प्रहरीमा भण्डारपालको मस्ती
काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयअन्तर्गत भण्डार शाखामा कार्यरत कर्मचारीका कारण सो शाखामा काम लिएर आउनेहरू वाक्कदिक्क हुन थालेका छन् । प्रधान कार्यालयको प्रमुख कमाइको अखडा मानिने सो शाखामा कार्यरत एक असईले प्रहरी निरीक्षकसम्मलाई पनि धुरुधुरु रुवाइसकेका छन् तर पनि उनको कसैले सरुवा गर्न
सकेको छैन ।
साधारण लेखपढ मात्र भएका सई एकराज भट्टको हालीमुहाली यसरी बढेको छ कि उनलाई प्रहरी निरीक्षकले समेत पहिले नै आएर ‘जय नेपाल भाइ’ नभने काम हुँदैन ।
कपडाको टेन्डर हुने बेलामा उनै भट्टले ठेकेदारहरूलाई नमुनाका रूपमा पेस गर्नुपर्ने १ मिटर कपडाको टुक्रा पनि ५ हजार रुपियाँ लिएर बेच्ने गरेको बताइन्छ । प्रहरीसँगै किनेको कपडा भएपछि टेन्डरमा खोजेकै जस्तो गुणस्तर हुने भएकाले ठेकेदारहरू उनीसँगै एक टुक्राको ५ हजार रुपियाँ तिर्न बाध्य छन् । वर्षमा २ पटक प्रधान कार्यालयले वर्किङ ड्रेस र चुस्ताका लागि बोलपत्र आह्वान गर्नेगर्छ । प्रधान कार्यालय जस्तो संवेदनशील स्थानमा कम्तीमा पनि एसएलसी पास गरेका व्यक्ति राख्नुपर्नेमा वर्षांैदेखि उनी भण्डारलाई नै आफ्नै ससुरालीजस्तो मानेर राइँदाइँ गरिरहेका छन् । भट्टभन्दा दक्ष अन्य थुप्रै कर्मचारीहरू प्रधान कार्यालयमा रहे पनि उनैलाई हरेक हाकिमले विश्वासी ठान्नुको कारण उनले आफूभन्दा माथिका हाकिमलाई नजराना चढाउनु नै रहेको स्रोतको दाबी छ । उनले ‘प्रशासनमा जोसुकै हाकिम आए पनि आफूलाई हटाउन नसक्ने र सो शाखा छोड्नुपरेमा १ मिनेट पनि जागिर नखाने’ भन्दै साथीहरूबीच बताउन थालेका छन् । १० वर्षदेखि भण्डारमा बसेर लामोहात गर्ने अवसर पाएका उनी प्रहरीका विभिन्न क्षेत्रीय कार्यालयबाट सामान लिन आउने चालकहरूसँग ‘आफूलाई पनि गाडी चलाउन दिनुपर्ने’ भन्दै यत्तिकै पनि सामान पठाउन ढिलासुस्ती गरिदिने गरेको बताइन्छ । थोरैतिनो भए पनि कोसेली ल्याइदिएन भने ‘फुर्सत छैन’ भन्दै सामान दिन पनि ढिलो गर्ने गरेको एक भुक्तभोगीले बताए । उनलाई हिजो ‘के के न गर्छु’ भनेर प्रशासनमा आएका एआईजी राजेन्द्रसिंह भण्डारीदेखि प्रबन्धका डीआईजी श्याम खड्काको समेत रहस्यमय समर्थन थियो । भण्डारको रेकर्ड शाखामा बस्न जिन्सी तालिम लिनु अनिवार्य भए पनि उनले भने सो तालिम समेत नलिएरै काम गरिरहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply