एमाओवादीको असली रूप !
सम्पादकज्यू,
समयमा संविधान जारी गर्ने कोसिस स्वरूप संविधानसभाको बैठक बसिरहेको समयमा एकीकृत माओवादी नेतृत्वको मोर्चाले संविधानसभाको बैठक कक्षमा गरेको तोडफोड र आक्रमणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । लोकतन्त्रमा सबैलाइ विरोध गर्ने अधिकार हुन्छ तर त्यसो गरिरहँदा अर्काको अधिकार हनन गर्न पाइँदैन । यद्धपि, हिजो संविधानसभामा नेपाली कांग्रेसका सभासद्लाई बोल्नको निम्ति सभाध्यक्षले समय दिनेबित्तिकै एकीकृत माओवादी नेतृत्वको मोर्चामा आबद्ध सभासद्हरू आक्रमणमा उत्रिएको देखियो, यसले एकीकृत नेकपा माओवादी अनि उसको नेतृत्वमा रहेको मोर्चाका कोही पनि लोकतन्त्र चाहँदैनन् भन्ने प्रस्ट सन्देश दिएको छ । संविधानसभा भवनमा भएको निन्दनीय आक्रमणमा परेर नेकपा (एमाले) अध्यक्ष केपी ओली, उपाध्यक्ष विद्या भण्डारी अनि केही मर्यादापालकहरू समेत घाइते भएको भन्ने खबरले हामीलाई झनै दु:खी बनाएको छ ।
हामी संविधानसभामा भएको तोडफोड र आक्रमणको निन्दा र भत्र्सना गर्दछौं । उक्त आक्रमणमा संलग्नहरूलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने माग गर्दछौं । आक्रमणमा परेर घाइते हुनुभएका नेताहरू केपी ओली र विद्या भण्डारी अनि सम्पूर्ण मर्यादापालकहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौं । साथै हिंसा र आतंक र जबर्जस्तीको बाटो छोडेर राष्ट्रिय एकता, लोकतन्त्र र अग्रगमनको मार्गमा अग्रसर हुन सबैलाई अनुरोध गर्दछौं । बुद्धको जन्मथलो रहेको, संसारकै उच्च शिखर सगरमाथा भएको हाम्रो देश नेपाली (नेपालीबीचको भावनात्मक एकताको बलमा मात्रै अगाडि बढ्न सक्ने सत्य स्वीकार गरेर जात, धर्म, लिंग वा क्षेत्रको पर्वाह नगरिकन एकीकृत भएर एक–अर्काको सम्मान गर्दै अगाडि बढ्न सम्पूर्ण नेपालीहरूलाई हार्दिक अपिल गर्दछौं
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply