कांग्रेसको आडमा जिशिअको मनपरी
गुल्मी । कांग्रेसले सरकारमा सहयात्राको भावना भुलिरहेका बेला यसको प्रभाव जिल्लामा पनि परेको छ । जसको उदाहरण गुल्मी जिल्ला शिक्षा कार्यालय भएको छ । कांग्रेसको पहलमा सरुवा भएर गुल्मी गएका दिनेशकुमार श्रेष्ठ साउन २ गते विभिन्न विवादास्पद निर्णय गरी साउन ३ गतेदेखि फरार भएका छन् ।
अर्खले मावि अर्खले र सिर्सेनी प्रा.वि. सिर्सेनीका दुई जना शिक्षकलाई शिक्षा नियमावलीको धज्जी उडाउँदै व्यवस्थापन समितिको सहमतिविपरीत घुस खाएर सरुवा गरेको रहस्य खुलासा भएको छ । शिक्षक सरुवा गर्दा कार्यरत रहेको विद्यालय र जान चाहेको विद्यालयको व्यवस्थापन समितिको सहमतिमा जिल्ला शिक्षा कार्यालयले सरुवा गर्न पाउने नियममा उल्लेख छ । त्यसका साथै ती दुवै विद्यालय व्यवस्थापन समितिको म्याद पनि निजहरूको सरुवा हुनुअगावै समाप्त भइसकेको स्रोतले बताएको छ । त्यसैगरी, जिशिअ श्रेष्ठले अर्बेनी गाविसमा रहेको भगवती उच्च माविको व्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त न्यौपानेको किर्ते हस्ताक्षर गरी आफ्ना मान्छेको पायक पर्ने ठाउँमा सरुवा गरेका छन् । त्यसको विरोधमा न्यौपानेले आफूले गर्दै नगरेको हस्ताक्षर किर्ते गरी जिल्ला शिक्षा कार्यालयले फसाउन खोजेकाले सम्बन्धित निकायमा छानबिनका लागि उजुरी दिने भन्दै विरोध गरेका छन् ।
हालै पदस्थापनका चरणमा रहेका शिक्षकहरूलाई समेत पहुँच र पैसाका आधारमा विषय परिवर्तन गरेर पदस्थापन गर्न खोजिरहेको रहस्य पनि खुल्न आएको छ । हिमालय उच्च मावि हस्तीचौरमा निमावि र माविमा तीन वटा अंग्रेजी शिक्षकको दरबन्दी भएको र विज्ञानको दरबन्दी आवश्यक भएकोमा पहँुच र पैसाको भरमा फेरि पनि अंग्रेजीकै शिक्षक पठाएका छन् । जहाँ दुई वर्षदेखि निजी स्रोतबाट विज्ञान विषयको शिक्षकलाई काममा लगाइएको छ । श्रृङ्गा जनता उच्च माविमा पनि विज्ञानको मावि दरबन्दी अनुसार शिक्षक हुँदाहँुदै सामाजिक विषयको शिक्षकलाई त्यहाँ विज्ञान दरबन्दी अनुसार सरुवा गरी सामाजिकलाई विज्ञानमा परिणत गरिएको छ । धर्मपुर उच्चमावि ठूलो लुम्पेकमा पनि दुई वटा गणित शिक्षक भएको र नेपाली शिक्षक आवश्यक परेको ठाउँमा फेरि पनि विषय परिवर्तन गरी गणित विषयकै शिक्षक पठाउने तयारी गरिएको छ ।
आत्मबोध उच्च मावि मानकोटमा गणित शिक्षक चाहिएको ठाउँमा प्रधानाध्यापका छोरा सरद ज्ञवाली नेपाली विषयमा नाम निकालेका व्यक्तिलाई गणितको दरबन्दीमा लैजाने तयारी गरिएको छ । अझै पनि जिल्लामा १२ वटा विद्यालय दरबन्दीविहीन छन् । तर, जिशिअको घुस्याहा प्रवृत्तिका कारण १२ वटा दरबन्दी जिशिकामै लुुकाएर राखी दरबन्दीबापतको तलब सुविधा निकालेर अनियमितता गरेका छन् र सम्बन्धित पेसाकर्मीले बताए अनुसार नयाँ शिक्षक नियुक्ति गर्ने सन्दर्भमा १४३ वटा दरबन्दी पूर्ति गर्नुपर्ने ठाउँमा ११३ वटा मात्र दरबन्दी देखाएर अरू ३० वटा दरबन्दी आफ्ना मान्छेलाई पायक पर्ने ठाउँमा जस्तै सदरमुकाम र आसपासका बजार क्षेत्रले छोएका गाविसमा लानका लागि लुकाएको रहस्य पनि खुलेको छ र सहायक जिशिअ दिपेन्द्र ढकाल पनि शिक्षक पदस्थापनाको सूचना निकालेर जिल्ला छोडी काठमाडांै लागेको बताइएको छ । जिशिअका यस्ता खालका हर्कतले गर्दा जिल्ला शिक्षा कार्यालय गुल्मी केही दिनदेखि तनावग्रस्त छ र साउन २८ गते जिशिअले काठमाडौंबाट फोन गरेर मलाई लिन गाडी पठाइदिनुहोस् र ३० गतेसम्म गुल्मी फर्केर सबै विवादित विषयहरू बैठकमार्फत टुंगो लगाउँला भनेपछि गाडी लिएर काठमाडौं आई सम्पर्क गर्दा जिशिअ सम्पर्कविहीन भएको निमित्त जिविस अधिकारी विष्णुप्रसाद ज्ञवलीले बताएका छन ।
यसको विरोधमा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य हिरा एसीको संयोजकत्वमा आन्दोलन भइरहेको छ । जिशिअले नियम पद्धतिको धज्जी उडाउँदै जथाभावी कार्यालय चलाउन खोजेकाले कामकारबाहीलाई पद्धतिसंगत गराउनका लागि बाध्य भएर आन्दोलन गर्नुपरेको बताइएको छ । नेपाली कांग्रेसका स्थानीय नेताहरू गुल्मी जिल्ला शिक्षक संघका अध्यक्ष प्रेम भण्डारी, गुल्मी जिल्ला पार्टी उपसभापति भुवन श्रेष्ठ र सभासद् चन्द्र भण्डारीका निकट मानिने खिलध्वज पन्थी जिशिअ दिनेशकुमार श्रेष्ठलगायतका व्यक्तिहरू प्रेम भण्डारीको घरमा बसेर यस्तो खालको योजना बनाएको बताइन्छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply