वासुदेवले सुनाए दर्जन सिर्जना
काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले मासिक रूपमा सञ्चालन गर्दै आएको अविरल जनसाहित्य यात्राको दसौं शृंखलामा कवि वासुदेव अधिकारी शुक्रबार प्रस्तुत भए । ‘समयका स्वरहरू’, ‘मनको हरियो मनको गीत’, ‘आफन्तलाई सम्बोधन’, ‘गायब सभामुख’ र ‘युरोस्पर्श’ गरी पाँच कविताकृति प्रकाशित गरेका अधिकारीले खसीबजार, बागबजारस्थित महासंघको हलमा नयाँ–पुराना गरी दर्जन कविता सुनाए ।
सानैदेखि प्रगतिशील साहित्य सिर्जनामा लागेका धादिङ सुनौला बजारका अधिकारी २०४८ मा कर्मचारी आन्दोलनका क्रममा राष्ट्र बैंकको जागिरबाट बर्खास्तगीमा समेत परेका थिए । २०५० अघि पद्य कवितामा मात्रै कलम चलाएका र पछि गद्य कवितामा लागेका उनले ‘सारथीलाई’ शीर्षकको कविताबाट वाचन सुरुआत गरेका थिए । त्यसपछि उनले ‘इँटा भट्टामा राम लखन’, ‘सत्य’, ‘वालस्ट्रिट सुन्दरी’, ‘तिम्रो प्रतिभाको आगोले’, ‘बार्थोल्डीसँग गनथन’लगायतका कविता सुनाए भने उनका बाँकी कविता लक्ष्मण गाम्नाङे, शशी लुमुम्बू, फूलमान बल, यशोदा अधिकारी, बैरागी जेठा र इन्दु अंशुले वाचनमा सघाएका थिए ।
महासंघका अध्यक्ष खगेन्द्र राईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने सहआयोजक जनसाहित्यिक मञ्चकी अध्यक्ष डा. विन्दु शर्माले कवि अधिकारीको व्यक्तित्व तथा कृतित्वबारे बोलेकी थिइन् । वाचित कवितामाथि समालोचक डा. नेत्र एटमले समीक्षात्मक टिप्पणी गर्दै भने ‘वासुका कविताहरूमा स्वप्नसिर्जना, श्रम तथा सीपको सुगन्ध पाइन्छ ।’
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
Leave a Reply