जहाँ सुवेदी, त्यही भन्सार
काठमाडौं । विवादास्पद सहसचिव भरतराज सुवेदी वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त भएको एक महिना पनि भएको छैन । तर, उनी महानिर्देशक भएर गएको छोटो अवधिमा नै विभागभित्र पैसा असुलीले चरम सीमा नाघ्न पुगेको छ ।
आकर्षक कमाइ हुने केही सरकारी कार्यालयहरूमध्ये एक मानिने विभागमा यसअघि भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत अन्य निकायले कडा निगरानी राख्ने गरेको हुँदा भ्रष्टाचार कार्यमा न्यूनता आएको थियो । अख्तियारको टोलीले व्यापक भ्रष्टाचार र घुसखोरी हुने सरकारी कार्यालयहरूबाट घुस प्रकरणमा संलग्न कर्मचारीहरूलाई रंगेहात समात्न थालेपछि कर्मचारीहरू हच्किन पुगेका थिए र घुसखोरीमा केही कटौतीसमेत आएको थियो ।तर, विभागको महानिर्देशक भएर सुवेदी गएपछि भने कर्मचारीहरूले खुलेआम घुस माग्न थालेका छन् । खासगरी, मेनपावर, वैदेशिक रोजगारीमा जानेहरूले स्वास्थ्य परीक्षण गर्ने पोलिक्लिनिक र अभिमुखीकरण सेन्टरहरूका सञ्चालकहरूसँग विभागका कर्मचारीहरूले हाकाहाकी घुस माग्न थालेको बताइन्छ । विभागका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूले रकम नै तोकेर माग्न थालेको हुँदा व्यवसायीहरू आजित बन्न पुगेका छन् ।
सूत्रका अनुसार, कर्मचारीहरूलाई घुस लिन उत्प्ेररित गर्नेमा स्वयम् महानिर्देशक सुवेदी रहेका छन् । उनले कर्मचारीहरूसामु ‘मैले माथिल्लो ठाउँमा पनि बुझाउनुपर्छ, पैसाको व्यवस्था गर्नू’ भनेर निर्देशन दिएकै कारण कर्मचारीहरू बिनाडर रकम असुल्ने कार्यमा संलग्न रहेको बताइन्छ । अझ, महानिर्देशक सुवेदीले ‘अख्तियारको डर मान्नु पर्दैन, आफ्नो काम गर्नू’ भनेर आफू मातहतका कर्मचारीलाई निर्देशन दिएको पनि बताइन्छ ।विभागका कर्मचारीहरूले पनि महानिर्देशक सुवेदी र अख्तियार प्रमुख लोकमानसिंह कार्कीबीच राम्रो सम्बन्ध रहेको बुझेका हुँदा उनीहरू रकम असुल्ने कार्यमा दत्तचित्त भएर लागेका हुन् । त्यसो त, सुवेदी अख्तियार प्रमुख कार्कीको अत्यन्तै निकटका विश्वासिला व्यक्तिमध्ये एक हुन् । पटक–पटक भ्रष्टाचारको काण्डमा मुछिएका सुवेदीले कार्की अख्तियार प्रमुख भएपछि सँगै बसेर फोटो खिची फेसबुकमा मात्र हालेका थिएनन्, कार्कीको नियुक्तिपत्र समेत फेसबुकमा राखेर प्रचार गर्ने उनै सुवेदी थिए ।
अख्तियार प्रमुख कार्कीसँगको निकटताको फाइदा उठाउँदै सुवेदीले गोरखापत्र संस्थानमा कार्यरत आफ्नै भाइ भवानी सुवेदीलाई सुरुमा कार्कीको सचिवालय र पछि प्रेस संयोजकमा नियुक्ति दिलाएका थिए । अहिले विभागको महानिर्देशक भएका सुवेदीले यसअघि आकर्षक कमाइ हुने राजस्व अनुसन्धान विभागलगायत अरू राम्रो कमाइ हुने सरकारी कार्यालयहरू चहारिसकेका छन् । भ्रष्टाचारमा लिप्त सुवेदी जहाँ पुग्छन्, त्यसलाई दोस्रो भन्सार बनाउँछन् भन्ने भनाइ अहिले विभागमा चल्ने गरेको बताइन्छ । र, महानिर्देशक सुवेदीले पनि ‘म यहाँ छउन्जेल अख्तियारको डर मान्नु पर्दैन’ भनेर कर्मचारीहरूलाई ढाढस दिने गरेको हुँदा विभाग फेरि भ्रष्टाचारको दलदलमा डुब्न थालेको बताइन्छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply