सर्वोत्कृष्ट ट्रेड युनियन अवार्ड वितरण
काठमाडौं । नेपाल स्वतन्त्र होटेल, क्यासीनो तथा रेष्टुरेन्ट मजदुर युनियनले ३४ औं स्थापना दिवश भव्य रुपमा मनाएको छ । शनिवार राजधानीमा एक कार्यक्रम गरी युनियनले ३४ औं स्थापना दिवश मनाएको हो ।
सो अवशरमा युनियनले देशभरीका १०० भन्दा बढी शाखा मध्येबाट होटल सोल्टी क्राृउन प्लाजालाई सर्वोत्कृष्ट ट्रेड यसनियन अर्वाड प्रदान गरीयो । कार्यक्रममा स्वर्गिय माधव न्यौपाने छात्रवृती अर्वाड छात्र वर्षा श्रेष्ठ र छात्रा सुशान्त बास्कोटालाई प्रदान गरीयो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टका महासचिव विष्णु लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता युनियनका केन्द्रीय अध्यक्ष सुर्य कुवरले गरेका थिए । कार्यक्रममा युवा विभागले आयोजना गरेको भलिवल प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद, प्रमाणपत्र, शिल्ड र ट्रफी प्रदान गरीएको थियो ।
कार्यक्रममा होटेल संघ नेपालका कोषाध्यक्ष घनेन्द्र श्रेष्ठ, नेपाल रेष्टुरेन्ट संघका अध्यक्ष प्रमोद जैसवाल, एमाओवादी निकट होटल मजदुर संघका महासचिव मिलन मल्ल तथा विभिन्न होटेल प्रतिष्ठानका व्यवस्थापन प्रतिनिधीहरूको उपस्थीती थियो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफन्टको ऐक्यवद्धता कोषका लागि विभिन्न ७ वटा प्रतिष्ठानले २५–२५ हजार रुपिंया प्रदान गरेका थिए ।
महासचिव दिपक सापकोटाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुनिता थापाले स्वागत मन्तन्य राख्नुभएको थियो ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply