पुस १८ मा एमालेका देशैभरि भेला
काठमाडौं । नेकपा (एमाले)ले माघ ८ भित्रै संविधान जारी गर्नका लागि देशव्यापी दबाब दिने भएको छ । माघ ८ गतेभित्रै संविधान निर्माणका लागि अनुकूल वातावरण निर्माण गर्न यही पुस १८ मा देशैभरि सभा गर्न लागेको हो ।
संविधानका अन्तरवस्तुमा पार्टी दृष्टिकोण स्पष्ट पार्न देशैभरि एकै दिन मुख्य सहरसहित सबै जिल्लामा बृहत् कार्यकर्ता भेला गर्न लागेको एमालेले जनाएको छ । सो कार्यक्रमका लागि पाटी केन्द्रले शीर्ष नेताहरूलाई प्रमुख वक्ताको रूपमा तोकेको छ ।
केन्द्रीय सचिवालयको एघारौं बैठकले उक्त कार्यकर्ता भेलालाई पार्टी अध्यक्षलगायत वरिष्ठ नेताहरू, पदाधिकारी एवम् अन्य नेताहरूले सम्बोधन गर्नेगरी जिम्मेवारी दिएको हो । जसअनुसार जनकपुरमा अध्यक्ष केपी शर्मा ओली, विराटनगरमा वरिष्ठ नेता झलनाथ खनाल, वीरगञ्जमा नेता माधवकुमार नेपाल, नेपालगञ्जमा उपाध्यक्ष वामदेव गौतम, पोखरामा उपाध्यक्ष विद्यादेवी भण्डारी, धनगढीमा उपाध्यक्ष युवराज ज्ञवाली, महेन्द्रनगरमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र बुटवलमा उपाध्यक्ष भीम रावलले सम्बोधन गर्नुहुनेछ ।
यसैगरी, लहानमा महासचिव ईश्वर पोखरेल, चितवनमा उपमहासचिव विष्णुप्रसाद पौडेल, सुर्खेतमा उपमहासचिव घनश्याम भुसाल, हेटौंडामा सचिव प्रदीप ज्ञवाली, धनकुटामा सचिव पृथ्वीसुब्बा गुरुङ, बागलुङमा सचिव गोकर्णराज विष्ट र डोटीमा सचिव योगेश भट्टराईलाई जिम्मेवारी दिइएको छ । यसैगरी, अर्का सचिव भीम आचार्यलाई भने कतैको पनि जिम्मेवारी दिइएको छैन ।
पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्य, सभासद्हरू र अन्य नेताहरूले पनि विभिन्न जिल्लामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने योजना बनाएको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो । उक्त कार्यक्रमको संयोजनको जिम्मेवारी सम्बन्धित अञ्चलका इञ्जार्जहरूलाई सुम्पिने निर्णय पनि केन्द्रीय सचिवालयले गरेको छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply