भावी वकिललाई पेलान
काठमाडौं । भविष्यमा कानुन क्षेत्रमा लागेर कानुनविद् बन्ने सपना साँचेर एलएलबी अध्ययन गर्न विश्वविद्यालय आएका युवाहरू पेलानमा परेका छन् । उनीहरू कानुन संकाय अध्ययन गर्ने नेपाल ल क्याम्पस तथा केन्द्रीय कानुन विभागका कारण होइन, परीक्षा नियन्त्रण कार्यालयको लापरवाही कारण पेलानमा परेका हुन् ।
एलएलबी प्रथम वर्षको परीक्षा दिएर नतिजाको पर्खाइमा बसेका विद्यार्थीहरूको कार्यालयको कारण अहिले आजित बन्न पुगेका छन् । परीक्षा नियन्त्रण कार्यालयले परीक्षामा सहभागी विद्यार्थीहरूलाई गयल गरेको छ भने गयल भएकालाई भने उत्तीर्ण गराइएको छ । यो वर्ष नतिजा सार्वजनिक गरिएका २१ सय विद्यार्थीमध्ये त्रि–चन्द्र क्याम्पसमा परीक्षा केन्द्रमा परेका विद्यार्थीहरूमाथि भने त्यस्तो लापरवाही भएको बताइन्छ ।
परीक्षाको नतिजा आएको दुई दिन नपुग्दै प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा दुई सयभन्दा बढी विद्यार्थी नतिजामा गलत भएको भन्दै क्याम्पस पुग्ने गरेको क्याम्पस प्रशासनले जनाएको छ । प्रशासनले भने आफूहरूले परीक्षा नियन्त्रण कार्यालयलाई सोबारेमा जानकारी दिइसकेको र बाँकी निर्णय उसैले गर्ने बताएको छ ।
त्यसो त पनिकाले लामो समय नतिजा सार्वजनिक नगर्ने र गरे पनि गलत ढंगले गर्ने गर्दा आफूहरूको भविष्य अन्योलमा परेकाले लेजर विवरण आइसकेपछि पनि गल्ती नसच्चिए आफूहरूको न्यायका लागि अदालत जाने तयारी गरिरहेको विद्यार्थी प्रदीप अधिकारीले बताए ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply