पालुङका कृषकलाई प्रशिक्षण
पालुङ । थाहा नगरपालिकाले समेटेका बज्रबाराही, दामन र पालुङका कृषकलाई प्रशिक्षण दिइएको छ । अखिल नेपाल किसान महासंघ थाहा नगर कमिटीले आयोजना गरेको कृषि प्रशिक्षण तथा अन्तक्र्रियामा सो क्षेत्रका कृषकहरूलाई कृषि विज्ञसँग अन्तक्र्रिया गराइएको थियो ।
कार्यक्रममा सुकुम्बासी समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष तथा नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य बद्रीप्रसाद लम्साल, रामचन्द्र राई, २ नम्बर क्षेत्रीय इन्चार्ज विष्णुप्रसाद ढकाल, नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष एवम् अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य एकराज उप्रेती, नेपाल कृषि सहकारी केन्द्रीय संघका लेखा समिति संयोजक महेश्वर सुबेदी, उपत्यका पेसागत विशेष बुद्धिजीवी जिल्ला कमिटीका सचिवालय सदस्य तथा थाहा नगर योजना तर्जुमा तथा समन्वय समिति संयोजक उमेश ढकाललगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य रामचन्द्र बल, राजु नापित, केदार बल, थाहा नगर कमिटी संयोजक अच्यूतमप्रसाद ढकाल, २ नम्बर क्षेत्रीय कमिटीका उपसचिव घनश्याम अमात्य, प्रेस चौतारी उपत्यका समितिका अध्यक्ष शन्तराम बिडारीलगायतको उपस्थिति थियो ।
अध्यक्ष हरिबोल बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बिमलकुमार ढकालले गर्नुभएको थियो ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
Leave a Reply