‘नत्र चार वर्षमा पनि बन्दैन’
काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आगामी माघ ८ मा संविधान जारी नगर्ने हो भने अरू चार वर्षपछि पनि संविधान नवन्ने दाबी गर्नुभएको छ । युवा संघ नेपाल काठमाडौं जिल्लाले सोमबार राजधानीमा आयोजना गरेको ‘बढ्दो सडक दुर्घटना तथा न्यूनीकरण’ विषयक अन्तक्र्रियामा उहाँले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले प्रमुख दलबीच मिलनबिन्दु खोजेर भए पनि माघ ८ मै संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो । ‘एमाले आगामी माघ ८ मा संविधान जारी गर्न कतिसम्म लचिलो हुनुपर्ने हो त्यसमा तयार छ,’ उहाँले एमाओवादीप्रति लक्षित गर्दै भन्नुभयो, ‘कांग्रेस एमालेले पेलेर बहुमतका आधारमा संविधान जारी गर्न खोजे भनेर आरोप लगाउनेहरूले पनि हामी यो बिन्दुसम्म मिलेर जान तयार छौं भनेर प्रस्ताव ल्याउनुपर्यो नि ?’ नेपालले नेकपा (एमाले) कुनै पनि हालतमा जातीय संघीयताका पक्षमा नरहेको प्रस्ट पार्दै एमाओवादी लचिलो भए त्यसको मिलनबिन्दु खोज्न सकिने बताउनुभयो । ‘मैले एमाओवादीका नेताहरूलाई मिलनबिन्दुको प्रस्ताव ल्याउनुहोस् भनेको छु,’ नेपालले भन्नुभयो, ‘उहाँहरू संविधान जारी गर्ने पक्षमा हुनुहुन्छ भने त्यस्तो प्रस्ताव ल्याउनुहुन्छ । होइन भने माघ ८ मा जसरी पनि संविधान जारी हुन्छ ।’
कार्यक्रमा भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला, युवा संघ नेपालका उपाध्यक्ष दिलु पन्त, अनेरास्ववियुका उपाध्यक्ष थोमस बास्तोला, युवा संघ नेपाल काठमाडांै जिल्ला कमिटीका अध्यक्ष नितेश पौडेललगायतले बोलेका थिए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
Leave a Reply