उद्योगमा अध्यागमन एकाइ
काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले उद्योग विभागमा अध्यागमन एकाइको उद्घाटन गर्नुभएको छ । एकै थलोबाट स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई सेवा सुविधा प्रदान गर्ने पद्धति, एकद्वार प्रणाली अन्तरगत उद्योग विभागले विदेशी लगानीकर्ताहरूलाई विभागबाटै भिसालगायतका सेवा सुविधा प्रदान गर्न अध्यागमन एकाइको शुभारम्भ गरेको छ ।
मन्त्री बस्नेतले एक कार्यक्रमकाबीच चार जना विदेशी लगानीकर्ता (जापानी र अमेरिकी नागरिक)लाई भिसा प्रदान गर्नुभयो । उहाँले अध्यागमन एकाइको स्थापनासँगै विदेशी लगानीकर्तालाई सुलभ र सरल रूपले नेपालमा लगानी गर्ने वातावरणको सुरुआत भएको बताउनुभयो । उहाँले एकद्वार प्रणालीको सुरुआतबाट विदेशी लगानीकर्ताको नेपालमा लगानी गर्ने अभिरुचि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न विभागले एकद्वार प्रणालीअन्तर्गत अध्यागमन एकाइको स्थापना गरेको जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply