निष्काशन र मनोनयन सँगसँगै
काठमाडौं । प्रकृति मानव केन्द्रित जनअभियानले संस्थाको हित विपरीत काम गर्ने केही व्यक्तिहरुलाई निस्कासन गरेको छ । निस्कासित हुनेहरुमा संस्थाका महासचिव भुवन गिरी, उपाध्यक्ष आशादेवी माझी, केन्द्रीय सदस्य रेणुका विश्वास, गोमा लामिछाने, साधारण सदस्य दिनदयाल रिजा र सत्यनारायण साह रहेका छन् । उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिएको हो ।
यसैगरी, सचिवालय सदस्य राधाकृष्ण खड्की, गंगाराज पौडेल, सदस्य राम थापा, शोभा अधिकारी र तारा खनाललाई केन्द्रीय समितिबाट निलम्बन गरिएको छ भने सल्लाहकार माधव न्यौपाने र बुद्धिबहादुर नेपालीलाई बर्खास्त गरिएको उक्त संस्थाले जनाएको छ । संस्थाले केन्द्रीय सल्लाहकारमा पूर्वमहान्याधिवक्ता लक्ष्मीबहादुर निराला, बालकृष्ण पौडेललाई मनोनयन गरेको छ भने रिक्त उपाध्यक्षमा नवराज विष्ट, महासचिवमा रेशम विरही, सचिवमा शारदा केसी, सचिवालय सदस्यमा माया केसी र नवराज बस्नेतलाई मनोनयन गरिएको छ भने केन्द्रीय सदस्यमा विन्दु सापकोटा, भुवनेश्वर मण्डल र वासुदेव वाग्ले चयन भएका छन् ।
संस्थाले विभिन्न उपसमिति गठन गरेको छ । जसमा संगठन विभाग संयोजकमा उत्तम कडेल, अनुगमन प्रशिक्षण विभागमा डा.डिबी सिंह, कार्यालय व्यवस्थापनमा रेशम विरही, परराष्ट्र विभागमा नवराज विष्ट, आर्थिक विभागमा कृष्णप्रसाद गौतम, सूचना, सञ्चार र प्रकाशन विभागमा नवराज बस्नेत, महिला तथा सांस्कृतिक विभागमा माया गिरी, युवा विभागमा आमोश चौधरी, कृषि विभागमा माया केसी, स्वास्थ्य विभागमा शारदा केसीलाई प्रमुखमा चयन गरेको छ । साथै, राजन केसी, सन्तबहादुर तामाङ र प्रेमलाल सापकोटालाई विभिन्न जिम्मेवारीसमेत दिएको छ । संस्थाको हालै बसेको बैठकले यही माघ र फागुनभित्र काठमाडौं, पर्सा, कास्की, प्युठान, बाँके, बर्दिया र धादिङमा जिल्ला भेला गर्ने र भारतको चन्डिगढमा हुने सार्कस्तरीय कृषि सम्मेलनमा नेपालबाट २० जना प्रतिनिधिलाई सहभागी गराइने पनि निर्णय गरेको छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply