एमाओवादीको असली रूप !
सम्पादकज्यू,
समयमा संविधान जारी गर्ने कोसिस स्वरूप संविधानसभाको बैठक बसिरहेको समयमा एकीकृत माओवादी नेतृत्वको मोर्चाले संविधानसभाको बैठक कक्षमा गरेको तोडफोड र आक्रमणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । लोकतन्त्रमा सबैलाइ विरोध गर्ने अधिकार हुन्छ तर त्यसो गरिरहँदा अर्काको अधिकार हनन गर्न पाइँदैन । यद्धपि, हिजो संविधानसभामा नेपाली कांग्रेसका सभासद्लाई बोल्नको निम्ति सभाध्यक्षले समय दिनेबित्तिकै एकीकृत माओवादी नेतृत्वको मोर्चामा आबद्ध सभासद्हरू आक्रमणमा उत्रिएको देखियो, यसले एकीकृत नेकपा माओवादी अनि उसको नेतृत्वमा रहेको मोर्चाका कोही पनि लोकतन्त्र चाहँदैनन् भन्ने प्रस्ट सन्देश दिएको छ । संविधानसभा भवनमा भएको निन्दनीय आक्रमणमा परेर नेकपा (एमाले) अध्यक्ष केपी ओली, उपाध्यक्ष विद्या भण्डारी अनि केही मर्यादापालकहरू समेत घाइते भएको भन्ने खबरले हामीलाई झनै दु:खी बनाएको छ ।
हामी संविधानसभामा भएको तोडफोड र आक्रमणको निन्दा र भत्र्सना गर्दछौं । उक्त आक्रमणमा संलग्नहरूलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने माग गर्दछौं । आक्रमणमा परेर घाइते हुनुभएका नेताहरू केपी ओली र विद्या भण्डारी अनि सम्पूर्ण मर्यादापालकहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौं । साथै हिंसा र आतंक र जबर्जस्तीको बाटो छोडेर राष्ट्रिय एकता, लोकतन्त्र र अग्रगमनको मार्गमा अग्रसर हुन सबैलाई अनुरोध गर्दछौं । बुद्धको जन्मथलो रहेको, संसारकै उच्च शिखर सगरमाथा भएको हाम्रो देश नेपाली (नेपालीबीचको भावनात्मक एकताको बलमा मात्रै अगाडि बढ्न सक्ने सत्य स्वीकार गरेर जात, धर्म, लिंग वा क्षेत्रको पर्वाह नगरिकन एकीकृत भएर एक–अर्काको सम्मान गर्दै अगाडि बढ्न सम्पूर्ण नेपालीहरूलाई हार्दिक अपिल गर्दछौं
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
Leave a Reply