यस्तो पनि हुने रहेछ !
काठमाडौं । अदालतको ढोकामा मुद्दा पनि कस्ता–कस्ता आइपुग्छन् † अहिले काठमाडौं जिल्ला अदालतमा जारी एक मुद्दामा आफन्तहरूबीचकै आरोप–प्रत्यारोप सुनेर सुन्नेहरू अचम्ममा पर्न थालेका छन् ।
प्रसंग, इन्दिरा रेग्मी र जीतेन्द्र रेग्मीबीच अंशबण्डा मुद्दाको हो । आमा इन्दिराविरुद्ध अंश माग गर्दै छोरा जीतेन्द्रले जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेका थिए । बालाजु क्षेत्रमा ३ करोड मूल्य पर्ने सम्पत्ति आमा इन्दिराको संयुक्त नाममा भए पनि एकलौटी रुपमा भोगचलन गरेकाले आफूलाई पनि दिलाइदिन माग गर्दै छोरा जीतेन्द्र अदालत गएका हुन् । तर, आमाले भने विनोद शर्माको नाममा सो सम्पत्ति नामसारी गरिसकेको कुरा छोरा जीतेन्द्रले चाल पाएपछि विनोद शर्मा विरुद्ध पनि लिखत बदर र दृष्टिबन्धक बदरको लागि मुद्दा परेको छ ।
जीतेन्द्र क्यानडामा रहने गैरआवासीय नेपाली हुन् भने उनको श्रीमतीसँग पारपाचुके भइसकेको छ । चार आना जग्गा र त्यसमा बनेको घर आमा–छोरा र परिवारको अन्य सदस्यको संयुक्त नाममा रहेको थियो । औपचारिकपमा पारपाचुके नभए पनि ०४० सालदेखि नै इन्दिरा र उनका श्रीमान् मुकुन्दबीच सम्पत्ति बाँडफाँड भएर अलग बस्दै आएका थिए । तर, ०४७ सालमा छोरी जन्मिएकी भनेर पुजा रेग्मीको नाममा इन्दिराले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ०६९ मा नागरिकता प्रमाणपत्र दिलाएको देखिन्छ । प्रशासकीय अधिकृत युवराज मैनालीले जारी गरेको सो नागरिकताको नम्बर २७१०६० छ । जुन नागरिकतामा बाबुको नाम मुकुन्द रेग्मी नै उल्लेख छ । तर, मुकुन्दले आफूले छोरी नै नजन्माएको र आफ्नो नाममा सनाखत गरिएको किर्ते भएको दाबी गर्दै फिरादपत्र दर्ता गराउने तयारी गरेका छन् ।इन्दिराले हँुदै नभएकी छोरी पूजालाई देखाई आफ्नो अंश हडप्न खोजेको छोराको आरोप छ । दुग्ध विकास संस्थानमा कार्यरत इन्दिरा र विनोद शर्माबीच आपसमा निकै ‘विश्वास’ बढेकाले नै आफ्नो नाममा रहेको सम्पत्तिसमेत हस्तँन्तरण गर्न सफल भएको छोराको आरोप छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजुबाट वडाको जन्मदर्ता र सिफारिस बनाएर नागरिकता प्रमाणपत्र लिएको देखिन्छ । तर, अहिले नक्कली छोरी ल्याएर किर्ते जालसाजी गरी नागरिकता बनाएको मुकुन्दको दाबी छ । आमा इन्दिराले आफूले जन्माएको नभई सालनालसहित ल्याएर हुकाई धर्मछोरी दाबी गरे पनि कानुनी रुपमा धर्म पुत्र–पुत्रीको कुनै प्रमाणपत्र नलिएकाले त्यो बहाना र नाटक मात्र भएको छोरा जीतेन्द्र बताउँछन् । ०४७ सालको जन्ममिति राखेर उक्त नागरिकता प्रमाणपत्र कसरी बन्यो, त्यो भने छानबिन गर्नुपर्ने आवाज उठेको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
Leave a Reply