवेदनले नेपाली जनवादी क्रान्ति सम्पन्न भएको, देशको परिस्थितिको आधारभूत पक्ष बदलिएको, प्रधान अन्तरविरोध र समाजका अन्तरविरोधहरू फेरिएका, जनताका शत्रु–मित्रको स्थिति बदलिएको र निरपेक्ष लडाइ‘ होइन, जनताको बहुदलीय जनवाद कार्यान्वयन गर्न सापेक्ष संघर्षका साथ समन्वय र समझदारीका साथ अगाडि बढ्नुपर्ने कुरा गरेको छ । यो विचारका विरोधमा रहेको देखाउने नेतृत्वले पार्टीको नेतृत्व गर्न सक्ने कुरा हुन सक्तैन । राष्ट्र निर्माण गर्नुपर्ने समयमा ‘राजनीतिक क्रान्ति’ मै होम्ने काम गरिरहने हो भने पार्टी, देश र जनताको कस्तो बेहाल होला । विचारमा फरक कुरा पनि गरिरहने र केन्द्रीय कमिटीको बैठकमा एउटै विचारमा सहमत भएको हस्ताक्षर गर्ने अवसरवादलाई नेतृत्वको दाबी गर्ने अधिकार छैन भन्न त सकिँदैन तापनि यसले पार्टीलाई तहसनहस पार्नेछ भनेर ठोकुवा भने निश्चय नै गर्न सकिन्छ ।
पार्टीको नेतृत्वका निम्ति दाबी गर्ने अग्रजहरू योग्यतामा उस्तै–उस्तै देखिनु अस्वाभाविक होइन । दुवै पार्टीका सम्मानित र समर्पित नेता भएको हुनाले नै अध्यक्ष पदको दाबेदार हुन सक्नुभएको छ भन्ने बुझ्न जरुरी छ । त्यसकारण कसैले कसैको अपमान गर्न उचित देखिँदैन र सबैले सबैको सम्मान गर्न सिक्नुपर्छ । यो सभ्य समाजको चरित्र हो भन्ने बुझ्नुपर्छ । तर, सम्मानित हुने र पार्टी सञ्चालन गर्ने क्षमता राख्ने भन्ने कुरा एउटै हुन सक्तैनन् । नेतृत्व प्रदान गर्ने कुरा सम्बन्धित सम्मानित व्यक्तित्वको विगत र वर्तमानका क्रियाकलाप र भविष्यका सम्भावनाको मूल्यांकन गर्ने विषय हो । किनभने योस‘ग पार्टीको भविष्य जोडिएको हुन्छ । यतिबेला हाम्रो पार्टी राष्ट्रको निर्णायक शक्ति भएको छ । यस्तो समयमा नेतृत्वको सही या गलत छनोटले पार्टीलाई मात्र होइन, देश र जनतालाई समेत सकारात्मक वा नकारात्मक प्रभाव पार्नु अस्वाभाविक हुनेछैन । त्यसकारण पार्टीको नवौं महाधिवेशनका निर्णयहरू पार्टीका जीवनलाई मात्र होइन, देश र दुनियाँलाई समेत प्रभावित गर्न सक्षम हुने छन् भन्ने बुझेर सकारात्मक पाइला चलाउन उचित हुने देखिएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
- निषेधित क्षेत्र घोषणाविरुद्धको रिटमा आज सुनुवाइ
- एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- सिन्धुली कारागारका थुनुवाको मृत्यु
- अछाममा टेम्पो दुर्घटना २ जनाको मृत्यु
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
Leave a Reply