सरकारी अड्डामा भद्रगोल
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी अड्डामा गरेको आकस्मिक छड्केमा ती कार्यालयमा भद्रगोल अवस्था पाएको छ । केन्द्रले भदौ पहिलो साता २६ मन्त्रालय, ४७ विभाग र १० ठूला सार्वजनिक संस्थानमा सुशासन सम्बन्धी केही सूचकहरूको अनुगमन निगरानीका क्रममा कर्मचारी बिदा नलिई अनुपस्थित हुने गरेको तथा निर्धारित पोसाक नलगाई कार्यालय आउने गरेको भेटिएको केन्द्रले जनाएको छ ।
ती कर्मचारीको विवरण संकलन गरी केन्द्रले कारबाहीका लागि सम्बन्धित मन्त्रालयमा लेखी पठाएको छ । केन्द्रको अनुगमनको क्रममा ३ सय ३३ कर्मचारी अनुपस्थित भेटिएको र ८२ जना निर्धारित पोसाक नलगाई आएको भेटिएको केन्द्रले जनाएको छ ।
त्यस्तै, अनुगमन गरिएका विभागका २ सय ४३ जिल्ला स्तरका कर्मचारीलाई केन्द्रीय स्तरमा काजमा राखिएको र सरुवा मापदण्ड तयार गरी लागू गर्नुपर्नेमा केही विभागले अटेर गरी सो मापदण्ड नै तयार नगरेको थाहा भएको छ । ती विभागका जिम्मेवार अधिकारीलाई पनि कारबाहीका लागि सम्बन्धित विभागमा लेखी पठाएको बताइएको छ । अनुगमनका क्रममा अधिकांश कार्यालयको विद्युतीय हाजिरी प्रणालीमा समस्या आई बन्द रहेको पाइएको अनुगमनमा संलग्न एक अधिकारीले बताए ।
यस्तै, केन्द्रले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गर्ने कर्मचारीको निगरानी गरी सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गर्न थालनी गरेको बताइएको छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply