शिक्षामा मन्त्रीपतिको हस्तक्षेप
काठमाडौं । शिक्षा मन्त्रालयभित्रका सरुवा, बढुवालगायत महत्त्वपूर्ण निर्णयहरूमा मन्त्रीका पतिको हस्तक्षेप बढ्न थालेपछि कर्मचारीहरू आजित बन्न पुगेका छन् । शिक्षामन्त्री चित्रलेखा यादवका पति श्रीकृष्ण यादवको प्रत्यक्ष हस्तक्षेपका कारण पनि मन्त्री यादव बदनाम बन्न पुगेकी छन् । सोही कारण उनी आफ्नो मन्त्रालयभित्र मात्र होइन, बाहिरसमेत आलोचित बन्न पुगेकी छन् ।
मन्त्रालयका कर्मचारीले कुनै पनि फाइल मन्त्रीकहाँ पुर्याउनुअघि मन्त्रीका श्रीमान् यादवकहाँ सदर गराउनुपर्ने भएपछि पतिको भरमा मन्त्री चल्न थालेको भन्दै कर्मचारीले उनको आलोचना गर्न थालेका छन् । फाइल हेरेर आर्थिक लेनदेनमा मन्त्रीपति सन्तुष्ट भएपछि मात्र मन्त्रीकोमा फाइल पुग्ने गरेको एक भुक्तभोगीले बताए । उनै यादवले १० लाख रुपियाँ लिएर उपसचिव दुर्गा अर्याललाई बढुवा गर्न दबाब दिएपछि गएको आइतबार मन्त्रीले मन्त्रालयमा नै उच्च माध्यमिक परिषद्को बैठक बोलाएकी थिइन् । उनले प्रधानमन्त्री सुशील कोइराला, आफूलाई मन्त्री बनाउन जोड गर्ने शेरबहादुर देउवालगायतलाई समेत बेवास्ता गर्दै अर्याललाई जसरी पनि बढुवा गर्न कम्मर कसेर लागेका मन्त्रीले बोर्ड बैठकको दिन परिषद्का २७ जना कर्मचारीले ‘पैसाको चलखेल गरी सहसचिव बढुवा गरे’ सामूहिक राजीनामा दिने धम्की दिएपछि मात्र अर्याललाई सहसचिब बनाउनबाट रोकिएको थियो ।
परिषद्ले २०६९ भदौ २२ गते सहसचिवका लागि सार्वजनिक विज्ञापन गरेको थियो । आन्तरिक कार्य मूल्यांकनका आधारमा गर्ने भनिएको बढुवा आर्थिक चलखेलका कारण अहिलेसम्म रोकिएको बताइन्छ । विवादास्पद अर्यालबारे छानबिन गरी बढुवाका लागि योग्य हो वा होइन भन्ने सुझाव दिन ३ सदस्यीय कमिटी बनाएकी छन् । शिक्षा सचिव विश्वप्रकाश पण्डितको संयोजकत्वमा गठित सो समितिका सदस्यहरूमा रामेश्वर उपाध्याय र घनश्याम पाठक रहेका छन् । हुन त परिषद्मा कार्यरत सहसचिव नारायण कोइराला र उपसचिव दुर्गा अर्याल दुवै जना ढुलमुले चरित्रका व्यक्ति हुन् । जुन पार्टीबाट मन्त्री बन्छ, उसैको कार्यकर्ता बनी छेपारोले रंग फेरेझैं आफूलाई फेर्न सक्ने उनीहरूको खुबी रहेको बताइन्छ । उपसचिव अर्याललाई परीक्षा र सम्बन्धन दुई महत्त्वपूर्ण महाशाखाको जिम्मेवारी दिइएको छ । तर, अन्य उपसचिव भने जिम्मेवारीविहीन छन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
Leave a Reply