खाद्य संकटको चेतावनी
काठमाडौं। कृषि प्रधान देश नेपालमा बढ्दो जनसंख्यासागै खाद्यन्न उत्पादन बढाउन नसके मुलुकमा खाद्यन्न संकट र भोकमरी हुने कृषक अगुवाहरूले चेतावनी दिएका छन ।
नेपालको समग्र कृषि विकास र उत्पादनमा आत्मनिर्भर बनाउन राज्य उदासिन समेत रहेको उनीहरूको गुनासो छ । सोमवार राष्ट्रिय कृषि सञ्जाल नेपालले आयोजना गरेको समृद्धिका लागि कृषिको भूमिका बिषयक अन्तक्रिया कार्यक्रमका सहभागी कृषक अगुवाहरूले यस्तो चेतावनी दिएको हो ।
कार्यक्रममा कृषि विज्ञ एव धान विशेषज्ञ भोलामान सिंह बस्नेतल बढ्दो जनसंख्या र घट्दो जग्गाका कारण दिन प्रति दिन खाद्यन्न उत्पादनमा ह्रास आइरहेको भन्दै अब पनि खाद्यन्न उत्पादनमा राज्यले ध्यान नदिए मुलुक भोकमारीको भुमरीमा फस्ने बताउनुभयो । उहााले जनसख्याको वृद्धिसागै धान उत्पादनमा राज्यले विशेष ध्यान नदिए खाद्यन्न संकट बढने भनाई थियो ।कार्यक्रममा राष्ट्रिय कृषि सञ्जालका अध्यक्ष माधव कोइरालाले कृषि पेशालाई सम्मानित पेशाको रुपमा मान्यता नपाएसम्म नेपालको समग्र कृषि विकास हुन नसक्ने भन्दै कृषि विकास पछि पर्नुमा राज्य नै बढी जिम्मेवार रहेको आरोप थियो । उहााले आवश्यक श्रोत साधन उपलब्ध नहुनु, कृषिको व्यवसायिकरणमा ध्यान नदिनु र राज्य समग्र कृषि विकासमा सिंहदरबार केन्द्रित मात्र हुनाले कृषिको विकास हुन नसकेको भनाई थियो । कार्यक्रमा सहभागी विभिन्न जिल्ला बाट आएका अगुवा कृषकहरूले कृषि विकासका नाउामा आएका अरवौं रकम र स्रोत साधान तल्लो किसानसम्म पुग्न नसकेको भन्दै आर्थिक हिनामिनाले कृषि विकासमा राज्य गैर जिम्मेवार बनेको आरोप थियो । उनीहरूले राज्य गाउा तहमा किसानमुखी ठोस कार्यक्रम लान नसक्नु र दाताहरूले दिएको रकम पनि कागजमा मिलाएर भ्रष्टचार नरोकिएसम्म नेपालमा कृषिको विकास र खाद्यन्न संकट रोक्न नसकिने भनाइ थियो ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
Leave a Reply