वनभोजमा झलनाथको कविता
काठमाडौं । नेकपा (एमाले) कोसी अञ्चल सम्पर्क कमिटीले ललितपुरको गोदावरीमा भव्य वनभोज कार्यक्रमको आयोजना गर्यो । भोजपुर, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी तथा मोरङसहित ६ वटै सम्पर्क मञ्च सहआयोजक रहेको बृहत् वनभोज कार्यक्रममा करिब दुई हजारको हाराहारीमा जनसहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एमाले पूर्वअध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले यस प्रकारको संयुक्त वनभोज कार्यक्रमको आयोजना गरेर कोसी अञ्चल सम्पर्क कमिटीले पहिलो र ऐतिहासिक रेकर्ड कायम गरेको बताउनुभयो । कार्यक्रमलाई संक्षिप्त सम्बोधन गरेपछि उहाँले छोटो कविता सुनाएर वनभोज कार्यक्रमलाई थप रोचक बनाउनुभएको थियो । उक्त वनभोजमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यलगायत सम्बन्धित जिल्लाका सभासद् तथा नेताहरूको उपस्थिति रहेको थियो ।
अञ्चलआबद्ध सम्पर्क मञ्चहरूबीच आपसी सद्भाव र एकीकृत भावनाको विकास गर्ने उद्देश्यले संयुक्त वनभोज कार्यक्रमको आयोजना गरिएको आयोजक कमिटीका अध्यक्ष नन्दकुमार राईले बताउनुभयो । कार्यक्रममा नवीन खड्का, गौरव दर्पण, कमलीकान्त भेटवाल, कमल खत्री, मनोज साङसोन, महेश हाङखिम राई, अमिर राई, पुस्तका खड्का, सृष्टि हिङमाङ लगायतका प्रसिद्ध गायकगायिकाहरूले आ–आफ्ना चर्चित एवम् लोकप्रिय गीतहरू गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
वनभोज कार्यक्रमले नेता, कार्यकर्ता र जनसमुदायबीच आपसी सद्भाव कायम गर्न मद्दत पुर्याउने भएकाले पनि संगठनहरूले अनिवार्य रूपमा यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको आयोजक कमिटीका सल्लाहकार शेरबहादुर
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply