नन्दप्रसादको दाहसंस्कारको व्यवस्था गर
सम्पादकज्यू,
आफ्नो छोराको हत्यासम्बन्धी घटनाका दोषीहरूलाई फौजदारी अभियोगमा मुद्दा चलाउन माग गर्दै गोरखा फुजेल गाविस–७ का नन्दप्रसाद अधिकारीको आमरण अनशन बसिरहेको अवस्थामा २०७१ साल असोज ६ गते वीर अस्पतालमा मृत्यु भएको र हालसम्म पनि उहाँको काजक्रिया हुन नसकेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको पुन: गम्भीर ध्यानाकर्षण भएको छ ।
उहाँका छोरा कृष्णप्रसादलाई तात्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरी हत्या गरेको र सो घटनापछि उहाँको परिवार आन्तरिक रूपमा विस्थापित भई न्यायप्राप्तिका लागि लामो समयसम्म संघर्षरत रहेकै अवस्थामा उहाँको मृत्यु हुनु र हालसम्म पनि सांस्कृतिक परम्पराअनुसार उहाँको दाहसंस्कार हुन नसक्नु मानव अधिकारको दृष्टिकोणले अत्यन्त दु:खद र दुर्भाग्यपूर्ण अवस्था हो ।
यस सम्बन्धमा २०७१ साल असोज ३१ गते नेपाल सरकारले नन्दप्रसादकी धर्मपत्नी गंगामायासमक्ष उहाँको पतिको स–सम्मान दाहसंस्कार गर्ने र छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई अविलम्ब कारबाही गर्नेलगायतका पाँचबुँदे लिखित प्रतिबद्धता गरेको स्मरण गराउँदै ‘नेपालको अन्तरिम संविधान, २०६३’ को धारा २३ को धर्मसम्बन्धी हक र ‘नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि’ को धारा २७ मा उल्लिखित धार्मिक तथा सांस्कृतिक अधिकारसम्बन्धी प्रावधानअनुरूप उहाँको धार्मिक परम्पराअनुसार दाहसंस्कारका लागि आवश्यक वातावरण यथाशीध्र तयार पार्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।
आयोगले उक्त घटनाको अनुसन्धान गरी दोषीउपर फौजदारी अभियोगमा कारबाही चलाउन र पीडित परिवारजनलाई क्षतिपूर्ति दिन नेपाल सरकारलाई २०६४ साल चैत २३ गते सिफारिस गरेको र सो हत्या प्रकरणसम्बन्धी अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिँदै आयोगले ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्’ को कार्यालयलाई २०७० साल साउन २८ गते पत्राचार गरेको पनि स्मरण गराउन चाहन्छ ।
– मोहना अन्सारी, प्रवक्ता, राष्ट्रिय मानवअधिकार आयोग
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply