एनसीईमा नयाँ अनुहार
काठमाडौं । नयाँ कार्यसमिति चयन गर्दै शिक्षामा कार्यरत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सञ्जाल ‘शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपाल’ को पाँचौं वार्षिक साधारण सभा सम्पन्न भयो ।
सभाले भोलेन्टियर सर्भिस ओभरसिज (भीएसओ)का राजकुमार गन्धर्वको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शिक्षाका लागि विश्वव्यापी अभियानको नेपाल शाखा एक दशकअघि स्थापित भएको हो । यो सञ्जालमा हाल ३८ जिल्लामा गरी २१२ संस्था आबद्ध रहेका छन् ।
कार्यसमितिको खुला उपाध्यक्षमा एजुकेट द चिल्ड्रेनका लक्ष्मीभक्त वासुकला, महिला उपाध्यक्षमा सिविस नेपालका शारदा कुमाल, महासचिवमा शिक्षा पत्रकार समूहका प्रकाश सिलवाल, सचिवमा गाजा युवा क्लबका डिल्लीराम सुवेदी र कोषाध्यक्षमा पिसविन (बाजुरा)का लालबहादुर वली निर्वाचित हुनुभएको छ । सदस्यहरूमा सिविन नेपालका कुमार भट्टराई, दलित सेवा समाजका चक्रमान विश्वकर्मा, धूलोरहित कक्षा (डीएफसी) नेपालका केशव पाठक, चाइल्ड नेपालका अञ्जना नेपाल, दिदीबहिनी संस्थाका सान्त्वना देवकोटा, सिड नेपाल (पर्वत)का राजेन्द्र पहाडी र युनेस्को क्लब (बाँके)का सिराजुद्दिन खान, सामुदायिक विकास केन्द्र (डोटी)का शावित्री अवस्थी केसी निर्वाचित हुनुभएको छ । कार्यसमितिले सेभ द चिल्ड्रेनका डा. नारायण काफ्ले र एक्सन एड नेपालका शुभेन्द्रमान श्रेष्ठलाई सदस्यमा मनोनीत गरेको छ । समितिमा निवर्तमान अध्यक्ष ग्लोबल एक्सन नेपालका बीके श्रेष्ठ पदेन सदस्य रहनुहुनेछ ।
नवनिर्वाचित अध्यक्ष गन्धर्वले सञ्जालको दीर्घकाली लक्ष्य र उद्देश्य पूर्तिमा लागिपर्ने र यसमा सबैको सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो । सभाले आधारभूत शिक्षालाई आधारभूत अधिकारका रूपमा स्थापित गर्नका लागि अभियान सञ्चालन गर्ने कार्यदिशासमेत तय गरेको छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply