दौडिए गुरु–चेला
बज्रबाराही । उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराही उच्च माविमा शिक्षक र विद्यार्थीहरूको दौड प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरूको प्रतिस्पर्धामा कक्षा ६, ७, ८ र ९ का विद्यार्थीहरूले भाग लिएका थिए । त्यस्तै, शिक्षकहरूतर्फको प्रतिस्पर्धामा प्राचार्य विष्णु गिरीसहित भोजराज अर्याल, आत्मराम दाहाल, युवराज नेपाल, प्रमोदकुमार मण्डल, रामकुमार ढकाल, पूर्णबहादुर गोपाली, बालमुकुन्द सुवेदीलगायतले भाग लिनुभएको थियो ।
शिक्षकहरूको प्रतियोगितामा भोजराज अर्याल प्रथम, पूर्णबहादुर गोपाली द्वितीय र आत्माराम दाहाल तृतीय हुनुभएको छ भने विद्यार्थीहरूमा कक्षा ६ र ७ बाट छात्रअन्तर्गत पञ्चलाल स्याङ्तान प्रथम, सुनिल मोक्तान द्वितीय र मिठाइलाल श्रेष्ठ तृतीय भएका छन् । त्यस्तै, छात्राअन्तर्गत शान्ति माया तितुङ प्रथम, ममता तामाङ द्वितीय र बिनु माया थिङ तृतीय भएका छन् । कक्षा ८ र ९ बाट छात्रतर्फ अनिश बलामी प्रथम, प्रकाश गोपाली द्वितीय र राम महर्जन तृतीय भएका छन् भने छात्रातर्फ सिर्जना महर्जन प्रथम, अपेक्षा सुवेदी द्वितीय र सावित्री तितुङ तृतीय भएका छन् ।
प्रतियोगितामा विजयी सबैलाई प्राचार्य विष्णु गिरीले पुरस्कार वितरण गर्नुभएको थियो ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply