कविहरू सुन्दरीजलतिर
सुन्दरीजल । काठमाडौंको ओख्रेनी मावि, सुन्दरीजल–८, सहिदघाटको आयोजनामा शुक्रबार विद्यालयमा ‘सुन्दरीजल कवितायात्रा २०७१’ सम्पन्न भएको छ । सो अवसरमा स्रष्टाहरूले सुन्दरीजलको झरना र बीपी संग्रहालयको पनि अवलोकन गरेका थिए ।
कार्यक्रममा कवि रत्ननिधि रेग्मी शुक्राचार्य, श्याम रिमाल, धर्तीचन्द्र यात्री, सविना सिन्धु, मणिराम कोइराला हतभागी र पुण्य गौतम विश्वासले प्रकृति र समसामयिक कविता तथा स्थानीय कवि शेरबहादुर लामाले सुन्दरीजलसम्बन्धी कविता वाचन गर्नुभयो भने चित्रकलाकार डा.रामकुमार भौकाजीले सुन्दरीजलबाट देखिने दृश्य चित्रमा उतार्नुभएको थियो ।
सो अवसरमा कार्यक्रम संयोजक कवि तथा निबन्धकार यात्रीले रत्नपार्कबाट करिब १३ किमिको दूरीमा रहेको सुन्दरीजल जस्तो प्राकृतिक, ऐतिहासिक तथा सांस्कृतिकस्थलको भ्रमण गरी लाभान्वित हुन सबैलाई आग्रह गर्नुभयो ।
विद्यालयका कामु प्रअ चिरञ्जीवी सिंखडाले आगामी दिनमा सुन्दरीजलमा स्रष्टाहरूसँग नियमित भेटघाट र अन्तक्र्रिया गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कवितायात्राको सहयोगी स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड बनेपा–१०, काभ्रेपलाञ्चोक थियो ।
नयाँ पाटी गाविस–२ बीपीचोकमा अवस्थित संग्रहालय भ्रमणका क्रममा संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले सहभागी स्रष्टा तथा सभासद् सुुनिल यादव र पूर्वसभासद् एवम् नेपाली कांग्रेस रौतहटका सभापति कृष्ण यादवको स्वागत गर्दै संग्रहालयबारे जानकारी दिनाका साथै यही भदौ २४ मा हुने बीपी यात्रामा सहभागी हुन आमन्त्रण गर्नुभयो । सो दिन संग्रहालयमा रहेको रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनको सालिकको अनावरण गरिने बताइएको छ । उहाँहरूलाई बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, जमानसिंह गुरुङ र प्रेमराज आङ्दम्बेसँगै सुन्दरीजल कारागारमा राखिएको थियो ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply