संसदीय समितिको सभापतिमा को–को ?
काठमाडौं । सभामुख सुवास नेम्वाङले भदौ ४ गतेका लागि व्यवस्थापिका–संसद्अन्तर्गतका ११ समितिका सभापति चयनको मिति तोकेपछि दलहरूले नाम टुंगो लगाएका छन् । आजबाट प्रक्रिया सुरु हुने भएकाले हिजो साँझसम्म उनीहरूले नाम टुंगो लगाएको स्रोतले बतायो ।
एमाले र कांग्रेसले चार–चार, एमाओवादीले दुई, राप्रपा नेपालले एक, मधेसी दलहरूले एक र अन्य साना दलले एक सभापति पाउने गरी सहमति भएको थियो । यसपटक सभापतिको मौका पाउन लागेकोमा अधिकांश युवा अनुहार छन् ।
स्रोतका अनुसार, कांग्रेसका तर्फबाट संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा यसअघिकै कुलबहादुर गुरुङ, राज्य व्यवस्था समितिको सभापतिमा दिलबहादुर घर्ती, कृषि तथा जलस्रोत समितिको सभापतिमा गगनकुमार थापा र उद्योग समितिको सभापतिमा भीष्मराज आङदम्बे सभापति हुँदैछन् ।
यसैगरी, एमालेका तर्फबाट अर्थ समितिको सभापतिमा प्रकाश ज्वाला, विकास समितिको सभापतिमा रबीन्द्र अधिकारी, महिला तथा बालबालिका समितिको सभापतिमा रञ्जुकुमार झा र सुशासन समितिको सभापतिमा शेरधन राईले मौका पाउँदैछन् ।
एमाओवादीले पाएको परराष्ट्र तथा मानवधिकार समितिको सभापतिमा प्रभु साहको नाम तय भएको छ । उसले पाएको सार्वजनिक लेखा समितिमा यसअघि नै जनार्दन शर्मा सभापति भइसकेका छन् । उता, राप्रपा नेपालले पाएको समितिमा सुशीलकुमार श्रेष्ठ सभापति बन्दैछन् ।
समितिको सभापति हुन त्यही समितिको सदस्य हुनुपर्ने भएकाले कसैको नाम फेरबदल गर्नुपर्ने भएमा आइतबार साँझसम्मका लागि सभामुख नेम्वाङले समय दिनुभएको थियो । परिवर्तन भएका नौ नाम आजको बैठकमा घोषणा हुने बताइएको छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply