प्रहरी स्कुलमा अख्तीयार
काठमाडौं । नेपाल प्रहरी विद्यालय सामाखुसीमा शिक्षकले विद्याथी कुटेर घाइते बनाएका छन् । गत मंगलबार शिक्षक अर्जुन लामिछानेले ९ कक्षाका विद्याथी नबिन पौडेललाई कुटेर घाइते बनाएको र सो विषय विद्यालय प्रशासनले गुपचुप पारेको छ ।
नवनियुक्त समादेशक अर्जुन श्रेष्ठले आफू गएर नियुक्त गरेका शिक्षक लामिछानेले विद्यार्थी पौडेललाई आँखा सुन्नीने गरी हिर्काएको विद्यालय श्रोतले जानकारी दिएको छ । पिता नेपाल प्रहरीमै हाल हुम्लामा कार्यरत रहेका ति विद्याथीलाई शिक्षक लामिछानेले अनाकमा पिटेको बताइन्छ । विहान प्रार्थना समयमै पुगेका विद्यार्थी पौडेललाई प्रार्थना समयमा आफूले नदेखेको भन्दै ‘प्रार्थना सकीएपछि मात्र आएको’ आरोपमा शिषकले बेस्सरी भकुरेका हुन्–सोही विद्यालयका एक विद्यार्थीले गुनासो गरे ।
त्यसो त यसअघि पनि पटक पटक सो विद्यालयमा विद्यार्थीलाई मरणसन्न हुनेगरी ुटीएको थियो ।
यसैबिच अयोग्य शिक्षक नियुत्ति र विदालयमा भएक अनियमितता सम्वन्धी उजुरीका आधारमा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले सो विदालयमा छापा मारेको छ । जिल्ला शिक्षा कार्यालयको पतिनिधी सहीतको टोली अख्तीयारको गाडी नै लिएर आइतवार दिँउसो एक बजे स्कुल पुगी आकश्मीक छापा मारेको हो । टोलीले कार्यरत शिक्षकको वायोडाटा, शैक्षिक योग्यताको प्रमाणपत्र र नियुक्तपत्र लगायतका केही जिन्सी सामानहरु आफूसंगै ल्याएको छ । छापाटोलीले सहन्यायधिवक्त श्रीधर सापकोटालाई प्रतिवेदन बुझाउने र त्यसपछि थय छानवीन अघि बढ्ने सूत्रको दावी छ ।
प्रहरी निरीक्षक श्रेष्ठले शिक्षा कार्यालयको टोल िसहीत अख्तयिार प्रतिनिधी विद्यालयमा आएको र योग्यतामा शंका लागेका शिक्षकहरुको बायोडाटा मागेकाले आफूले दिएर पठाएको बताए । उनले भने– खासै नया कुरा होइन, योग्यतामा प्रश्न उठेपनि पहिल्यै प्रक्रिया पुर्याएर स्थायी गराएकाले हामीले केही गर्ने होइन, माथीबाट जे गरीन्छ, हामीलाई थाहा भएन ।
शिक्षक लामिछानेसंग आफूले केरकार गर्दा ‘विद्याथी पौडेलले भनेको नमानेकाले एक थप्पड हानेको’ स्वीकारेको र विद्यार्थी र शिक्षक दुबै त्यस्तो अनुशासनहिन आफूले नपाएको उनले बताए ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply