खाद्य संकटको चेतावनी
काठमाडौं। कृषि प्रधान देश नेपालमा बढ्दो जनसंख्यासागै खाद्यन्न उत्पादन बढाउन नसके मुलुकमा खाद्यन्न संकट र भोकमरी हुने कृषक अगुवाहरूले चेतावनी दिएका छन ।
नेपालको समग्र कृषि विकास र उत्पादनमा आत्मनिर्भर बनाउन राज्य उदासिन समेत रहेको उनीहरूको गुनासो छ । सोमवार राष्ट्रिय कृषि सञ्जाल नेपालले आयोजना गरेको समृद्धिका लागि कृषिको भूमिका बिषयक अन्तक्रिया कार्यक्रमका सहभागी कृषक अगुवाहरूले यस्तो चेतावनी दिएको हो ।
कार्यक्रममा कृषि विज्ञ एव धान विशेषज्ञ भोलामान सिंह बस्नेतल बढ्दो जनसंख्या र घट्दो जग्गाका कारण दिन प्रति दिन खाद्यन्न उत्पादनमा ह्रास आइरहेको भन्दै अब पनि खाद्यन्न उत्पादनमा राज्यले ध्यान नदिए मुलुक भोकमारीको भुमरीमा फस्ने बताउनुभयो । उहााले जनसख्याको वृद्धिसागै धान उत्पादनमा राज्यले विशेष ध्यान नदिए खाद्यन्न संकट बढने भनाई थियो ।कार्यक्रममा राष्ट्रिय कृषि सञ्जालका अध्यक्ष माधव कोइरालाले कृषि पेशालाई सम्मानित पेशाको रुपमा मान्यता नपाएसम्म नेपालको समग्र कृषि विकास हुन नसक्ने भन्दै कृषि विकास पछि पर्नुमा राज्य नै बढी जिम्मेवार रहेको आरोप थियो । उहााले आवश्यक श्रोत साधन उपलब्ध नहुनु, कृषिको व्यवसायिकरणमा ध्यान नदिनु र राज्य समग्र कृषि विकासमा सिंहदरबार केन्द्रित मात्र हुनाले कृषिको विकास हुन नसकेको भनाई थियो । कार्यक्रमा सहभागी विभिन्न जिल्ला बाट आएका अगुवा कृषकहरूले कृषि विकासका नाउामा आएका अरवौं रकम र स्रोत साधान तल्लो किसानसम्म पुग्न नसकेको भन्दै आर्थिक हिनामिनाले कृषि विकासमा राज्य गैर जिम्मेवार बनेको आरोप थियो । उनीहरूले राज्य गाउा तहमा किसानमुखी ठोस कार्यक्रम लान नसक्नु र दाताहरूले दिएको रकम पनि कागजमा मिलाएर भ्रष्टचार नरोकिएसम्म नेपालमा कृषिको विकास र खाद्यन्न संकट रोक्न नसकिने भनाइ थियो ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply