बन्द एउटा ढुकढुकी
तत्कालीन समयमा एक मात्र सञ्चारमाध्यमका रूपमा रहेको रेडियो नेपालबाट हरेक प्रहरजस्तो नै प्रसारण गरिन्थ्यो ।
तर, सबै वर्ग र तप्काका लागि सुहाउँदो गीत गाउने, करोडौं मुटुहरूको ढुकढुकी छाम्ने पोखरेली गायक सरोजगोपालको केही दिनअघि मात्रै आफ्नै ढुकढुकी बन्द हुन पुगेको छ । तीस/चालीसको दशकमा खुबै चम्किएका गायकहरूको पहिलो लहरमा नै पर्ने सरोजगोपालको पोखरामा नै जीवनको अन्त्य हुन पुगेको छ । साहित्य, संगीत र कलाले समुन्नत पोखरेली प्रतिभाहरूमा निकै सम्मानित र विशिष्ट उचाइ पाएका गोपालले नेपाली सांगीतिक क्षेत्रमा बेग्लै स्थान बनाएका थिए । त्यही पोखराकै केही प्रतिभाहरूले आफूलाई राष्ट्रिय स्तरका प्रतिभामा दर्ज गराउनका लागि तत्कालीन व्यवस्था र शासकहरूको पाउमुनि टाउको निहुराए । तर, गोपालले भने विशुद्ध सांगीतिक कर्ममार्फत आफूलाई जन–जनमा भिजाउन मात्र तत्परता देखाए ।
कुनै पनि प्रतिभालाई चिन्ने एकाध सिर्जना मात्रै हुन्छन् । चाहे त्यो साहित्य–लेखनको सन्दर्भमा होस् वा सिर्जनाका अरू विधा र माध्यमहरूमा नै किन नहोस् । एकाध जीवन्त सिर्जनाले नै सर्जकहरूको पहिचानलाई जीवन्त राखेका हुन्छन् । सरोजगोपालको सांगीतिक जीवनलाई सिंगार्न अरू गीतहरूले विशेष भूमिका खेले होलान् तर ‘देउराली उकाली चढेर, विजयपुर खोला तरेर…’ नै उनको सांगीतिक दौडमा ‘गोल्डमेडल’ प्राप्त गीत हो । तीसको दशकमा नै चम्किएको यो गीतमा उनले पोखराको तत्कालीन परिवेशलाई उजिल्याउने प्रयत्न गरेका छन् । स्थानीय परिवेश, स्थानको पहिचान र जनजीवनका सुस्केराहरूलाई उनले यो गीतमा राम्ररी समेट्ने चाँजो मिलाएका छन् । मूलत: यो गीतमा उनले बाल्यावस्थाको प्रेम–प्रसंगलाई उल्लेख गरे पनि त्यसले समाजको तहलाई कति गहिराइसम्मै छोएको छ भन्ने छर्लंगै देखाउँछ ।
सरोजगोपालको सुमधुर स्वरले देश–विदेश तरंगित हुँदाताका पोखराले राष्ट्रिय जीवनमा धेरै नै प्रतिभा दिइसकेको थियो । जनकविकेशरी धर्मराज थापा, अलि मियाँ, झलकमान गन्धर्वजस्ता प्रतिभाले एउटा स्थान बनाइसकेका थिए । त्यही क्रममा, सरोजगोपालसँगै अरुण थापाजस्ता प्रतिभाले पनि आफूलाई माथि उठाइसकेका थिए । सरोजगोपालकै पदचिन्ह पछ्याउँदै कर्णदास, तिलकबम मल्ल, हरिदेवी कोइराला र अझ पछिल्लो समयमा धर्मेन्द्र सेवानजस्ता प्रतिभाले पोखराको सांगीतिक माहोल तताउन आ–आफ्नो तहबाट योगदान दिइरहेका छन् । यी सबै सरोजगोपालजस्ता सांगीतिक क्षेत्रमा क्रियाशील एवम् पोखराको सांगीतिक क्षेत्रको जग बसाल्ने प्रतिभाहरूकै योगदानका
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply